Author: महेन्द्रनगर पोष्ट

बाजुरा: बडीमालिकाबाट उद्धार गरिएका युवकको सुर्खेतमा मृत्यु भएको छ । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शन गर्नगएका कालिकोट जिल्लाका पलाताँ गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपानेको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मंगलबार ३ः२५ बजे मृत्यु भएको उपचारमा संलग्न अस्पतालका मेडिसिएन डा.के. एन पौडेलले जानकारी दिए। धनप्रसाद न्यौपाने सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका थिए । सँगै उद्धार गरिएकी बझाङ जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामी जिल्ला अस्पताल बाजुरामा सामान्य उपचारपछि घर फर्किसकेकी छन् ।

Read More

डोटी : डोटीमा डिउटीमा रहेको अवस्थामा एक प्रहरी हवल्दारको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दिपायलमा कार्यरत दिपायल सिलगढी नगरपालिका- १ तिखाका प्रहरी हवलदार नवराज खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए। दिपायल विमानस्थलमा डिउटीमा रहेका खड्का बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि शैलेश्वरी अस्पताल दिपायलमा लगिएकोमा मृत्युु भएको हो। विगत लामो समय देखि डिप्रेसनको औषधी सेवन गर्दै आएका खड्काको मृत्युको कारण भने खुल्न नसकेको प्रहरी उपरीक्षक धमलाले बताए।

Read More

काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच मङ्गलवार भेटवार्ता भएको छ । भेटका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमण र द्विपक्षीय सहमतिका विषयमा उनीहरूबीच छलफल भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआई परियोजना कार्यान्वयन गर्ने विषयलाई प्राथमिकतामा राखेको छलफल हुने हुँदा सोही विषयमा छलफल गर्न राजदूत सोङले परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गरेका हुन् । अमेरिकी परियोजना एमसीसी कार्यान्वयनका लागि उपाध्यक्ष रहेका क्यामरुन अलफोर्ड काठमाडौँ आइपुगेका बेला चिनियाँ राजदूत सोङ र परराष्ट्रमन्त्री साउदबीच भेट भएको हो । प्रधानमन्त्री ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको महासभामा भाग ३० भदौमा अमेरिका जाने र उक्त कार्यक्रममा सहभागी भएर ५–७ असोजसम्म…

Read More

कञ्चनपुर : कञ्चनपुरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू अनिश्चितकालीन बन्द गरेर आन्दोलित भएका शिक्षकहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । मंगलबार अपराह्न आन्दोलनरत पक्ष र प्रशासनबिच ५ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति कञ्चनपुरले जनाएको छ । बुधबारदेखि सबै विद्यालयहरूमा नियमित पठनपाठन सञ्चालन हुने बताइएको छ । भीमदत्त नगरपालिका १० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल वीरेन्द्र जोशीमाथि एक साता अघि कुटपिट भएको घटनालाई लिएर शिक्षक संघसंगठनहरूले आइतबार भीमदत्तका सबै शिक्षण संस्था बन्द र सोमबारदेखि जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयमा अनिश्चितकालीन पठनपाठन बन्द गरेका थिए । विद्यालयका कर्मचारीरशिक्षक वीरेन्द्र जोशीलाई कुटपिट गरेको भनी…

Read More

काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहका सैनिक सचिव ऋषिकुमार पाण्डेको निधन भएको छ । उपचारको क्रममा उनको वीरेन्द्र सैनिक अस्पतालमा आज निधन भएको बताइएको छ । उनी २०४६ सालताका राजदरबारमा सैनिक सचिवको रुपमा कार्यरत थिए । उनै पाण्डेले राजदरबार हत्याकाण्डपछि राजदरबार (रहस्य, षड्यन्त्र र चक्रव्यूह) पुस्तक प्रकाशित गरेका थिए ।

