काठमाडौँ: पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजाल बैतडी जाने भएका छन् ।
नेपाल तरुण दल बैतडीले बीपी जयन्तीको अवसरमा आयोजन गरेको प्रशिक्षण र वेबसाइट उद्घाटनका लागि नेता रिजाल बैतडी जान लागेका हुन् ।
यही भदौ २४ गते परेको ११०औँ बीपी जयन्तीको अवसरमा पाटनमा प्रशिक्षण र वेबसाइट उद्घाटन कार्यक्रम राखिएको तरुण दल बैतडीका कार्यवाहक अध्यक्ष महेशदत्त भट्टले बताए ।
तरुण दललाई डिजिटल मोडेलमा अगाडि बढाउन वेबसाइट सञ्चालन गरिएको उनले बताए ।
Facebook Comments Box