Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–२ पिपल चौतराबाट १०० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका ३१ वर्षीय मालराम डगौरा आईतवार साँझ पक्राउ परेका हुन्। प्रहरी चौकी त्रिनगरबाट खटिइएको प्रहरी टोलीले उनको साथबाट लागुऔषध फेलापारी पक्राउ गरेको हो। कैलालीको गौरीगंगा नगरपालिका–८ बढैपुरबाट २१० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २३ वर्षीय खगेन्द्र बाठामगरसहित पाँचजनालाई आईतवार राति प्रहरीले पक्राउ गरेको जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिइएको संयुक्त प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध फेलापारी पक्राउ गरेको हो। यस सम्बन्धमा थपअनुसन्धान भइरहेका प्रहरीले बताएको छ।

Read More

काठमाडौँ: ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणमा  नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौँ जिल्ला अदालतले आइतबार गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका स्रोतले बतायो। स्रोतका अनुसार पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पुर्जी जारी भएको छ।  ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ।

Read More

बझाङ: बझाङको थलारा गाउँपालिका–३ कुचकी आमा जलादेवी दमाईंभन्दा छोरा बिर्खु दमाईंको उमेर दुई वर्ष मात्रै कम भएको पाइएको छ। तर, नागरिकतामा हो है ! नागरिकतामा आमा जलाको जन्म २०३८ साल माघ ३ गते लेखिएको छ भने छोराको २०४० जेठ ३ गते लेखिएको नागरिकता भेटिएको हो। जलाले अहिले आफू ६६ वर्ष पुगेको बताइन्। अहिले ४२ वर्ष मात्र भएको नागरिकताका कारण वृद्धभत्ता समेत नपाएपछि मात्र नागरिकतामा छोराभन्दा दुई वर्ष जेठी भएको थाहा पाइएको उनले बताइन्। उनको नागरिकता २०६३ सालमा गाउँमा गएको घुम्तीटोलीले बनाइदिएको थियो। २०६३ साल चैत २४ गते गएको टोलीले आमा र २०५९ साल चैत ११ गते छोराको नागरिकता बनाइएको थियो।…

Read More

काठमाडौं: सार्वजनिक खरिद अनुगमन कार्यालयले बाजुराको एकसहित २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। विभिन्न सार्वजनिक निकायहरुबाट सिफारिस भएअनुसार साउन २१ गतेको निर्णयअनुसार उल्लेखित निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय भएको कार्यालयको सूचनामा उल्लेख छ। कालोसूचीमा परेसँगै ती कम्पनीले कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा उल्लेख छ।

Read More

बझाङ: विद्यालयको कर्मचारी छनोटमा अनियमितता भएको भन्दै बझाङको छविस पाथीभेरा गाउँपालिकामा तालाबन्दी गरिएको छ। बान्नीचौर साधारण तथा प्राविधिक विद्यालयमा सिभिल इन्जिनियरिङ ल्याव असिस्टेन्ट कर्मचारी छनोटमा अनियमितता भएको भन्दै तालाबन्दी भएको हो। तीन वर्षदेखि रिक्त रहेको उक्त पदमा २०७९ जेठ ३१ विज्ञापन गरिएको भए पनि २०८० साउन १८ गतेमात्रै परीक्षा भएको थियो। कागजात नपुगेको उम्मेदवारलाई छनोट गरिएको भन्दै तालाबन्दी गरिएको छ। तीन जना उम्मेदवारको दरखास्त परेकोमा स्थानीय विमल जोशीलाई छनोट गरिएपछि असन्तुष्ट पक्षले पालिकामा नाराबाजीसहित आइतबार तालाबन्दी गरेका हुन्।

Read More

अछाम: गृह मन्त्रालयले अछामका प्रमुख जिल्ला अधिकारीको साढे दुई महिनामैं सरुवा गरेको छ। आइतबार साँझको मन्त्रीस्तरीय निर्णयअनुसार अछामका प्रमुख जिल्ला अधिकारी सहसचिव शिवराज न्यौपानेलाई गृह मन्त्रालयमा तानेर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उपसचिव शरद कुमार पोखरेललाई अछामको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। जेठ सात गते मात्रै अछाममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका न्यौपानेको साढे दुई महिनाकै अवधिमा सरुवा भएको छ। न्यौपानेको स्वास्थ्यमा समस्या देखापरेपछि उनी केहि दिनदेखि नै काठमाडौंमा छन्।

Read More

डडेल्धुरा: फोहोर व्यवस्थापनमा विगतदेखि नै चुक्दै आएको अमरगढी नगरपालिकाले अहिले पिकनिक स्पोट नजिकै डम्पिङ साइट बनाएको छ। सदरमुकाम नजिकै रहेको मालम दोबाटाको सडक छेउमै फोहोर थुपार्न लागेको १ वर्ष पुग्न थालेको छ। गत पुसदेखि उक्त क्षेत्रमा सदरमुकामको फोहोर थुपारेको नगरपालिकाले सुरुमा केहि महिनामै अर्को डम्पिङ साइट बनाउने भनेको थियो। तर, हालसम्म पनि जग्गा नपाइएको कारण देखाउदै नगरपालिकाले उक्त क्षेत्रलाई दूषित बनाइरहेको छ। जसका कारण सो क्षेत्रमा मनोरञ्जन लिन पिकनिक खान जानेलाई असर परिरहेको छ। त्यतिमात्रै हैन, सोही सडक भएर वडा नम्बर १ बस्ने मालमवासीले पनि नाक थुनेर हिंड्नुपर्ने बाध्यता आइलागेको छ। सोही समस्या सतहमा आउँदा मालम गाउँवासी विरोधमा उत्रिएका छन्।…

Read More

धनगढीः  कैलालीमा ट्रक दुर्घटना भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१२ ए गाउँमा आइतवार दिउँसो से १ क १३३० नम्बरको कुखुरा बोक्ने ट्रक दुर्घटना भएको हो। ट्रक पानी निकासी हुने कल्भर्टमा ठोक्किएर पल्टिएको  प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतिर अवस्थित रहेको  छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Read More

बैतडी: बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बेवारिसे अवस्थाको सुन फेला परेको छ । काठमाडौंबाट दार्चुलाका लागि आइरहेको सुपप्र ०२००१ ख १३०१ नम्बरको बसबाट छाडिएको केहि सामग्रीमा सुन आइतबार बिहान फेला परेको हो । खोड्पे प्रहरी चौकीको इन्ट्री पोष्टमा बसका स्टाफहरुले सामान छाडेको र उक्त सामानमा सुन फेला परेको प्रहरीले जनाएको छ । पाटन–८ का एक स्थानीयका आफन्तले काठमाडौंबाट औषधी पठाएको बुझिएको छ । त्यो औषधी भनिएको बस्तु मध्येको एक प्याकेट खोलेर हेर्दा सुन भेटिएपछि इन्ट्री पोष्टमै राखेका थिए । प्रहरीलाई शंका लागेपछि बरामद गरेर सुरक्षितत राखेको छ । सुन बरामदपछि इलाका प्रहरी कार्यालय पाटनमा लगिएको छ ।८३ ग्राम ५२० मिलिग्राम (करिब…

Read More