कैलाली-नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिम प्रदेश पुगेका छन्। प्रचण्ड सोमबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी पुगेका हुन्।
धनगढीमा प्रदेशस्तरीय नेता तथा कार्यकर्तालाइ प्रशिक्षण दिनका लागि प्रचण्ड धनगढी आएको बताइएको छ। उनीसँगै अर्का नेता नारायणकाजी श्रेष्ठ पनि धनगढी पुगेका छन्।
आगामी बैशाख ३० हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रदेश तथा स्थानीय स्तरमा सक्रियता बढाएका छन्।
उनी धनगढी आउँदा यहाँको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।
Facebook Comments Box