Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा गरेको छ । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारीको सरुवा मन्त्रालय भएको थियो। तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुबेदीको पनि सरुवा भएको छ । सुबेदीलाई दाङको सीडीओ बनाइएको छ । उता दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ । रुपन्देहीका सीडीओ भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याएको छ भने…

Read More

टीकापुर : तीज नजिकिएपछि कैलालीमा सस्तो मूल्यका सारीको कारोबार भइरहेको छ । विगतका तुलनामा यसवर्ष टीकापुर बजारमा पाँच सयदेखि एक हजार पाँच सयसम्मका सारी किन्ने महिला बढी आउन थालेका छन् । महिला खर्च व्यवस्थापनमा ध्यान दिँदै बजारमा सबैभन्दा सस्तो मूल्यमा पाइने सारी किन्न थालेका छन् । व्यापारी पनि पाँच सयका सारीको कारोबार सबैभन्दा राम्रो भइरहेको बताउँछन् । टीकापुरकी अनु रतनले पनि पाँच सय मूल्यकै सारी किनिन् । उनले हरेक पर्वमा नयाँ सारी लगाउन मनलाग्ने भएकाले सारीमा धेरै खर्च गर्न नखोजेको बताइन् । ‘‘विगतमा महँगो सारी किनिन्थ्यो, एकपटक किनेको सारी धेरै कार्यक्रम तथा पर्वमा लगाइन्थ्यो’’, उनी भन्छिन्, ‘‘आजभोलि त्यस्तो गरिदैन, हरेक…

Read More

बैतडीः अविरल वर्षाका कारण बैतडीमाका एक घरमा आंशिक क्षति पुगेको छ। गत शनिबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको मेलौली नगरपालिका–७ पचकोरामा एक घरमा माथिबाट आएको पहिरोले आशिंक क्षति पुगेको सुदुरपश्चिम प्रदेश आपतकालिन संञ्चालन केन्द्र धनगढीले जनाएको छ। पहिरोले दुई तले चार कोठे पत्थरले छाएको घर भत्कीएको छ। मानविय तथा चौपाया क्षति हुनबाट भने जोगिएको छ ।

Read More

काठमाडौं : सुदूरपश्चिम प्रदेशमा समाजवादी मोर्चाको सन्देश सभा भोलि (मंगलबार) हुने भएको छ । यसअघि भदौ १४ गते हुने भनिएको सभा एमसीसी सम्झौता कार्यान्वयनको विषयलाई लिएर मोर्चा घटक दलहरूबीच विवाद उत्पन्न भएपछि अनिश्चितकालका लागि स्थगित भएको थियो । समाजवादी व्यवस्थाको आधार तय गर्ने लक्ष्यसहित गत असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा घोषणा भएको थियो । जिल्ला तहसम्म संगठन विस्तार गर्ने नीति बनाएको मोर्चाले भदौ ८ गतेदेखि मधेश प्रदेशको वीरगञ्जबाट प्रदेशस्तरीय सन्देशसभा गर्दै आएको छ । सोमबार कोशी प्रदेशमा सभा सकिएपछि धनगढीमा सभा गर्ने तयारी भएको नेकपाका नेता अनिल शर्मा विरहीले…

Read More

विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सरकार टिकाउन नभएर भ्रष्टाचारविरुद्ध लागेको बताएका छन् ।  सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले आफुलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको भन्दै भ्रष्टाचारविरुद्ध लागेको बताएका हुन् । भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण, सुन प्रकरण लगायतका भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्वमा सरकार लागेको बताउँदै उनले तर, केही तत्व भने सरकारविरुद्ध लागेकाले सरकारको आयुबारे प्रश्न उठेको बताए ।

