Author: महेन्द्रनगर पोष्ट

कैलाली: अनेरास्ववियु कैलालीका पूर्व अध्यक्ष भरत खडकाको निधन भएको छ। जिल्लाको लम्कीचुहाका निवासी उनेको हृदयघातका कारण निधन भएको बताइएको छ। भलिबल खेलाडीसमेत रहेका उनको निधनपछि अनेरास्ववियु शोकमा डुबेको छ।

Read More

कञ्चनपुर: पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका– ११ स्थित कलुवापुर बजार थोरै बर्खामा डुबानमा पर्ने गरेको छ । पानीको निकास नहुँदा बजार डुबानमा पर्दै आएको हो । “बजार क्षेत्रमा व्यापार गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि भएसँगै नयाँ घर निर्माण हुन थाले, त्यो क्रम अझै जारी छ”, स्थानीय जयबहादुर ऐरले भने, “नयाँ घर निर्माण गर्ने क्रममा पानीको निकास हुने क्षेत्र मासिँदा बजार जलमग्न हुन थालेको छ ।” बजार क्षेत्रका अधिकांश पसल र सडक डुबानमा पर्दा स्थानीय बासिन्दा, यात्रु, पसल सञ्चालक र सर्वसाधारणले सास्ती खेप्नुपरेको उनले बताए । कलुवापुर–बेलौरी सडक निर्माण गर्दासमेत पानीको निकास नराखिँदा पानी थुनिएको उनको भनाइ छ । स्थानीय तहमा जनप्रतिनिधि…

Read More

काठमाडौं: मन्त्रालयमा गयल हुने एक सचिवको हाजिरमा मन्त्रीले रातो घेरा लगाइदिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बिहीबार दिउँसो साढे ३ बजेतिर छड्के जाँच गर्दा अनुपस्थित रहेको पाइएपछि मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र सहसचिव स्किम श्रेष्ठको हाजिरी कापीमा रातो घेरा लगाइदिएका हुन्। मन्त्री मोदी त्यस दिन अकस्मात् सचिव पुष्कर र मन्त्रालयका चार सहसचिवको कार्यकक्षमा छड्के गर्न पुगेका थिए। त्यतिबेला पुष्कर र श्रेष्ठ आफ्नो कार्यकक्षमा थिएनन्। त्यसपछि तत्कालै मन्त्री मोदीले दुवैको हाजिरी कपीमा रातो घेरा लगाइदिएका हुन्। मन्त्री मोदीका स्वकीय सचिव ताजिम अन्सारीका अनुसार सचिव र एक सहसचिव मन्त्रीलाई जानकारी नगराई मन्त्रालयबाट बाहिर गएकाले छड्के गरिएको थियो।

Read More

काठमाडौं: परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्यान्ड प्रस्थान गर्दैछन्. बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज बैंककतर्फ प्रस्थान गर्न लागेको हो। आइतबार दिउँसो साढे १ बजे उनी थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्ने मन्त्री साउदको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उनी साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।  बिमस्टेकमा भारत, नेपाल, म्यानमार, थाइल्यान्ड, भुटान, श्रीलंका र बंगलादेश सदस्य मुलुक छन्।

Read More

बैतडी: बैतडी भित्र रहेका खानेपानीका मुहानहरूमा ‘कोलिफर्म’  किटाणु फेला परेको छ। खानेपानीका मुहानहरूमा  परीक्षण गर्दा दिशामा हुने  ‘कोलिफर्म’ कीटाणु फेला परेको हो। स्वास्थ्य कार्यालय बैतडीले नमूना संकलन तथा परीक्षण  गर्दा कतिपय खानेपानीका मुहानहरुमा कोलिफर्म कीटाणु फेला परेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपीन लेखकले जानकारी दिए। संकलन गरिएको नमूना मध्ये ५० प्रतिशत बढी मुहानहरुमा कोलिफर्म कीटाणु फेला परेको उनले बताए। दशरथचन्द नगरपालिका ११, पुर्चौडीमा १२, पाटनमा १३,मेलौलीका १७ खानेपानीका मुहानमा केलिफर्म  कीटाणु फेला परेको  छ। यस्तै पञ्चेश्वरका १४, शिवनाथका १२, सिगासका १०, सुर्नयाका १७, दोगडाकेदारको १८ र डिलाशैनि गाउँपालिकाका १२ ओटा पानीका मुहानमा कोलिफर्म कीटाणु भेटिएको हो। नियमित रुपमा प्रयोग…

