Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मुख्य फरवार्ड सावित्रा भण्डारीले इजरायलको लिगमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् । इजरायली महिला फुटबलको शीर्ष डिभिजनको पहिलो खेलमा हापोएल राननाले रमाट हशारोनलाई ४–० को फराकिलो अन्तरले हराएको छ । यो खेलका चार वटै गोल सावित्रा एक्लैले गरिन् । उनी प्लेअर अफ म्याच पनि बनिन् ।

Read More

एजेन्सी: भारतले सूर्यको अध्ययन गर्न आज अन्तरिक्ष यान पठाएको छ । बिहान ११ बजेर ५० मिनेटमा श्रीहरिकोटमा रहेको अन्तरिक्ष यान प्रक्षेपणस्थलबाट आदित्य एल–१ यान अन्तरिक्षमा पठाइएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक यान अवतरण गराउने पहिलो देश बन्न सफल भएको एक हप्तापछि नै भारतले आज सूर्यको अनुसन्धान गर्न अन्तरिक्ष यान पठाएको हो । अन्तरिक्षमा पठाएको यान सूर्यमा पुग्ने नभइ पृथ्वीबाट १५ लाख किलोमिटर टाढा पुग्नेछ र यसको लागि १ सय २५ दिन लाग्नेछ । दूरी पृथ्वी र चन्द्रमा बीचको दूरीभन्दा झन्डै चार गुणाले बढी हो । तर पृथ्वीबाट सूर्यसँगको दूरीको चाहिँ एक प्रतिशत मात्रै…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशमा लागुऔषध दुरुपयोगको समस्या दिनप्रतिदिन तीव्र रुपमा बढ्दै गएपछि प्रदेश प्रहरी कार्यालले स्कुल/कलेज केन्द्रित महाअभियान थालेको छ । प्रहरीले धनगढीका स्कुल तथा कलेजहरुमै पुगेर लागुऔषधका नकारात्मक असर र समाजमा फैलिएको विकृतिबारे छात्र–छात्राहरुलाई ज्ञान प्रदान गरी सचेत गराइरहेको छ । लागुऔषधबाट सबैभन्दा बढी युवा र त्यसपछि किशोर/किशोरीहरु प्रभावित बन्न पुगेपछि यसको नियन्त्रणका लागि प्रदेश प्रहरीले विद्यालय र कलेज केन्द्रित “लागुऔषधविरुद्वको महाअभियान, २०८०” नै सुरु गरेको हो । अभियान अन्तर्गत आज धनगढी उपमहानगरपालिका–३ त्रिभुवनचोकस्थित त्रिभुवन माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ९१ जना छात्र/छात्रालाई लागुऔषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक प्रशिक्षण दिइएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक…

Read More

एजेन्सी: सिङ्गापुरको राष्ट्रपतिमा पूर्व वरिष्ठ मन्त्री थर्मन शान्मुगररत्नम विजयी भएका छन् । कुल मतको ७० दशमलव ४ प्रतिशत मत ल्याएर थर्मन सिङ्गापुरको नवौँ राष्ट्रपतिमा निर्वाचित भएका बीबीसीले जनाएको छ । उनका प्रतिस्पर्धी एनजी कोक सङले १५ दशमलव ७२ र र तान किन लियानले १३ दशमलव ८८ प्रतिशत मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रपति चुनावमा २० लाख ४८ हजार सिङ्गापुरवासीले मतदान गरेका थिए । नवनिर्वाचित थर्मनलाई सहरी क्षेत्रको विज्ञ र बौद्धिक नेताका रुपमा सिङ्गापुरवासीले सम्मान गर्ने गरेका छन् । उनले यसअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्री, अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको प्रमुख जस्ता पद प्राप्त गरिसकेका छन् ।

Read More

दाङ: तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आज बिहान आगलागी भएको छ । बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए । तेल मिलमा आगलागी भएको र आफूले झण्डै एक घण्टापछि मात्र थाहा पाएको बस्नेतले बताए । आगलागी भएको खबर पाएलगत्तै ठूलो सङ्ख्यामा स्थानीय, पानी ट्याङ्कर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा आज विहान आगो नियन्त्रमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । आगलागीबाट रु दुई करोडभन्दा बढी क्षति भएको अनुमान रहे पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । आगलागीको कारण अझै खुलेको छैन । उक्त तेल मिल तुलसीपुर…

Read More

धनगढीः कैलालीको अत्तरियामा क्रिकेट प्रतियोगिता हुने भएको छ । अत्तरिया क्रिकेट क्लवको आयोजनामा लोटस आई क्रिकेट कप प्रतियोगिता हुने भएको हो । क्लवका अध्यक्ष दिपेन्द्र गौतमले इन्टर स्कुल टि–ट्वान्टी क्रिकेट प्रतियोगिता असोज १७ गतेदेखि २६ गतेसम्म आयोजना हुने बताए । प्रतियोगितामा सुदूरपश्चिमका आठ विद्यालयको सहभागिता रहनेछ भने कक्षा १० सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख, ट्रफी र मेडल र दोस्रो हुने टिमले ५१ हजार नगद ट्रफी र मेडल पाउनेछ । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र बलरलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ । प्रतियोगिताको कुल खर्च १२ लाख रहने क्लवका अध्यक्ष गौतमले…

Read More

धनगढीः धनगढीमा अटोबाट झर्दै गरेका चालकको लडेर मृत्यु  भएको छ । धनगढी उपमहानगरपालिका–१ शान्तिनगरका ५० वर्षीय गंगाबहादुर केसीको अटोबाट लडेर मृत्यु भएको हो । प्रहरीका अनुसार उनी शुक्रवार धनगढी–५ नेपाल राष्ट्र बैँक नजिक आफैले चलाएको से१ह २८९९ नम्बरको अटो रोकी झर्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More

सल्यान: सल्यानमा केटी–केटीबीच विवाह भएको छ । बागचौर नगरपालिका-१ ठिनबाङज्यूलाकी अमिसा बस्नेत र बागचौर ८ कोटमौलाकी योजना केसीबीच विवाह भएको हो । उनीहरुले आफूहरु तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताएका छन् । उनीहरुले मन्दिरमा गएर विवाह गरेका हुन् । विवाहपश्चात योजना अमिसाको घरमा गएर बसेकी छिन् । उनीहरुका अनुसार अमिसाको परिवारले विवाह स्वीकार गरिसकेको छ भने योजनाको परिवारले स्वीकारेको छैन ।

Read More

बैतडी: नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ। बैतडीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीसहित १२० डिएसपीहरुको सरुवा गरिएको हो। बैतडीका प्रहरी प्रमुख डिएसपी प्रेमबहादुर शाहीको लागुऔषध नियन्त्रण ब्यूरो, मानव श्रोत व्यवस्थापन शाखा काठमाण्डौंमा सरुवा भएको छ। शाहीको ठाउँमा बैतडी प्रहरी प्रमुखको रुपमा डिएसपी दिपक गिरी आउने भएका छन्। जिल्ला प्रहरी कार्यालय मुगुमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत गिरीलाई बैतडी प्रहरी प्रमुखको रुपमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुुरमा ७० वर्षीया वृद्धा माथि बलात्कार गर्न खोज्ने युवक पक्राउ परेका छन्। जबरजस्ती करणी उद्योग गरेको अभियोगमा दोधाराचाँदनी नगरपालिका–७ बस्ने ३२ वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सुनारले वृद्धालाई भदौ १४ गते राति घरमा सुतेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधाराको टोलीले पक्राउ गरेको हो। उक्त विषयम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More