Read More

काठमाडौँ : सरकारले सहसचिव दिनेश कुमार घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि सहसचिवत्रय दिनेश कुमार घिमिरे, राधिका अर्याल र चूडामणि पौडेलको नाम सिफारिस गरेको थियो । घिमिरे हाल उनी चीनको छेङ्दुस्थित महावाणिज्यदूतावासमा महावाणिज्य दूतका रूपमा कार्यरत छन् ।

Read More

सिन्धुली : जिल्लामा प्रहरीले २० केजी चाँदीसहित दुई जनालाई मङ्गलबार पक्राउ गरेको छ । बीपी राजमार्ग हुँदै विराटनगरबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च १०६९ नम्बरको नीजि कार चेक गर्ने क्रममा अवैद्य चाँदी भेटिएपछि खनियाखर्क प्रहरी चौकीले नियन्त्रणमा दिएको थियो । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीकाअनुसार विराटनगर महानगरपालिका–५ बस्ने २५ वर्षीय रोहितकुमार यादवले चलाई ल्याएको नीजि कारबाट चाँदी बरामद गरिएको हो । अवैद्य चाँदी कारोबार कार्यमा संलग्न भएको अभियोगमा कारचालक यादव र सोही गाडीमा सबार सप्तरीको राजविराज नगरपालिका–८ घर भई हाल विराटनगर महानगरपालिका–४ मा बस्दै आएका ३७ वर्षीय शेचन मानन्धरसहित कारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । कार चालक…

Read More

धनगढी: कैलालीको त्रिनगर नाकाबाट बरामद गरिएको सुर्ती र ग्रिनटीको प्याकेट भन्सार कार्यालयलाई नबुझाइएको पाइएको छ। गत साता बुधबार बेलुका साढे ३ बजेको समयमा त्रिनगर नाकाको पहिलो ब्यारेलबाट बरामद भएका सामान भन्सार कार्यालयमा पाइएका छैनन्। भारतकोे बनगाँउबाट नेपाल ल्याउँदै गरेको अवस्थामा डोकेबजार बस्ने सुवोध रानाबाट ३ प्याकेट ग्रिनटी र ४ प्याकेट सुर्तिजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको थियो। रानाका अनुसार उनले आफ्नै लागि ३ प्याकेट ग्रिनटी ल्याएका थिए। र घरमा बुवाको लागि सुर्ती पनि ल्याएको उनले बताए। सशस्त्र प्रहरी जवान सम्झना तामाङले आफ्नो सामान बरामद गरेको बताइएको छ। यता कैलाली भन्सार कार्यालयमा बुधबारदेखि हालसम्म बिओपी त्रिनगरबाट ग्रिनटी र सुर्तीजन्य पदार्थ नआएको…

Read More

काठमाडौं: नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले टिकटक बन्द गराउन माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएको छन् । उनले टिकटक नेपालमा बिनाअनुमति चलिरहेको जिकिर गर्दै यसबाट छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लीलता र अपराध वृद्धि भएको बताएका छन्। उनले तत्कालको लागि टिकटक बन्द गर्न सञ्चारमन्त्री रेखा शर्मालाई आग्रह गरेका हुन्। उनले टिकटक चलाउनै परे पहिला नेपालमा संचालन अनुमति लिन लगाउनुपर्ने बताएका छन्। टिकटक संचालन मापदण्ड, आचारसंहिता लागु गराउने र फेक आइडीहरुलाई चल्न नदिने वातावरण बनाई टिकटलाई कानुनी दायरामा ल्याउन पनि माग गरेका छन्। टिकटकमा गेमको नाममा लाखौं करोडौंको कारोबार हुने गरेको बताउँदै गिफ्ट प्राप्त गर्नेहरुले कुनै राजस्व नतिरेको पनि…

Read More

काठमाडौँ : ६० किलो सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक जना उच्च अधिकृतलाई हङकङ पठाउने भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाउन लागिएको सीआईबीका एक जना अधिकृतले बताए । हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो । प्रहरी वरिष्ठ उपरीक्षक आचार्य इन्टरपोल हङकङसँगको समन्वयमा हङकङ जान लागेका हुन् । तस्करीबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ ।

Read More