Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: आईएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै “प्रिटी उत्सव” अफर सार्वजनिक गरेको छ । यो अफर यही साउन महिनाको दोस्रो सोमवार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्ने छ। यो अफरमा जित्ने प्रत्येक विजेतालाई प्रिटी क्लिकको पाँच हजार रुपैयाँको भौचर प्रदान गरिने छ । सेवाग्राहीले अफर अवधिभरि कम्तीमा एक पटक आईएमई पे मार्फत् क्यूआर स्क्यान गरी भुक्तानी गर्नुपर्ने छ । अफर अवधिभरि प्रत्येक ५ दिनपछि गोला प्रथामार्फत् दुई जना विजेता छनोट गरिने छ । विजेताहरूको नाम सामाजिक सञ्जालमार्फत् घोषित गरिने कम्पनीले जनाएको छ । सेवाग्राहीले जुनसुकै क्यूआरमार्फत् भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । विजेताहरूले प्रिटी क्लिकमा गएर भौचरको…

Read More

कैलाली: सुदूरपश्चिम प्रदेश सरकार विस्तारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भएको छलफलमा भोलि शीर्ष नेताहरूबीच सरकार विस्तारको गाँठो फुकाउने सहमति भएको छ । माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्ति पाटीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, आर्थिक मामिला मन्त्री नरेश बहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी पुगेका थिए । प्रधानमन्त्री प्रचण्डसँग नागरिक उन्मुक्तिका नेताहरूले यसअघि भएको सहमति अनुसार सुदूरपश्चिममा आफ्नो पार्टीलाई २ मन्त्रालय दिनुपर्ने बताएका थिए । मुख्यमन्त्री शाहले केन्द्रबाट प्रदेशको गाँठो फुकाउनुपर्ने बताएका…

Read More

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरका पुराना छापाखाना व्यवसायी भवानीदत्त बोहराको निधन भएको छ । उनको सोमवार बिहान निधन भएको हो । उनको पारिवारिक स्रोेतका अनुसार उनी उपचारका लागि काठमाडौँमा थिए । सोही क्रममा उनको निधन एको हो । लामो समयदेखि प्रिन्टिङ प्रेस व्यवसाय सञ्चालन गर्दै आएका बोहरा महेन्द्रनगरस्थित भवानी प्रिन्टिङ प्रेसका सञ्चालक हुन् ।

Read More

काठमाडौँ: बैतडीको पाटन नगरपालिका–६ का ३४ वर्षीय दीपक भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट अवैध सुनसहित पक्राउ परेका छन् । प्रहरीले उनलाई आइतवार साँझ करिब ८१ ग्राम तौलको सुनका ब्रासलेटसहित पक्राउ गरेको बताइएको छ । प्रहरीका अनुसार कतार एयरवेयजको उडानद्वारा काठमाडौँ आएका भण्डारीलाई जाँच गर्ने क्रममा उक्त ब्रासलेट लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरिएको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Read More

धनगढीः धनगढीको एक घरमा दिउँसै चोरी भएको छ । आइतवार दिउँसो धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडि रहेको सुरेन्द्र भट्टको घरमा चोरी भएको हो । घरमा कोही नभएको मौका छोपी दिउँसो करीब ११ बजेदेखि दुई बजेको बिचमा उनको घरबाट साढे चार लाख रुपैयाँ र २ तोला ६ ग्राम सुन चोरी भएको प्रहरीले बताएको छ । उनीहरु घरको मुल ढोकामा रहेको ताला फोडेर घरभित्र पसेका थिए । उनीहरुले दराज र ताला फोड्न प्रयोग गरेको पेचकस र फलामको रड कोठाभित्रै छोडेर गएका पाइएको प्रहरीले जनाएको छ ।

Read More

तनहुँ: भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका किसानलाई पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको छ । केन्द्रले गत आर्थिक वर्ष २०७९/८० मा उन्नत जातका भैँसीका पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको हो । गत आवमा एक सय ६० किसानलाई जनही रु १० हजारका दरले अनुदान वितरण गरिएको केन्द्र प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, “पाडापाडी हुर्काउने कार्यक्रमअन्तर्गत किसानसँग आवेदन माग गरेको केही दिनमै अत्यधिक आवेदन आएको थियो, सबैलाई दिन सकेनौँ । केहीलाई मात्रै दिएका छौँ, बाँकी आवेदकलाई चालु आवमा दिन्छौँ ।” गत वर्षको मागका आधारमा चालु आवमा पाँच सय पाडापाडी…

Read More

कञ्चनपुर: कञ्चनपुरमा प्रहरी हौँ भन्दै लुटपाट गर्ने ३ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको शुक्लाफाँटा नगरपालिका-५ का बाशा भनिने रवि साउँद, सुरेन्द्र विष्ट (ल्याङ) र भुवन ऐर पक्राउ परेका हुन् । उनीहरुले भारतको पिलिभित ग्राम हरीकृष्णपुर उत्तर प्रदेशका २४ वर्षीय मोहित कुमार र उद्यमसिंहनगर ग्राम मसिद उत्तराखण्डका अशरफ अहमदलाई लुटपाट गरेको प्रहरीले बताएको छ । हाल महेन्द्रनगर बजारस्थित १ नम्बर गल्लीमा काम गर्ने उनीहरुलाई बाशासहितका तीनै जनाले हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै डराई धम्काई रातिको समयमा अपहरण गरी कलुवापुरको कालिका सामुदायिक जङ्गलभित्र लगेका थिए । उनीहरुले पीडित अशरफको मोटरसाइकल, कम्पनीको स्क्रिन टच मोबाइल १ थान, १६…

Read More

धनगढीः नेपाल विद्यार्थी संघ धनगढी नगर कार्यसमितिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालका बिरामीहरुलाई खिर खुवाएको छ । नेविसंघले साउन पन्ध्र अर्थात् खिर खाने दिनको अवसरमा अस्पतालका बिरामी र नर्सिङ स्टाफलाई खिर खुवाएको हो । नेविसंघ धनगढी नगर कार्यसमितिका सभापति दिपेश बोहराका अनुसार अस्पतालका दुई सय जना बिरामीलाई खिर खुवाइएको छ ।

Read More

काठमाडौँ: सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले दायर गरेको रिटमा सर्वोच्चले हिजो यस्तो आदेश दिएको हो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारको निर्णयविरुद्ध अल्पकालीन आदेश जारी गर्दै सरकारी पक्षलाई छलफलका लागि बोलाएको छ । नाट्टा उत्प्रेषण मिश्रित परमादेशको माग गर्दै गएको साउन ११ गते सर्वोच्च अदालत पुगेको थियो । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेका थिए । पर्यटन व्यवसायीले भने हवाई टिकटमा लगाइएको भ्याट…

Read More

मकवानपुर: चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरी रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनले उनीहरुको चितवनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइ घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Read More