Author: महेन्द्रनगर पोष्ट

चितवन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न युवालाई अपिल गरेका छन् । चितवनको भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवस, २०२३ का अवसरमा आयोजना गरेको सप्ताहव्यापी समापन कार्यक्रममा आज यहाँ उनले स्वदेश र विदेशमा रहेका लाखौँ युवालाई देशभित्रै विकास निर्माणका कार्यमा जुटन आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले आउने दिनमा नेपालले कोल्टे फेर्दै जाने र विकासले गति लिने विश्वास समेत व्यक्त गरे । उनले भने, “नेपालमा हर हालतमा सुशासन, बेथिति र भ्रष्टाचारको अन्त्य हुनैपर्छ, तल परेको समुदायलाई माथि ल्याउने कार्यक्रम ल्याउनुपर्छ ।” नेपाली युवाभित्र अन्तरनीहित सिर्जनात्मक क्षमता र प्रतिभालाई देशको आर्थिक विकास र समृद्धिका निम्ति कसरी सदुपयोग…

Read More

कैलाली: कैलालीको बुढीतोलामा अवरुद्ध भएको भीमदत्त राजमार्ग आंशिक रुपमा सुचारु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–४ बुढीतोलामा सडक भासिएपछि नयाँ ट्रयाक खोलिएको छ । नयाँ ट्रयाक हिलाम्य भएकाले खाली गाडीहरु ट्रक, टिप्पर मात्रै आवतजावत गरिरहेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । वर्षा नभए साँझसम्म सडक सञ्चालनमा आउने बताइएको छ । गत सोमवार रातिको वर्षाले भीमदत्त राजमार्गमा पहिरो गएपछि ५ दिनदेखि यातायात अवरुद्ध छ भने सुदूर पहाडका सात जिल्लाको सडक सम्पर्क टुटेको छ ।

Read More

एजेन्सी: भारतको हिमाञ्चलमा भएको सडक दुर्घटनामा कम्तीमा ६ जना प्रहरीको ज्यान गएको छ । हिमाञ्चलको चम्बा जिल्लामा प्रहरी गस्तीका बेला दुर्घटना भएको हो । ठूलो ढुङ्गाले लागेर प्रहरी चढेको गाडी अनियन्त्रित भएपछि गहिरो खाल्डोमा खसेको थियो । दुर्घटनामा तीन जना प्रहरी घाइते भएका प्रहरीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । यसैबीच, भारतको उत्तरी राज्य उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ । लखनउबाट झण्डै ३ सय ५५ किलोमिटर उत्तरपश्चिममा पर्ने मुरादाबाद जिल्लामा रहेको आफ्नो घर बाहिर हिँडिरहेका ३४ वर्षीय अनुज चौधरीलाई मोटरसाइकलमा आएका तीन…

Read More

धनगढीः कैलालीमा चित्तलको बच्चा फेला परेको छ । गोदावरी नगरपालिका–४ शिवनगर टोलका देवराज भट्टको कुकुरले शुक्रवार राति जंगलबाट अन्दाजी ६ महिनाको चित्तलको बच्चा लखेटेर ल्याएको थियो । प्रहरीलाई सो बारे खबर गरेपछि इलाका प्रहरी कार्यालय मालाखेतीले चित्तलको बच्चाको उद्वार गरेको छ । चित्तलको बच्चा सब डिभिजन वन कार्यालय अत्तरियालाई बुझाइने बताइएको छ ।

Read More

काठमाडौँ: काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परेको छ । अहिले सामान्य वर्षा भए पनि दिउँसादेखि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए । आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै ठाउँ र बाँकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाले…

Read More

धनगढी: धनगढीमा आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। नेपाल विद्यार्थी संघ धनगढी उपमहानगर समितिले धनगढीमा दिवस मनाएको हो। दिवसका अवसरमा नेविसंघ धनगढी उपमहानरपालिकाले धनगढी चौराहादेखि पार्कमोडसम्म र्‍यालीको आयोजना गरेको थियो। र्‍यालीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवा, जनप्रतिनिधि लगायत काङ्ग्रेसका नेताहरु एवं सुरक्षा निकायको उपस्थिति रहेको थियो। लागुऔषध विरुद्धको र्‍याली धनगढीको पार्क मोडमा पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभामा बोल्दै मुख्यमन्त्री शाहले भने अहिलेका युवाहरू लागुऔषधमा फसेकाले त्यसको न्यूनीकरण गर्नुपर्ने बताए। यस्तै लागुऔषध कम गर्न प्रदेश सरकार युवाहरुसंग हातेमालो गर्न तयार रहेको मुख्यमन्त्री शाहले प्रतिबद्धता गरे।

Read More

कैलाली: बझाङस्थित सेती नदीमा डुबेर कैलालीका एक युवक बेपत्ता भएका छन् । माछा मार्न गएका लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम शुक्रबार साँझ सेती नदीमा डुबेर बेपत्ता भएका हुन् । उनी बझाङको दुर्गाथली गाउँपालिका–२ मौरीबगरमा ज्याला मजदुरीको काम गर्दै आएका र सोही ठाउँस्थित सेती नदीमा माछा मार्न जाँदा डुबेर बेपत्ता भएका प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: आज अगस्ट १२ तारिख । विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ । सरकारले बर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको जानकारहरु बताउँछन् । युवा लक्षित गरी ल्याइएका विभिन्न कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन नसकेको गुनासो छ । सरकारले युवा विकास तथा परिचालनका लागि २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालय गठन गरेको थियो । यस्तै पहिलो पटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चिततासँगै समृद्ध राष्ट्र निर्माण गर्ने…

Read More

धनगढीः कैलालीको तेघरीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–२ तेघरीको महराटोलबाट १२० मिलिग्राम लागुऔषधहित सोही ठाँउका २३ वर्षीय उत्तम महरा र १९ वर्षीय धुर्ब भट्ट शुक्रवार साँझ पक्राउ परेका हुन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको बताएको छ। 

Read More

धनगढी: कैलालीका एक युवक बझाङको सेती नदीमा बगेर बेपत्ता भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर घर भएका प्रकाश बम नदीमा बगेर बेपत्ता भएका हुन्। उनी बझाङको दुर्गाथली गाउँपालिका–२ मौरीबगरमा मजदुरीको काम गर्दै आएका थिए। ३० वर्षीय बम शुक्रवार साँझ दुर्गाथलीको मौरीबगर स्थित सेती नदीमा माछा मार्न जाँदा पौडी खेल्ने क्रममा सेती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरी टोलीले उनको खोजतलासका साथै आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

Read More