Read More

धनगढी: हिजो (आइतबार) साढे ४ बजे दार्चुलाबाट डडेल्धुरातर्फ जानका लागि हिंडेका थिए खेमराज कपाडी। अन्दाजी २८ वर्षीय कपाडी दार्चुलाको शैल्यशिखर नगरपालिकाको कार्यालय र सोही पालिकाको वडा नम्बर २ को कार्यालय सचिवको (दोहोरो जिम्मेवारी) रुपमा कार्यरत थिए। सो वडाका अध्यक्ष नरेन्द्रबहादुर पालका अनुसार करिब १ महिनाअघि मात्र वडामा आएका सचिव कपाडी एकदमै मिजासिला स्वभावका थिए। कार्यालयकै कामको सिलसिला उनी शैल्यशिखरको रौतेडाबाट हिजो डडेल्धुरातर्फ आउन लागेका थिए। तर, उनी गन्तव्यमा (डडेल्धुरा) नपुग्दै अस्ताएका छन्। मोटरसाइकलमार्फत दार्चुला हुँदै बैतडी पुगेका कपाडी मृत अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय बैतडी निमित्त प्रमुख इन्सपेक्टर योगेश खत्रीका अनुसार वडा सचिव आज (सोमबार) बिहान बैतडीको दोगडाकेदार…

Read More

मध्यविन्दु: पाल्पाबाट अवैध रुपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् । तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका गाई बाटोमै मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । बा प्र ०१–०३–००१ च १३८६ नं को पिकअप जिपमा नौ गाई ल्याउँदै गरेको अवस्थामा दुई जनालाई इलाका प्रहरी कार्यालय दुम्किबासले नियन्त्रणमा लिएको उनले बताए । “पिकअपमा नौ गाई खाँदाखाँद गरेर ल्याउने क्रममा नौ वटामध्ये सात गाई मरेका र दुई गम्भीर अवस्थामा रहेको पाएका छौँ”, उनले भने, “पिकअप भ्यानमा पाल्पाको निस्दीतिरबाट कच्ची बाटो हुँदै पूर्वपश्चिम राजमार्गतर्फ ल्याउँदै गर्दा…

Read More

कैलाली: कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा निर्माण गरिएको सभाहल प्रयोगविहीन छ। करिब २८ करोडको लागतमा निर्माण सम्पन्न भएको सो सभागृह सञ्चालन कार्यविधि तथा मापदण्डको अभावमा एक वर्षदेखि अलपत्र परेको हो। सो सभागृह सञ्चालन गर्ने कार्यविधि तथा मापदण्ड नबनाउँदा सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनगढीले सभाहल हस्तान्तरण गर्न सकेको छैन। धनगढी उपमहानगरपालिकाले स्वामित्वमा लिएर सञ्चालन गर्नेगरी निर्माण गरिएको सभागृहमा फर्निचर र ‘साउण्ड सिस्टम’ जडान नगर्दा स्वामित्वमा लिन नसकिएको धनगढी उपमहानगरपालिकाका सहरी विकास तथा प्राविधिक शाखा प्रमुख द्विजराज भट्टले बताए। सो सभागृह डेढ बिघा जमिनमा २८ करोड ५५ लाखको लगानीमा निर्माण गरिएको जनाइएको छ। सभागृह निर्माण, रङरोगन र विद्युत् जडानलगायतका सम्पूर्ण मुख्य काम…

Read More

धनगढी: धनगढीमा ब्राउन सुगरसहित कञ्चनपुरका एक युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-४ तारानगरबाट शुक्लाफाँटा नगरपालिका-८ का ३० वर्षीय गौरव बम पक्राउ परेका हुन् । उनको साथमा ४ ग्राम १३० मिलिग्राम लागुऔषध (ब्राउन सुगर) फेला परेको प्रहररीले बताएको छ । बमलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read More

कैलाली: कैलालीमा बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-४ महितुवा टोल बस्ने ३६ वर्षीय ज्ञान बहादुर चौधरी पक्राउ परेका हुन् । ६ लाखको चेक बाउन्स गरी फरार रहेका बैंकिङ कसुर सम्बन्धी मुद्दाका प्रतिवादी चौधरीलाई हिजो घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आज जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read More