Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: डडेल्धुरामा ८३ वर्षीया वृद्धा मृत फेला परेकी छन् । जिल्लाको आलिताल गाउँपालिका८ मौरीकी जस्मादेवी कुँवर घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । प्रहरीका अनुसार उनमा मानसिक समस्या पनि थियो । शवलाई पोष्टमार्टमका लागि जोगबुडा अस्पताल लगिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा मेडिकलभित्रै जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित ७ जना पक्राउ परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका–३ स्थित बि.एन.पोलिक्लिनिक प्रा.लि.को माथिल्लो तलाबाट मंगलबार राति सञ्चालक डा.सागर केसीसहित सात जना पक्राउ परेका हुन् । जुवा खालबाट एक गड्डी तास सहित ८५ हजार ८ सय ३५ रुपैयाँ बरामद गरिएको प्रहरी ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक हेमराज भट्टले बताए । उनले सातै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताए ।

Read More

कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीलाई पितृशोक परेको छ । चौधरीका ७२ वर्षीय बुवा जनकलाल चौधरीको विद्युतीय करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार साँझ नुहाउने क्रममा पानीको मोटरबाट करेन्ट लागेका उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा गएराति नै मृत्यु भएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

Read More

पाल्पाः पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्। गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको हो। पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ८ जनालाई उद्धार गरिएको रिब्दीकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिए। घाइतेलाई पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ।

Read More

धनगढी: प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नआउने भएपछि समाजवादी मोर्चा नेपालकाे  सन्देश सभा स्थगित भएकाे छ। धनगढीमा बुधबार दिउँसो १ बजेका लागि तय भएकाे सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभा अन्तिम समयमा आएर स्थगित भएकाे हाे। माओवादी केन्द्र सुदूरपश्चिमका सचिव जनक बुढाले प्रधानमन्त्रीसहित माेर्चाका शिर्ष नेताकाे कार्य व्यस्तता कारण सभा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए । प्रदेशस्तरीय सन्देश सभा हुने भएपछि पहाडी जिल्लाका नेता कार्यकर्ताहरू मंगलबार नै धनगढी आइपुगेका थिए । सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज…

Read More

धनगढी: समाजवादी मोर्चा नेपालले आज धनगढीमा सन्देश सभा गर्दै छ। सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सन्देश सभालाई मुख्य गरी मोर्चामा रहेका चार दलका नेताहरूले सम्बोधन गर्ने भएका हुन्। सन्देश सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए। मोर्चाले सातै प्रदेशमा सन्देश सभा गरिरहेका छन्।

Read More

धनगढी: कैलाली प्रहरीले लागुऔषध खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ। टिकापुर नगरपालिका–६ नारायणपुरबाट १६० मिलिग्राम खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सोही ठाँउ बस्ने २२ वर्षीय सुरज चौधरी र १८ वर्षीय गोपी बिश्वकर्मा रहेका छन्। गोपी र सुरजलाई ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। दुवै जनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

Read More

धनगढी: प्रहरीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट गएको टोलीले बेलौरी नगरपालिका–१० का दिलबहादुर चौधरीलाई उनकै घरबाट पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरबाट सवारी ज्यान मुद्दामा १ महिना १६ दिन कैद सजाय भई फरार रहेका चौधरीलाई मंगलबार नै अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। मंगलबार दिउँसो बेलडाँडी गाउँपालिका–१ को हुलाकी राजमार्गमा सुपप्र ०२००३ प ७२११ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा चालक सोही ठाउँ बस्ने ३६ वर्षीय सुनिल सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार सार्कीले चलाएको मोटरसाइकल सडकमा रहेको खाल्डोमा परेर अनियन्त्रित भएर दुर्घटनामा परेको हो। गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

Read More

बाजुरा: बडीमालिकाबाट उद्धार गरिएका युवकको सुर्खेतमा मृत्यु भएको छ । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शन गर्नगएका कालिकोट जिल्लाका पलाताँ गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपानेको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मंगलबार ३ः२५ बजे मृत्यु भएको उपचारमा संलग्न अस्पतालका मेडिसिएन डा.के. एन पौडेलले जानकारी दिए। धनप्रसाद न्यौपाने सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका थिए । सँगै उद्धार गरिएकी बझाङ जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामी जिल्ला अस्पताल बाजुरामा सामान्य उपचारपछि घर फर्किसकेकी छन् ।

Read More