Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: डडेल्धुरामा किर्ते हस्ताक्षर गरी विपद् व्यवस्थापनको रकम हिनामिना गरेको पाइएको छ। जिल्लाको अमरगढी नगरपालिका–४ को कार्यालयले विपद् व्यवस्थापनका सामग्री वितरण गरेको भरपाईमा किर्ते हस्ताक्षर गरी रकम हिनामिना गरेको खुलेको हो। स्थानीयको नक्कली हस्ताक्षर गरेर वडाध्यक्ष र वडा सचिवले रकम हिनामिना गरेको आरोप लागेको हो। उनीहरुले वडा कार्यालयले गत आर्थिक वर्ष २०७९/०८० मा विपद् व्यवस्थापन सामग्रीहरु वितरण गरेको नक्कली हस्ताक्षर गरी भरपाई तयार गरेका छन्। भरपाईमा उनीहरुले ३६ जनाभन्दा बढी स्थानीयको नाम राखेत किर्ते हस्ताक्षर गरेका छन्। स्थानीयलाई त्रिपाल, टिन र ग्याबिन जाली वितरण गरेको देखाइएको छ। नक्कली तयार गरिएको भरपाईमा १ थान त्रिपालको तीन हजार ८८८ रुपैयाँ, १ थान…

Read More

काठमाडौं: बैतडीको मेलौली नगरपालिका-८ का वडाध्यक्ष तपेन्द्र सिंह बिष्टले घर घरमा पुगेर ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । वडा कार्यालयसम्म आउन नसक्ने असहाय, अशक्त तथा अपांगता भएका ज्येष्ठ नागरिकको घरघरमा वडाध्यक्ष विष्ट मंगलबार आफैं वृद्धभत्ता वितरण गर्न पुगेका हुन् । जमाडी टोल र कार्यालयबाट गरेर आज ९० जना ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरिएको वडाध्यक्ष विष्टले बताए । भत्तासँगै ज्येष्ठ नागरिकहरुलाई तातोपानी राख्न थर्मस पनि वितरण गरिएको उनले बताए। घरदैलोमै भत्ता बुझ्न पाउँदा ज्येष्ठ नागरिकहरु अत्यन्तै खुशी भएको पनि उनले बताए । मेलौली नगरपालिका(८ मा कुल १ सय ४७ जना ज्येष्ठ नागरिक रहेका छन् ।

Read More

धनगढीः कञ्चनपुरमा घाँटीमा खुकुरी राखेर लुटपाट गर्ने तीन जना पर्काउ परेका छन्। जिल्लाको दक्षिण–पूर्व क्षेत्रको हुलाकी राजमार्गमा ओहोर–दोहोर गर्नेलाई खुकुरीले डर देखाएर लुटपाट गर्ने गरेको आरोपमा तीन जना युवा पक्राउ परेका हुन्। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ का २३ वर्षिय विजय गिरी र २५ वर्षिय माने तामाङ तथा पुनर्वास नगरपालिका वडा नम्बर ६ का २१ वर्षिय राजी कोइराला पक्राउ परेका छन्। उनीहरुको समूह हुलाकी राजमार्गमा ओहोर दोहोर गर्नेहरुलाई डर, धम्की देखाएर रकम असुली गर्दै आएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय, त्रिभूवनबस्तीका अनुसार उनीहरुको समूहले खुकुरी देखाएर मान्छेलाई लुटपाट गर्दै आएको थियो। उनीहरुको साथबाट दुई जान मोटरसाइकलसमेत…

Read More

डडेल्धुरा: डडेल्धुराको अल्फाबिटा एजुकेशनल ईन्स्टिच्युटमा सचेतनामुलक अभिमुखीकरण दिइएको छ। जिल्ला सदरमुकामको विद्युुत रोडमा रहेको उक्त ईन्स्टिच्युटमा अभिमुखीकरण दिन स्वयं जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मनोहरप्रसाद भट्ट पुगेका थिए। उनले विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसनी, यौन हिंसा, सडक दुर्घटना, अपराध, तथा सम्भावित घट्नसक्ने घटनाका बारेमा अभिमुखीकरण दिएको ईन्स्टिच्युटका सञ्चालक लक्ष्मण दत्त पाण्डेयले जानकारी दिए। कार्यक्रममा उपस्थित करिब २ सय जना विद्यार्थीलाई मानव बेचबिखनविरुद्ध सचेतना समेत प्रदान गरिएको पाण्डेयले बताए।

