धनगढी: कञ्चनपुरमा भएको दम्पती हत्या प्रकरणमा पक्राउ परेका अन्दाजी ५० वर्षीय गङ्गाराम रानामाथि प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ। हिजो (बुधबार) चौधरीलाई पक्राउ गरिएकोमा आज उनीमाथि म्याद थप गर्ने तयारी गरिएको हो। हत्या आरोपितले अभियोग स्वीकार गरेपछि थप अनुसन्धान थालिएको र आज अदालतबाट म्याद थप गरिन लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले महेन्द्रनगरपोष्टलाई बताए। उनका अनुसार १२ बजे राति घटना मदिराका कारण घटेको देखिएको छ। जसबारे थप अनुसन्धान गरिदै छ। सो घटना झण्डै डेढ महिना समय लगाएर प्रहरीले अनुसन्धान गरेपछि केस सुल्झिएको हो। गत महिनाको ८ गते राति घटना घटेकोमा तत्कालै प्रहरीले अनुसन्धान थालेको थियो। उच्च प्रहरी…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : दार्चुलाको साङ्ग्रिला बैँकमा चोरी भएको छ। जिल्लाको महाकाली नगरपालिका–४ खलङ्गामा रहेको साङ्ग्रिला डेभल्पमेन्ट बैँकको शाखामा बुधवार चोरी भएको हो। बैँकबाट ८४ हजार पाँच सय रुपैयाँ, सिसी टिभी क्यामेरा, खुकुरी लगायतका सामान चोरी भएका हुन्। प्रहरीले बैँकमा चोरी गरेको आरोपमा तल्लासैनका २३ वर्षीय तुसार लुहारलाई पक्राउ गरेको छ। प्रहरीले उनीबाट नगद, खुकुरी, काटुन, चोरी गर्दा प्रयोग गरेका कपडा लगायतका सामानसमेत बरामद गरेको छ।
धनगढी: कञ्चनपुरमा भएको दम्पती हत्या प्रकरण सुल्झिएको प्रहरीले जनाएको छ। झण्डै डेढ महिना समय लगाएर प्रहरीले अनुसन्धान गरेपछि केस सुल्झिएको हो। गत महिनाको ८ गते राति घटना घटेकोमा तत्कालै प्रहरीले अनुसन्धान थालेको थियो। उच्च प्रहरी स्रोतका अनुसार प्रहरीले महिना दिन पछिको अनुसन्धानबाट लालझाडी गाउँपालिका वडा नम्बर २ का गङ्गाराम रानालाई हत्या आरोपमा पक्राउ गरेको छ। हिजो (बुधबार) हत्या आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको र सार्वजनिक गर्ने तयारी गरेको हो। स्रोतका अनुसार उनले हत्या गरेको स्वीकार गरेका छन् भने घटनामा प्रयोग गरिएको हतियारको खोजीमा प्रहरी लागेको छ। घटना मदिराका कारण घटेको र विस्तृत विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। यस अगाडि…
धनगढी: काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त यहाँकी एक युवतीले प्रस्तुत गरेकी छन्। २२ वर्षीया पूजा बोहराले ठेलामा व्यापार गरेर मासिक रु ४० हजार आर्जन हुने गरेको बताइन्। अमरगढी नगरपालिका–२ नयाँ बस्तीकी पूजाले ठेलामा मोमो, चाउमिन, पकौडा, पानीपुरी चटपटे र छोइला बेचेर मासिक रु ४० हजार आर्जन गर्दै आएकी हुन्। मध्यम वर्गीय परिवारमा जन्मिएकी पूजाले धेरै हण्डर र ठक्कर खाएर यो अवस्थामा पुगेको बताए। सत्र वर्षको उमेरमा बिहे गर्नुभएकी उनले चार वर्ष धेरै सङ्घर्ष गरे। छ महिना यता ठेलामा व्यापार थालेकी उनी दैनिक १२ घण्टा काम गर्छिन। उनको मासिक आम्दानी घरखर्चमा मात्र सकिँदैन उनले बचत पनि…
धनगढी: कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–१० चुहास्थित भित्रि सडकमा मप ०३–००१ क २९४१ नम्बरको सनराइज स्कुलको बसले से ३ प ४७९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक जोशिपुर गाउँपालिका–७ बस्ने ३० वर्षीय एकतन चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र बोहराले जानकारी दिए। मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–६ पिपरकोटी बस्ने २४ वर्षीय विक्रम चौधरीको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको डीएसपी बोहराले बताए। बस र बस चालक घोडाघोडी नगरपालिका–२ बस्ने ४० वर्षीय भागिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनगढी: कैलालीमा १३ ग्राम लागुऔषध खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरिएको छ। बुधबार टिकापुर नगरपालिका–९ खक्रौलामा ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाको संयुक्त टोलीले १३ ग्राम १६० मिलीग्राम खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ सत्तिनगर बस्ने २२ वर्षीय मुकेश कामर डगौरा र २३ वर्षीया सिर्जना कुमारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए। उनकाअनुसार शंकाका आधारमा चेकजाँच गर्दा सिर्जना चौधरीको साथबाट १३ ग्राम १६० मिलिग्राम लागु औषध खैरो हेरोईन बरामद गरिएको हो। उनीहरु दुवैलाई ईलाका प्रहरी कार्यालय टिकापुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
धनगढीः धनगढीस्थित पूर्वप्रधानमन्त्री, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजू राणाको घर अगाडी बम राख्न लगाउने र राख्ने दुबै जना पक्राउ परेका छन्। बम राख्न लगाउने अमृत सापकोटा (गौरव) र राख्ने दानबहादुर धामी छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका हुन्। २०८१ भदौ ९ गते राणाको घर अगाडि बम फेला परेको थियो। हाल पूर्वमन्त्री प्रकाश देउवा बस्ने सो घरमा शेरबहादुर देउवा र आरजू धनगढी आउँदा त्यहीँ बस्छन्। सोही घरमा विस्फोटक पदार्थ राख्ने कामको नेतृत्व अमृतले गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ। अमृतले माओवादीबाट छुट्टिएर अलग समूह बनाउँदै भूमिगत रूपमा काम गर्दै आएका थिए। उनको साथबाट केही राजनीतिक दस्ताबेज र भूमिगत रूपमा सशस्त्र सङ्घर्ष गर्ने…
धनगढी: कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१ स्थित धनगढी रोडमा ३५ वर्षीय तेज रैकाल मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहराका अनुसार मृतकको घर गोदावरी नगरपालिका–४ बसन्तपुर हो। ‘बनदेवी जंगलको छेउमा रैकाल मृत फेला परेका छन्,’ उनले भने, ‘घटनाको अनुसन्धान थालिएको छ।’ भारतमा मजदुरी गर्दै आएका मृतक रैकाल केही समयअघि मात्रै घर आएका थिए।
काठमाडौं: अमेरिकामा भएको बहुचर्चित ममता काफ्ले प्रकरणमा त्यहाँको प्रहरीले उनका पतिमाथि हत्याको अभियोग लगाएको छ। यस अगाडि ममता बेपत्ता भएको भन्दै खोजतलास तथा अनुसन्धान गरिरहेकोमा प्रहरीले उनको हत्या भएको भन्दै १२५ औं दिनपछि उनका पति नरेश भट्टमाथि प्रहरीले हत्याको अभियोग लगाएको हो। यसअघि शव लुकाएको आरोपमा अगस्त २२ मा पक्राउ परेका नरेशमाथि हत्याको अभियोग लाग्ने वा नलाग्ने अन्यौल थियो। तर अब प्रहरीले हत्याको अभियोग लगाएपछि भने उनी हिरासतमुक्त हुने संभावना समाप्त भएको छ। २९ जुलाई (साउन १६ गते) अमेरिकाको भर्जिनियाको मनसासस्थित घरबाट बेपत्ता भएकी काफ्लेको हत्या भएको पुष्टि गर्दै उनका पति नरेशलाई गत सोमबार ग्रान्ड जुरीले हत्याको अभियोग लगाएको जनाएको…
काठमाडौं: चीन र नेपालवीच लामो समयदेखि रोकिएर रहेकोे बेल्ट एण्ड रोड सहायता परियोजनाको कार्यान्वयन सम्झौतामा दुई देशका परराष्ट्र सचिवहरुले हस्ताक्षर गरेका छन्। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसिएटभ (बिआरआई)बाट नेपालले लाभ लिने बताएका थिए। बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको उल्लेख गरेलगत्तै सम्झौताका कतिपय अस्पष्ट बुँदामा सहमति जुटेर सम्झौतामा हस्ताक्षर हुन सकेको हो। राष्ट्रपति सि चिनफिङको दूरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास प्रधानमन्त्री ओलीले लिए। उनले आगामी वर्ष सन् २०२५ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा…