काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यि चैतको दोस्रो हप्ता नेपाल भ्रमणमा आउने भएको छ ।
उनको भ्रमणको मिति पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री वाङले चैत १२ र १३ गते नेपाल भ्रमण गर्ने भएका हुन् ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भ्रमणबारे सत्तारुढ र प्रतिपक्षी पार्टीका शीर्ष नेतृत्वलाई जानकारी दिइसकेकी छिन् । नेपालका लागि चिनियाँ राजदूत यान्छीले प्रमुख दलका शीर्ष नेताहरूलाई १२ देखि १३ चैतसम्म चिनियाँ विदेशमन्त्रीको भ्रमण हुने जानकारी दिएकी छिन् ।
भ्रमणका क्रममा बिआरआई सम्झौतालाई अगाडि बढाउने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ ।
Facebook Comments Box