Read More

डडेल्धुरा: भरुवा बन्दुकसहित डडेल्धुराको अजयमेरुमा एक जना पक्राउ परेका छन्। अजयमेरु गाउँपालिका–६ भण्डारी गाउँ बस्ने ४२ वर्षीय वीरसिंह भण्डारीलाई एकनाले एक थान भरुवा बन्दुकसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो। भण्डारीसँग ईजाजतपत्र नभएको उक्त बन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी देवलदिब्यपुरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको बताइएको छ।

Read More

बझाङ: बझाङको वित्थडचिर गाउँपालिका-१ आनन्दपुरका कलक बोहराले पुस्तौंदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाए। आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उनी तरकारी खेती रोजेका हुन्। बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोहरालाई यसपटक पर्याप्त आलु उत्पादन भएपछि घर छोड्न मन लागेको छैन। छोड्नुपर्ने अवस्था पनि छैन। पाँच कट्टामा बीउ रोपेका बोहरालाई आलु बेचेर जीविकोपार्जन हुने देखेपछि अब उनको रोजाइ तरकारी खेती नै भएको छ। ‘दुई सुप्पो मकै फल्ने बारीमा यसपटक चार बोरा आलु फल्यो। गत साता ३४ हजार रुपैयाँको आलु बेचे। अझै १० क्विन्टल जति आलु खन्न बाँकी छ’, बोहराले भने। उनी यस वर्ष मात्र…

Read More

धनगढीः  कैलालीमा लागुऔषधसहित दुई युवा एक युवती पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–२ तेघरीका १९ वर्षीय रियाज मगर, सोहि ठाउँका २० वर्षीय रोशन गुरुङ र कञ्चनपुरको बेलडांडी गाउंपालिका–४ कि २० वर्षीया कबिता बस्नेत लागुऔषधसहित पक्राउ परेका हुन्। उनीहरुलाई शनिबार गोदावरी नगरपालिका –४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ। कबिता र रियाजलाई चेक गर्दा कबिताको साथबाट ५० ग्राम लागुऔषध फेला परेका थियो। रियाजले रोशनबाट लिएको बताएपछि प्रहरी उनको घरमा पुगेको थियो। रोशनको घरमा चेक गर्दा गोठबाट दुई ग्राम ८१० मिलिग्राम लागुऔषध फेला पारेपछि तिनै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीमा सिँचाइ आयोजनाको नहरमा एक बालिका बेपत्ता भएकी छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–३ बलचौरका दिपक चौधरीकि ६ वर्षीया छोरी रीतिका चोधरी बेपत्ता भएकी हुन्। हिजो दिउँसो रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा दुई बालिका बगेकी थिइन्। सोही ठाउँकी ९ वर्षीया आकृति चौधरीको भने लगत्तै स्थानीयले उद्धार गरेका थिए। बेपत्ता बालिकाको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

Read More

डडेल्धुरा: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेल्धुरा अस्पतालका ३० वेड निःशुल्क गरेको छ। मन्त्रालयले डडेल्धुरासहित देशभरका सरकारी अस्पतालमा ३ हजार ५ सय २३ बेड निःशुल्क गरेको हो। सुदूरपश्चिममा संघीय सरकार मातहत रहेको एकमात्र विशिष्ट विशेषज्ञ अस्पतालको रूपमा संचालित डडेल्धुरा अस्पताल प्रदेशका पहाडी ७ जिल्लाको केन्द्रमा रहेर सेवा प्रवाह गरिरहेको छ। मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असाहयहरूको उपचारमा सहजताका लागि निःशुल्क वेड व्यवस्था गरेको बताइएको छ। काठमाडौं उपत्यकाभित्र वीर अस्पतालमा ७००, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ९०, मानसिक अस्पताल, ललितपुरमा ४०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६०,परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीमा ४ सय ५० र राष्ट्रिय ट्रमा सेन्टरमा १ सय ५०…

Read More