Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीमा नगर प्रहरीलाई अग्नी नियन्त्रण तालिम दिइँदै छ । धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित सुपर परियोजनाको आयोजनामा उपमहानगरभित्र कार्यरत नगर प्रहरी र दमकल इकाईमा कार्यरत कर्मचारीहरूलाई अग्नी नियन्त्रण सम्बन्धी तालिम दिन लागिएको हो । मंगलबारदेखि सुरु भएको चार दिने आधारभूत अग्नी नियन्त्रण तथा उद्दार तालिम शुक्रबारसम्म चल्ने उपमहानगरले जनाएको छ ।

Read More

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२)ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ । कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा असोज ९ गते मङगलबार र १० गते बुधबार हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने उक्त सूचनामा जनाएको छ । विसं २०८० को कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापतप्रति विद्यार्थी रु ६०० का…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नुवाकोटको विदुर नगरपालिकाका श्यामबाबु सापकोटालाई खुकुरीसहित पक्राउ गरिएको हो । बुधवार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा सहभागी भई निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको थियो । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरका थारु समुदाय हर्षोल्लासपूर्वक आज अष्टिम्की (श्रीकृष्णजन्माष्टमी) पर्व मनाइरहेका छन् । सो समुदायले पृथक शैलीले अष्टम्की पर्व मनाउने गरेका छन् । थारु समुदायका घरमा भगवान श्रीकृष्णसहित मानव जातीको जन्मदेखि मृत्युसम्मका क्रियाकललाप दर्शाउने चित्र कोरेर पूजा गरेर पर्व मनाइने गरिन्छ । सो अवसरमा घर–घरमा पूजा गर्नका लागि परापूर्वकालदेखिनै चित्र कोर्नुपर्ने चलन चल्दै आएको छ । थारु समुदायका घर–घरमा रहेका बैठक कोठामा अष्टिम्कीका अवसरमा मानव जातीको जन्मदेखि मृत्युसम्म गर्ने क्रियाकलापको चित्रको माध्यमबाट देखाउने गरिएको वडघर रामप्रसाद चौधरीले बताए । महिला पुरुष दुवै जनाले अष्टम्कीका अवसरमा चित्र कोर्ने गरेका छन् । विशेष गरी व्रतालु महिलालाई चित्र बनाउनमा बेफुर्सदिला बनेका छन् । “ब्रम्ह…

Read More

कैलाली: कैलालीमा झण्डै १५ लाख रुपैयाँको अवैध सामान फेला परेको छ । बुधवार प्रहरीले १४ लाख ६६ हजार रुपैयाँ बराबरको भन्सार छलीको अवैध सामान फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका-२ मिलन चोकमा भारतबाट भन्सार छली ल्याइएका अन्दाजी ११ लाख ४ हजार मूल्यका मोटर पाट्सहरु र कपडा बेवारिसे अवस्थामा फेला परेका हुन् । त्यस्तै, धनगढी-४ ओमशान्ति टोलबाट अन्दाजी ९१ हजार मूल्यका कपडा, भजनी नगरपालिका-५ कुटीबाट २ लाख ७१ हजार मूल्यका कपडा र से.प.२७५ नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेबका हुन् । बेवारिसे अवस्थामा फेला परेका ती सामान बरामद गरी भन्सार कार्यालय त्रिनगर र सत्तीमा बुझाएको कैलाली…

Read More

बैतडी: बैतडीको पाटन र दशरथचन्द नगरपालिकामा भोलि बिदा दिइएको छ । गौरा पर्वको अवसरमा बिहीवार २१ गते एक दिन बिदा दिएको हो । ७ गते गौरा पर्व नमनाएका ठाउँमा भोलि मुख्य दिन गौराष्टमी मनाइँदैछ ।

Read More

डडेल्धुराः डडेल्धुरामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी एक कार्यक्रमको मञ्च ढलेको छ । बुधवार डडेल्धुरा बहुमुखी क्याम्पसको २८औँ वार्षिकोत्सव कार्यक्रमको मञ्च अचानक ढलेको हो । वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री शाह प्रमुख अतिथि रहेका थिए । मञ्चमा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सरस्वती खड्का, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुखलगायत रहेका थिए । मञ्च ढलेपछि अतिथिहरूको भागाभाग परेको थियो । मञ्च भत्किँदा चोट कसैलाई पनि नलागेको र कार्यक्रम भने केही समयका लागि स्थगित भएको थियो ।

Read More

काठमाडौँ: मलेसियामा जारी आइसिसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाको कारण रद्द भएको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा हुने भनिएको दुई देशबीच खेलमा वर्षाका कारण टस समेत हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाड्दै खेल टुङ्गाए । यससँगै युएई समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनलमा पुग्यो । दुवै टोलीले समान पाँच खेलमा ९ अङ्क जोड्दै नेटरनरेटकका आधरमा विजेता र उपविजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेका हुन । नेपालले अब समूह ‘बी’ को विजेतासँग यही भदौ २२ गते सेमिफाइनल खेल्नेछ ।…

Read More

बैतडी: बैतडीको खोड्पेमा देउडा प्रतियोगिता हुने भएको छ । खोड्पे बजारमा गौरा पर्वको अवसरमा यही भदौ २६ गतेदेखि २८ गतेसम्म महिला पुरुष देउडा प्रतियोगिता हुने भएको हो । पाटन नगरपालिका-८, खोड्पे बजार व्यवस्थापन समिति, सिद्धेश्वर खोड्पे खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र राम मन्दिर व्यवस्थापन समितिको आयोजनामा प्रतियोगिता हुन लागेको छ । स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले देउडा प्रतियोगिता राखिएको बताइएको छ । प्रतियोगितामा प्रथमलाई १० हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वना पुरस्कार २ हजार नगदसहित प्रमाण प्रदान गरिनेछ ।

Read More

गोरखा: प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने दुई जनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–१० स्थित सिर्दीखोलामा करेन्ट लगाएर माछा मारिरहेका स्थानीय १८ वर्षीय सञ्जय तामाङ र २८ वर्षीय रजित तामाङलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार करेन्ट लगाएर माछा मार्दैगरेका अवस्थमा अस्थायी प्रहरी चौकी छेवेटारको टोलीले दुवैजनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरेको ब्याट्री, फुर्लुङ्ग र माछा थाप्न प्रयोग गरिएको जालसमेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक खड्काले बताए । जिल्लाभित्र नदी…

Read More