Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : ड्यूटीमा रहेका प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सिन्धुलीको मरिन गाउँपालिका-४ घर भई अहिले काठमाडौंको बुद्धनगर बस्दै आएका ३० वर्षीय राजकुमार घिसिङलाई प्रहरीले समातेको हो । हिजोराति तीब्र गतिमा स्कुटर चलाएका घिसिङलाई प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले शंखमुल सडकमा समातेको थियो । त्यसक्रममा उनले चेकजाँचमा खटिएका प्रहरीलाई अपशव्द प्रयोग गर्नुका साथै हातपातसमेत गरेको बताइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : धनगढी बाट बझाङ आउदैं गरेका दुई वटा बस एक आपसमा ठोक्किएका छन् । जयपृथ्वी राजमार्ग अन्तर्गत खोड्पे हरिहर प्लाजा नजिकै आज आईतबार दिउँसो करीव २ बजे तिर खप्तड मालिका गाडी २८७१ नम्बर बसले डिलेक्स ३२३२ नम्बरको बस एक आपसमा ठोकिएका हुन् । दुई दिन यता भारी वर्षा भईरहेका कारण सिलिप खाएर एउँटा बसको अगाडीको भाग र अर्को बसको पछाडीको भाग एक आपसमा चिप्लीएर ठोक्कीदा सामान्य क्षति भएको हो । यात्रु र चालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : नामलाई लिएर विवादमा आएको चलचित्र ‘एक भगवत् गीता’ को निर्माण पक्ष र धार्मिक संघसंस्थाबीच सहमति जुटेको छ । चलचित्र विकास बोर्डमा आज बसेको निर्माण पक्ष र धार्मिक संघसंस्थाका पदाधिकारीहरुको बैठकले चलचित्रको नाम परिवर्तन गरेर प्रदर्शन गर्ने सहमति गरेको हो । सहमतिअनुसार चलचित्रको नाम अब ‘एक भागवत र एक गीता’ राखिनेछ । त्यस्तै, चलचित्रको नामसँगै ‘सामाजिक कथा’ लेख्ने पनि सहमति भएको छ । ‘एक भगवत् गीता’ को शीर्षक परिवर्तन गरी “एक भागवत र एक गीता (सामाजिक कथा)” राख्ने सहमति भयो । चलचित्र प्रवर्द्धनमा कुनै पक्षबाट विरोध वा व्यवधान सिर्जना नगर्न एवं चलचित्रको प्रचार प्रवर्द्धनमा सबै पक्षले सहयोग गर्न र…

Read More

बागलुङ : बागलुङको तमानखोला गाउँपालिकाले सामाजिक भेद्भाव तथा छुवाछुतलाई शून्य बनाउने उद्देश्यले सामाजिक रुपमा हुने भोजभतेर एउटै हुनुपर्ने नीति बनाएको छ । गाउँपालिका जनप्रतिनिधि तथा सरकारी निकायका कर्मचारीले दुई वटा भान्छा हुने भोजभतेरमा सहभागी नहुने र नागरिकलाई पनि सामाजिक रुपमा हुने त्यस्ता भोजभतेरलाई बहिष्कार गर्न गाउँपालिकाले आग्रह गरेको छ । जिल्लाका सहर बजारदेखि गाउँसम्मका अधिकांश स्थानमा जातीय छुवाछुत र विभेद हुँदै आएकाले यसको अन्त्य गर्न अब सबै भोजभतेरमा एउटै भान्छा प्रयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए । उनले समाजमा कोही पनि नागरिकले छुवाछुत र विभेद भोग्न नपरोस् भन्ने उद्देश्यले कार्यापालिका बैठकबाट सामाजिक रुपमा हुने भोजभतेरको…

Read More

काठमाडौँ : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आसन्न चीन भ्रमणका क्रममा दलीय, गुटीय र निजी स्वार्थ निम्ति राष्ट्रिय हितविपरीत अपारदर्शी सम्झौता नगर्न सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले बहुदलीय लोकतन्त्रमा दलहरूबीच अरू विषयमा मतभिन्नता भए पनि परराष्ट्र सम्बन्धको विषयमा राष्ट्रिय सहमति कायम गर्न सुझाव दिए । प्रधानमन्त्रीले अमेरिका र चीन भ्रमणको एजेण्डाबारे छलफल गर्न आज बैठक राखेका थिए । तर, बैठकमा आफू उपस्थित हुन नसकेको भन्दै भट्टराईले तीन बुँदे सुझाव दिएका छन् । यस्ता छन् भट्टराईका सुझाव १. बहुदलीय लोकतन्त्रमा दलहरूबीच अरू विषयमा मतभिन्नता भए पनि परराष्ट्र सम्बन्धको विषयमा राष्ट्रिय सहमति कायम गर्ने र त्यसलाई…

