Author: महेन्द्रनगर पोष्ट

धनगढी: डोटीका समाजवादी नेता प्रेमबहादुर आलेमगरले फेरि एमालेसँग निकटता बढाउन खोजेको पाइएको छ। पूर्व वन र पर्यटनमन्त्री समेत भैसकेका आलेलाई वनमन्त्रीबाट एकाएक ओलीले हटाएपछि उनी माधव नेपालतिर हानिएका थिए। त्यसपछि एमाले फुट्दा उनी माधव नेपालले बनाएको एकीकृत समाजवादी पार्टीतिरै ढल्किए। त्यही कारण उनलाई शेरबहादुर देउवाको मन्त्रिमण्डलमा पर्यटनमन्त्री बनाइयो। त्यसपछिको संसदीय चुनावमा माधवको अथक प्रयासले आले कांग्रेसको गढ डोटीमा उम्मेदवार बने र प्रतिनिधिसभा सदस्यमा जिते। तिनै आले पछिल्लोपटक माधव नेपालबाट पार्टी नचल्ने भन्दै आफू निकटकालाई एमालेतिर पठाउन खोजिरहेका छन्। स्रोतका अनुसार उनले म जाँदा पद जान्छ, तिमीहरू गएर मेरालागि एमालेमा माहोल बनाइराख भन्ने गरेको बताइन्छ। यस क्रममा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष…

Read More

महेन्द्रनगर : कुनै बेला भौगोलिकरुपले अत्यधिक विकट थियो महाकाली पारीको दोधारा चाँदनी । महाकाली नदीमा झोलुङ्गे पुल नहुँदा आफ्नै देशका विभिन्न ठाउँ जान भारतको बनबासा भएर आवतजावत गर्नुपर्थ्यो । भारतिय सुरक्षाकर्मी र भन्सार कर्मचारीले बेलाबखतमा दुःख पनि दिने गरेका थिए । तर महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि दोधारा चाँदनीका बासिन्दालाई धेरै राहत मिलेको छ । अहिले महाकालीमा झोलुङ्गेसँगै चार लेनको पक्की पुल समेत बनेपछि चहलपहल ह्वात्तै बढेको छ । अझ प्रस्तावित सुक्खा बन्दरगाह बन्ने प्रक्रियाको अघि बढ्दा दोधारा चाँदनीवासीलाई थप राहत मिल्ने छ । महाकाली नदीमा पुल नहुँदा भारतीय बाटो प्रयोग गरेर गड्डाचौकी हुँदै महेन्द्रनगर आउनुपर्ने विगतको बाध्यता अब इतिहासमा सीमित…

Read More

काठमाडौँ : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीमा कसैले पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नखोजेको बताएका छन् । तर उत्तराधिकारी तयार पार्न विधि भने विकास गर्नुपर्ने बताए । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उपमहासचिव पुनले प्रचण्डलाई सहयोग गर्न आफू तयार रहेको बताए । ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु’ पार्टीमा विचारको नभई विधिको समस्या रहेको भन्दै उनले भने, ‘तर उत्तराधिकारी तयार पार्ने विधिको विकास गरेर जाऔँ ।’ उनले पार्टी सङ्गठनमा तीन एकको (पाका, प्रौढ र युवा) नीति लागू गर्नुपर्ने उनको प्रस्ताव…

Read More

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टिका नेता स्वर्णिम वाग्लेले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसँग भेटघाट गरेका छन्। पार्टीको प्रादेशिक प्रशिक्षणमा सुदूरपश्चिम पुगेका वाग्लेले मेयर हमालसँग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। वाग्लेले मेयर हमालले गरेका सुशासन, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ,नागरिक सुरक्षा, सहरी सौन्दर्य जस्ता काम प्रेरणादायी रहेको बताएका छन्। उनले स्वतन्त्र नेता भ्रष्ट दलतन्त्रको दलदलबाट कसरी सफल बन्छ भन्ने बारे हमालको अनुभव रोचक रहेको भन्दै प्रशंशा समेत गरेका छन्।

Read More

चितवन : नारायणगढ मुग्लिन सडकको जलवीरेमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । आज दिउँसो करिब साढे २ बजेबाट इच्छाकामना गाउँपालिका-६, मा पर्ने जलबीरेमा सुख्खा पहिरो खसेपछि सडक बन्द भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार सुख्खा पहिरोको कारण दुबैतर्फ बाटो अवरुद्ध छ । उनले अहिले प्रहरी र सडक कर्मचारीको टोलीले पहिरो हटाउने काम गरिरहेको जानकारी दिए ।

Read More

काठमाडौँ: अस्ति बिहीवार राति उत्तराखण्डको रूद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परि बेपत्ता भएकामध्ये तीन जना नेपालीको परिचय खुलेको छ। पहिरोमा बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । भारतको राजधानी नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालीकोट घर भइ गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरुका आफन्तबाट पहिचान खुलेको हो । ‘घटनास्थलमै रहेका आफन्तबाट तीन जनाको पहिचान खुलेको हो’ उनले भने । घटनास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रुपमा, स–साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका चर्तुवेदीले बताए । बेपत्ताको खोजीका लागि भारतीय पक्षसित…

Read More

काठमाडौँ: सरकारले उत्तराखण्डमा गएको पहिरोमा बेपत्ता भएका नेपालीको खोजी र उद्धार गरिदिन भारत सरकारसँग आग्रह गरेको छ । परराष्ट्रमन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आग्रह गरेका हुन् । रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परि १९ जना बेपत्ता भएकामा धेरै नेपाली नागरिक रहेका अनुमान छ ।मुख्यमन्त्री धामीले परराष्ट्रमन्त्री साउदसँग आज बिहानैदेखि बेपत्ताहरुको खोजीका लागि सुरक्षाकर्मी र अन्य निकायहरु खटाइएको बताएका छन् । बेपत्ता नेपालीको खोजी भइरहेको नयाँदिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ । केदारनाथधामको पैदलमार्ग शुरु हुने ठाउँमा खसेको पहिरोमा परेका नेपाली र भारतीयमध्ये तीनजनाको शव फेला परेको…

Read More

एजेन्सी: पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको छ । इस्लामाबादमा रहेको एउटा अदालतले राज्यका उपहारहरू बिक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा खानलाई दोषी प्रमाणित गरेको बीबीसी हिन्दीले जनाएको छ । अदालतले खानलाई एक लाख रुपैयाँ जरिबाना पनि तोकेको छ । खानले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् । आज दिउँसो १२ बजेपछि तोसाखाना मामिलाको सुनुवाइ तेस्रो पटक शुरु भएको हो । त्यसमा इमरान खानका वकिल अनुपस्थित रहेका थिए । अदालतले खानका वकिललाई १२ बजेसम्म उपस्थित हुन समय दिएको थियो । त्यसपछि अदालतले आफ्नो निर्णय सुनाएको बीबीसी हिन्दीले जनाएको छ…

Read More

धनगढी:श्रीमानले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दिन सक्ने प्रावधान लागु भएपछि कैलालीमा अदालत धाउने पुरुषको संख्या बढ्दै गएको छ । जिल्ला अदालतकाअनुसार सोही कानुनी व्यवस्थाका कारण कैलालीमा सम्बन्ध विच्छेदका लागि अदालत पुग्ने महिलाको भन्दा पुरुषको संख्या झण्डै दोब्बर पुग्न थालेको छ । गत आर्थिक वर्षमा जिल्ला अदालतमा ६ सय ९३ वटा सम्बन्ध विच्छेद सम्बन्धीका मुद्दा दर्ता भएकोमा चार सय मुद्दा पुरुषले मात्र दिएका छन् । ती मध्ये ४ सय ७९ मुद्दाको अन्तिम सुनवाई भएको छ भने २१४ मुद्दा फछ्यौट गर्न बाँकी छन् ।

Read More

डडेल्धुराः डडेल्धुराकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन् । जिल्लाको परशुराम नगरपालिका–८ अ‍ैडुङ्ग्राकी विमला नेगीले बाटोमै बच्चा जन्माएकी हुन् । स्ट्रेचरमा बोकेर अस्पताल लैजाँदै गर्दा उनको बाटोमै शिशु जन्मिएको स्थानीय कविता धमलाले बताइन् ।

Read More