चितवन : नारायणगढ मुग्लिन सडकको जलवीरेमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
आज दिउँसो करिब साढे २ बजेबाट इच्छाकामना गाउँपालिका-६, मा पर्ने जलबीरेमा सुख्खा पहिरो खसेपछि सडक बन्द भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार सुख्खा पहिरोको कारण दुबैतर्फ बाटो अवरुद्ध छ ।
उनले अहिले प्रहरी र सडक कर्मचारीको टोलीले पहिरो हटाउने काम गरिरहेको जानकारी दिए ।
Facebook Comments Box