Read More

धनगढी: धनगढीमा प्रहरीले मह भनेृर पगालेको चिनी बेच्ने एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत उत्तर प्रदेश जिल्ला बस्ती पो.औ. देवापार थाना-नगर, ग्राम बकसर स्थायी घर भएका ३० वर्षीय जुमाईदिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । उनी धनगढी उपमहानगरपालिका-२ फनपार्कस्थित रमेश कुमार सैजुको कच्ची टहरामा भाडामा बस्दै आएका थिए । उनले मह भनी बिक्री गर्नका लागि प्लाष्टिकको गेलन (डिब्बा)मा प्याक गरी राखेको महजस्तो देखिने पगालेको चिनिको रस ४०० के.जी बिना महको माहुरीको चाका ५ के.जी, कुट २ के.जी, कडाई थान एक र चिनि ५० के.जी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । त्यसैगरी खाने, पिउने वा…

Read More

महेन्द्रनगर: कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र प्रस्ताव भएको २८ वर्षपछि रुख कटानका लागि लगत सङ्कलन कार्य सकिएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका–२ र ३ मा पर्ने सामुदायिक वनमा छेला औद्योगिक क्षेत्रको स्थापनाका गर्न करिब अढाई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । कञ्चनपुरलाई औद्योगिक क्षेत्रको हब बनाउने उद्देश्यले पहिलो पटक विसं २०५२ मा उक्त प्रस्ताव भएको थियो । यहाँको वेदकोट नगरपालिका–२ र ३ को वन क्षेत्रमा विसं २०७२ मा सरकारले चार किल्ला तोकेर नौ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो ।जिल्लास्थित डिभिजन वन कार्यालयले दुई वर्ष लगाएर औद्योगिक क्षेत्रमा पर्ने रुखको लगत सङ्कलन गरेको…

Read More

काठमाडौँ: जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणका १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले पक्राउ परेका १८ मध्ये १७ जनालाई धरौटी र एक जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको छ । कोसँग कति धरौटी माग ? केशव तुलाधर,साधारण तारेखमा रिहा,शिवजी भट्ट–३ लाख ३० हजाररुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजारबालकृष्ण श्रेष्ठ –७ लाख ५० हजारकलाधर देउजा –१५ लाखघमन कुमार कार्की– ७ लाख ५० हजारगोपाल कार्की –७ लाख ५० हजारविनोद पौडेल– १५ लाखयोगराज पौडेल– ७ लाख ५० हजारनारायणराज मिश्र –७ लाख ५० हजारअरुण कुमार…

Read More

काठमाडौँ: जिल्ला अदालत काठमाडौँले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ । आइतबार ललिता निवास प्रकरणमा न्यायाधीश भोलानाथ ढकालको इजलासले गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

Read More

महेन्द्रनगर: ‘भष्ट्राचार विरुद्धको हाम्रो अभियान–२०८०’ सुरु गरिएको छ । अभियानले पहिलो चरणमा भष्ट्राचार लगायतका वेथिति नियन्त्रणका लागि सरकारलाई ध्यानार्कषण गराएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाईएको हो । अभियानका केन्द्रीय संयोजक विक्रम बहादुर बमले भष्ट्राचार नियन्त्रणसँगै विभिन्न स्थानीय मुद्धाहरुलाई उठाएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको बताए । उनका अनुसार अभियानले देशमा व्याप्त विभिन्न समयका भष्ट्राचारका काण्डहरुको छानबिन र यसको नियन्त्रणका लागि दबाव दिन अभियान थालिएको हो । अभियानले महेन्द्रनगरको मदनचोकमा कोण सभा आयोजना गरि सडक ¥यालीसहित कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीमार्फत प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । अभियानले भष्ट्राचार नियन्त्रणसँगै स्थानीयका प्रमुख…

Read More