Read More

डडेल्धुरा: डडेल्धुरामा एक घाइते गाईको उद्दार गरिएको छ। सदरमुकामको गोरक्षबाबा मन्दिर नजिक भेटिएको उक्त घाइते गाईलाई उपचारका लागि पशु सेवा कार्यालयमा लगिएको हो। अमरगढी नगरपालिका-८ का वडाअध्यक्ष नरबहादुर साँकी, प्रहरी र स्थानीय युवाको सहयोगमा गाईलाई उद्दार गरिएको युवा सुरत तमोलीले बताए। आज बिहान मात्रै आफुहरुले स्याउले नजिक गाडीको ठक्करबाट मरेको गाईको शवसमेत व्यवस्थापन गरेको उनले बताए।

Read More

धनगढी : धनगढी बसपार्कको कलेल होटलबाट १० जना जुवाडे पक्राउ परेका छन् । मंगलबार साँझ वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले कलेल होटलका सञ्चालक तेजबहादुर कलेलसहितका १० जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले एक लाख चार हजार ८१० रुपैयाँ नगद र २ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा डोटीको पूर्वीचौकी गाउँपालिका–५ का योगेन्द्र ठगुल्ला, खड्क साउँद, पुरन खड्का, देबवहादुर खड्का, धनसिंह विष्ट, अमित बोहरा, दिपायल सिलगढी नगरपालिकाका–६का अविनाश कठायत, सुमित खड्का र कैलालीको गोदावरी नगरपालिका–३ का कुबेर खड्का रहेको प्रहरी नायब उपरीक्षक…

Read More

धनगढीः सुदूरपश्चिमका वन निर्देशक हेमराज विष्टले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। आज मंगलबार विशेष अदालतबाट गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा प्रतिवादी विष्टसहितका दुई जनाले सफाइ पाएका हुन्। विशेष अदालतले उपसचिव स्तरका विष्ट र उनकी श्रीमती रुबी जिसीलाई अभियोग ठहर नहुने फैसला सुनाएको हो। विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य बलभद्र बास्तोलाको इजलासबाट फैसला भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ पुस २०७८ मा विष्ट दम्पत्तिविरुद्ध मुद्दा चलाएको थियो। विष्टले अवैध रूपमा आर्जन गरेको सम्पत्ति श्रीमतीका नाममा राखेको भन्दै उनलाई समेत प्रतिवादी बनाइएको थियो। विष्ट सुदूरपश्चिमको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको वन निर्देशन थिए। खारेज भएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा…

Read More

बैतडी : बैतडीमा पनि एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ। सिगास गाउँपालिका-६ थालाकाँडीका ३४ बर्षीया महिलामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। स्वास्थ्य कार्यालय बैतडी प्रमुख योगेशप्रसाद भट्टका अनुसार ज्वरो आएपछि शिवलिंग स्वास्थ्यचौकीमा उपचारका लागि पुगेकी महिलाको रगत परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको हो। संक्रमणबाट जोगिन बैतडीमा लार्भा नष्ट अभियान समेत थालिएको छ।

Read More

योगेन्द्र रावल, डडेल्धुरा: आज(मंगलबार) सुदूरपश्चिम प्रदेश सभाकी सदस्य सरस्वती खड्काले हातमा कुचो थियो। उनी डडेल्धुरा सदरमुकामस्थित अस्पताल रोडमा कुचोले बढार्दै थिइन्। केही बेरअघि डडेल्धुरा अस्पतालको अनुगमन गरेर फर्केकी उनी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाई गर्ने कार्यक्रममा सरिक भएकी थिइन्। जिल्ला प्रहरी कार्यालय र डडेल्धुरा अस्पतालको सहकार्यमा उक्त सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो। प्रहरी, सशस्त्र प्रहरी, अस्पतालका कर्मचारी तथा आम नागरिकको सहभागितामा तुफानडाँडाबाट अस्पताल परिसर सम्म सरसफाई गरिएको डडेल्धुरा अस्पताल व्यवस्थापन समिति अध्यक्ष करुणाकर ओझाले बताए। उक्त कार्यक्रममा सांसद सरस्वती खड्का, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर प्रशाद भट्ट, सशस्त्र प्रहरी बलका डिएसपी बिरेन्द्र पाल, जिल्ला प्रशासनका प्रशासकीय अधिकृत जिरेन्द्र…

Read More

धनगढीः अछाममा भरुवा बन्दुक फेला परेको छ। जिल्ला प्रहरी कार्यालय, अछामको प्रहरी टोलीले अबैध भरुवा बन्दुक फेला पारेको हो। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ९ ओलीगाउँस्थित डाँडा भन्ने ठाउँबाट एक नाले भरुवा बन्दुक फेला परेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार सोमवार दिउँसो भरुवा बन्दुक फेला परेको हो। विषेश सूचनाका आधारमा प्रहरीको टोली ओलीगाउँ गएको थियो। बन्दुकको बारेमा प्रहरीले थप अनुसन्धान जारी हरेको बताएको छ।

Read More