Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीको पञ्चेश्वरमा अवैध रुपमा मेडिकल सञ्चालन गरि बिरामी चेकजाँच गरेको आरोपमा पक्राउ परेकी श्यामाकुमारी शाह धरौटीमा रिहा भएकी छन्। पक्राउ परेकी श्यामाबिरुद्ध इलाजसम्बन्धी कसुरमा मुद्धा दर्ता गरेर अनुसन्धानपछि जिल्ला अदालतले ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। मेडिकल सञ्चालनका लागि स्वास्थ्यसम्बन्धी कुनै तालिम नलिएकी श्यामाले क्लिनिकमा बिरामी जाच्नेदेखि लिएर औषधि विक्रि गर्ने काम गरिरहेकी फेला परेपछि प्रहरीले दुई हप्ता अगाडी नियन्त्रणमा लिएको थियो। श्यामा क्लिनिक बिना अनुमती सञ्चालन रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले गएको जेठ दोश्रो साता सिल गरेको थियो। तर पनि गाउँपालिकाले मेडिकल सञ्चालनका लागि अनुमति दिएको भन्दै पुनः…

Read More

काठमाडौं: अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित महेन्द्रनगरपोष्ट डटकम शनिबारबाट चौथो वर्षमा प्रवेश गरेको छ। महेन्द्रनगरपोष्टले २०६१ सालबाटै सुदूरपश्चिमको प्रथम सन्ध्याकालीन दैनिक पत्रिकाको रुपमा यात्रा थालेको थियो। त्यस बखतदेखि निरन्तर प्रकाशित हुँदै आएको पत्रिकाको २०६९ सालमा आएर विविध कारणले दैनिक प्रकाशन बन्द गर्नुपर्यो। तत्पश्चात संविधान, लोकतान्त्रिक संघीय गणतन्त्र नेपाल हुँदै आजको दिनसम्म र बीचमा आएका कोभिडजस्ता विभिन्न महामारी एवं संक्रमणकालीन अवस्थालाई पार गर्दै हामी यहाँसम्म आइपुगेका छौँ। तीन वर्षअघि आजकै मितिमा बदलिँदो प्रविधि र मिडियाको विकासक्रम अनुसार महेन्द्रनगरपोष्ट डटकम डिजिटल पत्रिका (अनलाइन) संस्करणको बीजारोपण भयो।हामीले कुनै ठाउँ विशेषको नाम राखे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने लक्ष्य लिएका…

Read More

काठमाडौँ: सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको सरूवा गरेको छ। प्रधान कार्यालय, हलचाेकले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको बिहीबारको निर्णयानुसार १६१ जना डीएसपीको सरूवा गरेको हो। त्यस्तै १९ जना डीएसपीको काज सरूवा पनि गरिएको छ। हेर्नुस् सूची

Read More

काठमाडौँ: हाल देशका थोरै स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ हावा-हुरी, भारी वर्षा, मेघ गर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

Read More

धनगढीः विरामीलाई गुणस्तरीय सेवा दिने होडबाजीमा खोलिएका नीजि अस्पतालमा सरकारी डाक्टर देखिनु असामान्य भने होईन । तर सरकारी अस्पतालका डाक्टरको आडमा नीजि अस्पताल सञ्चालन गरिनु भने असामान्य हो । पछिल्लो समय यस्तै गतिविधिमा धेरै नीजि अस्पताल खालिएका छन् । यी नै प्रवृतिसँग मेल खाने गरि धनगढीको सेती प्रादेशिक अस्पतालको नजिकै २०७९ असार १७ गतेबाट संजीवनी अस्पताल प्रालि सञ्चालनमा आयो। अस्पताल सञ्चालनको क्रममा गुणस्तरीय सेवा दिने उद्देश्यले शल्यक्रिया, भिडियो एक्स– रे, इसिजी, फार्मेसी, मुटुको भिडियो एक्सरे, डिजिटल एक्स–रे, अत्याधुनिक प्रयोगशाला लगातका सेवा दिने अस्पतालका अध्यक्ष दुष्यन्त बस्नेतले बताएका थिए। १५ शय्याबाट उपचार सेवा सुरू गरे पनि सञ्चालनको १ बर्ष हुदाँसमेत अस्पताल…

Read More

काठमाडौँ : घरबाट हराएको दुई सातापछि सूर्यविनायक नगरपालिका-७ गुण्डू निवासी ३७ वर्षीया माया नगरकोटीको शव प्रहरीले सूर्यविनायक जङ्गलमा फेला पारेको छ । यही असार १३ गते बुधबार बिहान साढे ८ बजे माया घरबाट हराएकी भन्दै परिवारले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले तालिमप्राप्त कुकुरसहित विभिन्न निकायमा प्रहरीको टोली परिचालन गरी खोजीकार्य गर्ने क्रममा गुण्डू अस्थायी प्रहरी पोष्टबाट खटिएका प्रहरीले जङ्गलमा शव फेला पारेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । प्रहरीले नगरकोटीको खोजीका क्रममा अन्तिम पटक सूर्यविनायक गणेश मन्दिरबाट पानीट्याङ्की हुँदै मन्थलीको बाटो जाँदै गरेको सिसिटिभीबाट देखिएपछि प्रहरीले जङ्गलमा खोजी केन्द्रीत गरेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली…

Read More

नयाँ दिल्ली : भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ। बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ। चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गर्ने किसान रहेको अधिकारीहरुले बताएका छन्। गत साता राज्यमा चट्याङ र वर्षासँग सम्बन्धित घटनामा १२ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए। प्रत्येक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौंको मृत्यु हुने गरेको छ। सन् २०२२ मा भारतभर चट्याङका कारण नौ सय सात जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू भेट गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा गएर पत्नी शोकमा रहेका प्रचण्ड र उनका परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् । लूले सीता दाहालको निधनप्रति शोक व्यक्त गर्दै सीताको तस्वीरमा माल्यार्पण पनि गरेका छन् । शुक्रबार मात्र काठमाडौँका आएका लूले यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रपति एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।

Read More

जनकपुरधाम : सप्तरीमा नेकपा एमालेका नेताहरु सवार गाडी दुर्घटनामा परेको छ । गाडी पल्टेपछि पाँच नेता घाइते भएका हुन् । प्रहरीका अनुसार एमाले जिल्ला कमिटी सदस्यहरू किरण पन्थ, हरिहर बस्नेत, भुवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी कार दुर्घटनामा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि राजविराज लगिएको छ । एमाले जिल्ला कमिटीको बैठकका लागि उनीहरु राजविराजतर्फ गइरहेको बेला नम्वर नखुलेको कार दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Read More

मकवानपुर : मकवानपुरको मनहरी गाउँपालिकास्थित विभिन्न १९ विद्यालयका प्रधानाध्यापकहरुले सामूहिक राजीनामा दिएका छन्। गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मानसिक दबाब दिएको भन्दै उनीहरूले शुक्रबार सामूहिक राजीनामा दिएका हुन्। राजीनामा दिनेमा आधारभूत विद्यालयका १८ र माध्यमिक विद्यालयका एक जना प्रधानाध्यापक छन्। अध्यक्ष कालाखेतीले शिक्षाको गुणस्तर सुधार्ने निहुँमा लामो समयदेखि मानसिक दबाब दिएको उनीहरूको भनाई छ । विद्यालयको गुणस्तर सुधार गर्न प्रधानाध्यापकलाई सरुवा गर्ने भन्दै दबाब दिएकोसमेत उनीहरूले बताएका छन् ।

Read More