Author: महेन्द्रनगर पोष्ट

बाजुरा -एकल महिलालाई बलात्कार गरी फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यलय बाजुराले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जगन्नाथ गाउँपालिका-५ तल्लो काप्री बस्ने ३२ वर्षीय नेत्र भन्ने नवराज शाही रहेका छन् । शाहीले २०७४ साल पुस १३ गते राति गाउँकै एक पिडित एकल महिलालाई कोही नभएको मौका छोपी बलात्कार गरेर फरार भएका थिए । शाहीलाई प्रहरीले खोजतलास गर्दा सोही गाउँपालिकाकै ईलाकामा लुकिछिपी बसेको अवस्थामा फेला पारी आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डीएसपी चर्तुभुज ओझाले बताए । शाहीलाई जिल्ला अदालत बाजुराले मिति २०७६ भदौ ३ गते २ बर्ष ६ महिना कैद ठहर गरेको थियो भने उच्च अदालत…

Read More

काठमाडौं-सशस्त्र प्रहरी जवानको लिखित परीक्षाको नतिजा प्रकाशन गरिने मिति तोकियो छ। सशस्त्र प्रहरी बल नेपाल, भर्ना तथा छनौट शाखाले सोमबार एक सूचना जारी गरेर उक्त जानकारी दिएको हो। नतिजा आगामी चैत १० गते प्रकाशन गरिने जनाइएको छ ।

Read More

उदयपुर -जिल्ला प्रहरी कार्यालय उदयपुरको नव निर्मित भवनहरुको प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ । आज आयोजित एक कार्यक्रमबीच त्रियुगा नगरपालिका-१० बोक्से स्थितमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको नवनिर्मित कार्यालय, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको निवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्सा घर तथा नागरिक सहायता कक्षको प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उद्घाटन गरेका हुन् ।नवनिर्मित भवनहरुको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नयाँ भवनको निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने सम्पूर्णमा धन्यवाद दिनुका साथै नयाँ भवनबाट पाउने प्रहरी सेवाको आशा जनतामा पनि बढ्ने भएकोले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरीयतालाई अझ…

Read More

डोटी-नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले सुदूरपश्चिममा गठबन्धन नभएको र अबका दिनमा पनि नहुने दाबी गरेका छन्। आइतबार नेपाली काँग्रेस डोटीले ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान अन्तरगत जोरायलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता बलायरले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन सरकार रहेको सुदूरपश्चिम प्रदेशमा नेपाली काङ्ग्रेससँग गठबन्धनमा नरहेको स्पष्ट पारे। माओवादी र समाजवादीले एका तर्फ गठबन्धन भन्ने अर्का तिर काँग्रेसलाई पेल्ने गरेकाले पनि गठबन्धन नहुने उनले बताए। ‘एकातिर गठबन्धन भन्ने अर्कातर्फ हामीलाई पेल्ने,यो कस्तो गठबन्धन हो,’ उनले भने, ‘त्यसैले अब सुदूरपश्चिममा गठबनधन छैन्। कांग्रेसका हातले रुख चिह्न बाहेक अन्त भोट जाँदै जान्न, यो मेरो ऐलान हो।’

Read More

कैलाली-कैलालीको मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगर माओवादी प्रवेश गरेकी छिन्। एमालेबाट निर्वाचित भएकी उनी पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तर्फ लागेकी थिइन्। तर, उनले समाजवादी छोडेर आजैदेखि आफू माओवादी प्रवेश गरेको बताएकी छन्। सोमबार उनलाई धनगढीमा जारी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् मोहन्याल गाउँपालिकाका अध्यक्षको निधन भएपछि उनले नै पालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छिन्।

Read More

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिको जवाफ दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीलाई लिएर अनावश्यक विरोध गरेको भन्दै सोमबार नुवाकोट पुगेर दिमाग खुस्किएको बताएपछि रावलले जवाफ फर्काएका हुन्। देउवाले दिएको उक्त अभिव्यक्तिको जवाफ दिँदै रावलले भनेका छन्, ‘तथ्यको जानकारीसम्म नराखि झुठा बोल्ने प्रमको या त आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ।’ रावलले आफू ओली पहिलोपटक प्रधानमन्त्री भएको बेला उपप्रधानसहित रक्षामन्त्री रहेको बताउँदै एमसिसी सम्झौता संसदमा ल्याएको बेला नभएको स्पष्ट पारेका छन्। उक्त तथ्य जानकारी नराखी आरोप लगाएको भन्दै ‘दिमाग खुस्केर होस हराएको’ टिप्पणी गरेका…

Read More

काठमाडौँ-निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि स्वस्तिक छाप एक महिनाभित्र बाह्य देशबाट नेपाल आइपुग्ने जनाएको छ।आयोगले नियमित पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘कतिपय सामाग्रीहरू नेपालमा उत्पादनमा हुँदैन। २२ हजार मतदान केन्द्रमा तीनदेखि ४ वटा स्वस्तिक छाप पठाउनुपर्छ। स्वस्तिक छाप अघिपछि प्रयोग हुँदैन। त्यस्तो खालको चिज बाहिर देशबाट ल्याउनुपर्छ।’

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशमा सोमवार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ९४१ नमुना परीक्षण गरिएकोमा थप पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। निर्देशनालयका अनुसार एन्टिजेन विधिबाट ८८५ नमुना परीक्षण गर्दा शुन्य र पिसिआर विधिबाट ५६ नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण देखिएको हो।यस्तै २४ घण्टामा दुईजना संक्रमित निको भई डिस्चार्ज भएको छ।

Read More

बझाङ – निर्वाचन अवधिभर लाइसेन्स प्राप्त हतियारहरू पनि व्यक्तिबाट फिर्ता लिई प्रहरी कार्यालयमा राख्न जिल्ला प्रहरी कार्यालय बझाङले मातहतका प्रहरी इकाइहरूलाई निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय बझाङबाट इजाजत लिई व्यक्तिगत प्रयोजनका लागि राखिएका लाइसेन्स प्राप्त हतियार निर्वाचन अवधिभर नजिकको प्रहरी कार्यालयमा सुरक्षित राख्न निर्देशन दिएको हो। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न तथा जनताहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउनका लागि उक्त कुरा निर्देशन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी ज्ञान बहादुर विष्टले बताए।

Read More

दार्चुला-दार्चुलाको नौगाड गाउँपालिकामा एकदिने निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर कार्यक्रम सम्पन्न भएको छ। फागुन २९ गते आइतबार हिजो गाउँपालिकाको होपरीगाडमा एकदिने निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर आयोजनामा १३० जनाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाले जनाएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाको आयोजना तथा नौगाड गाउँपालिकाको आर्थिक सहयोगमा एक दिने निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर आयोजना गरिएको थियो। शिविरमा हात खुट्टा दुख्ने,घुडा दुख्ने,कम्मर दुख्ने,पिनास घाटी दुख्ने,टन्सिल ग्याष्ट्रिक दम सुगर उच्च रक्तचाप ,पाइल्स,कव्जियत महिलाहरुको तल्लो पेट दुख्ने, महिलाहरुमा सेतो पानी बग्ने समस्या, छाला, पत्थरी जस्ता समस्या भएका व्यक्तिहरुको निशुल्क उपचार गरी आयुर्वेदिक औषधि वितरण गरिएको कार्यालयका निमित्त…

Read More