Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीको एक घरमा चोरी भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका-६ पन्ज्युनयाँका नारायणसिंह कार्कीको घरमा चोरी भएको हो । उनको घरबाट २ तोला सुनको गलोबन्द र नगद २० हजार चोरी भएको बताइएको छ । गएराति घरका सबै जना गौरामा गएका बेला झ्याल फोडेर चोरी भएको बैतडी प्रहरीले जनाएको छ । चोरी कसले गरेको हो भन्ने थाहा नभएको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे भने आज मात्रै खबर गरिएको हो ।

Read More

बैतडी: बैतडीमा बाघको आक्रमणबाट एक किशोरी घाइते भएकी छिन् । प्रहरीका अनुसार जिल्लाको पञ्चेश्वर गाउँपालिका-३ की अन्दाजी १६ वर्षीया पूजा लुहार बाघको आक्रमणबाट घाइते भएकी हुन् । आज घर नजिकैको रोल जंगलमा घाँस काट्न गएका बेला उनलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ ।

Read More

काठमाडौँ: पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजाल बैतडी जाने भएका छन् । नेपाल तरुण दल बैतडीले बीपी जयन्तीको अवसरमा आयोजन गरेको प्रशिक्षण र वेबसाइट उद्घाटनका लागि नेता रिजाल बैतडी जान लागेका हुन् । यही भदौ २४ गते परेको ११०औँ बीपी जयन्तीको अवसरमा पाटनमा प्रशिक्षण र वेबसाइट उद्घाटन कार्यक्रम राखिएको तरुण दल बैतडीका कार्यवाहक अध्यक्ष महेशदत्त भट्टले बताए । तरुण दललाई डिजिटल मोडेलमा अगाडि बढाउन वेबसाइट सञ्चालन गरिएको उनले बताए ।

Read More

काठमाडौँ: नेकपा एमालेका सचिव योगेश भट्टराईले ‘एैंचो पैंचो’ देशभक्तिपूर्ण फिल्म रहेको बताएका छन् । बुधवार फिल्म हेरिसकेपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले फिल्मले राजनीतिभित्र देएिका केही खराब प्रवृत्तिहरुलाई पनि समेटेको बताए । ‘एैंचो पैंचो’ सामाजिक फिल्म पनि भएको बताउँदै उनले यसले समाजलाई सही बाटोमा अगाडि बढाउन प्रेरणा दिएको बताए । सिनेमा ‘ऐंचो पैंचो’ बिहीबारबाट प्रदर्शनमा आएको हो ।

Read More

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भेलि (शुक्रवार) शोक बिदा दिइएको छ । नगरपालिकाका पशु विकास अधिकृत गोपाल सिंह बोहराको निधनमा शोक बिदा दिइएको हो । बैतडीको पाटन नगरपालिका-१ घर भएका बोहराको हिजो राति हृदयघातबाट निधन भएको बताइएको छ ।

Read More

काठमाडौँ: वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो तिथिलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएकाले भाद्रकृष्ण अष्टमीको मध्यरातमा पूजा आराधना गर्ने भक्तजन पनि धेरै हुन्छन् । यस रात भजनकीर्तन गरेर वर्तालु रातभर जाग्राम बस्छन् । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा…

Read More

डडेल्धुरा: डडेल्धुरामा आज ‘जोगेनी जाँत’ मनाइँदै छ । जिल्लाको भागेश्वर गाउँपालिका–२ रुपालमा मनाइने यो जाँतलाई चौंसठ्ठी माताको रुप पनि भनिन्छ । यस क्षेत्रकै प्रसिद्ध ‘जोगेनी जाँत’ प्रत्येक तीन वर्षमा मनाइने गरिन्छ । जाँतमा विभिन्न ‘चौला’ हुने गर्दछन् । अधिकांशले हातमा खुकुरी तरवार लिएर जात्राको आनन्द लिने गर्दछन् । उक्त जात्रामा जातीय भेदभाव हुँदैन । किरियामा बसेका व्यक्ति र रजस्वला भएका महिलाहरु पनि सो जात्रामा जान पाउँछन् । स्थानीयका अनुसार जात्रामा सुनी, तिरुवा र सार्की थर भएकाले पूजाआजा र व्यवस्थापन गर्नुपर्छ । यो जात्रा नागीमल्ल राजाका पालामा सुरु भएको बताइन्छ । जोगेनी जाँतको अवसरमा आज भागेश्वर गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ…

Read More

दोधारा चाँदनी: सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । यस वर्ष तिथि परिवर्तनका कारण दुई पटक गौरा मनाइँदै छ । यही भदौ ७ गते गौरा पर्व नमनाउनेहरुले आज धुमधामका साथ गौरा मनाउँदै छन् । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको पहिलो दिन घरघरमा बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) राखेर सुरु हुन्छ । पहिलो दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग…

Read More

धनगढीः भारतले सुदूरपश्चिमसँग नाका जोडिएका स्थानमा कडाइ गरेको छ। सुदूरपश्चिमका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट लगायतका सीमा नाकामा भारतीय सीमा सुरक्षा बलले कडाइ गरेको हो। जहाँबाट नेपालीहरु भारत जाने र नेपाल फर्किने गर्दै आएका छन्। उसरी नेपालीका लागि भारत प्रवेश र स्वदेश फर्किन कुनै परिचय पत्रको आवश्यक हुँदैन। तर, पछिल्लो समय भने एसएसबीले नेपाली नागरिक भएको परिचय खुल्ने कागजपत्र अनिर्वाय गरेको बताइन्छ। भारतले नेपालबाट चिनियाँ नागरिकसमेत प्रवेश गर्ने जोखिम भएकाले कडाइ गरेको जनाएको छ। तर, नेपालसँग भने भारतीय सुरक्षा बलले कुनै समन्वय नगर्दा नेपालीलाई सास्ती भइरहेको छ। नाकामा यस्तो भैरहेकोबारे स्थानीय प्रशासनलाई समेत आधिकारिक रुपमा जानकारी छैन। सीमा क्षेत्रमा नागरिकता अथार्त परिचयपत्र…

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–१ टिकापुर रोडबाट सोही ठाँउका ४७ वर्षीय सुरेश शाही र १९ वर्षीय रोहित चौधरी पक्राउ परेका हुन् । उनीहरुलाई २५० मिलिग्राम लागुऔषधसहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More