कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७८ सम्पन्न भएको छ। मुल्यउन्मुख शैक्षिक वातावरण, समुन्नत लालझाडीको आवरण भन्ने मूल नारा सहित आइतबार लालझाडी खेलमैदान कञ्जमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरिएको थियो।
लालझाडी गाउँपालिकाको आयोजना तथा श्री रामेश्वर मावि चान्देवको व्यवस्थापनमा भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फका खेलहरूमा प्रतिस्पर्धा गराइएको रामेश्वर माविका प्रधानाध्यापक राम प्रसाद जोशीले जानकारी दिए।
तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा शारदा राष्ट्रिय मावि प्रथम भएको छ। त्यस्तै, सरस्वती मावि द्वितीय र रामेश्वर मावि तृतीय भएको भएका छन्। लालझाडी गाउँपालिका भित्र सञ्चालित मावि तहका विद्यालयहरू मध्ये ६ वटा विद्यालयहरूको प्रतियोगितामा सहभागिता रहेको थियो।