Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले पहिरो पीडितलाई सहयोग गरेका छन्। आज (बुधबार) अनेरास्ववियुको कैलाली जिल्ला कमिटी र राष्ट्रिय युवा संघ नेपालको धनगढी नगर कमिटीले संयुक्त रुपमा सहयोग गरेका हुन्। अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटीले गोदावरी नगरपालिकास्थित वडा नम्बर ४ बुढीतोलाका ६ परिवारलाई खाद्यान्न सहयोग गरेको जानकारी दिए। उनका अनुसार खाद्यान्न अभाव भएको जानकारी पाएपछि अनेरास्ववियुले सहयोग प्रदान गरेको हो। धनगढीबाट अनेरास्ववियुका केन्द्रिय सदस्य तथा कंचनपुर इन्चार्ज किशोर शाह, अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटी, राष्ट्रिय युवा संघ नेपालका धनगढी नगर कमिटी अध्यक्ष अभिषेक लोक नाथ, नगर सह-सचिव आयुश ओली, ऐश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति…

Read More

धनगढी: नेपाल प्रहरीका डिआइजी भरत बोहराले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको ४ महिना पुगेको छ । डिआइजी बोहराले यस ४ महिनाको अवधीमा लागुऔषध कारोबार तथा सेवनमा संलग्न ३ सय ६५ जना विरुद्ध मुद्दा चलाएका छन् । लागुऔषध सम्बन्धी २ सय १६ मुद्दा दर्ता भएकोमा सो संख्यामा मुद्दा चलाएका हुन् ।यही अवधिमा २ करोड ३४ लाख ३२ हजार ९८ बराबरको राजश्व छली बरामद गरी चोरी तस्करी नियन्त्रण सँगै १ सय २५ जना फरार प्रतिवादी पक्राउ गरीएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डिआइजी बोहराले गुण्डागर्दी, चोरी तस्करी र लागुऔषध कारोबार नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेका छन् । जनताको जिउधन सुरक्षा र…

Read More

काठमाडौं : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै सरकारी निकायले मालिक हौं भन्ने नभइ जनताका सेवक हौं भन्ने भावले काम गर्नु पर्ने बताए।  रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७९-८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समिक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्वोधन गर्दै उपप्रधानमन्त्री खड्काले सरकारी निकायले अनावश्यक समय लिने, तथा फाइल अड्काएर राख्ने प्रवृति देखिएको भन्दै त्यसलाइ तत्काल अन्त्य गर्न निर्देशन दिए। उपप्रधानमन्त्री खड्काले भने, ‘समय तालिका बनाउनुस्, कुन कामलाइ कति समय लाग्ने हो, जनताले देख्ने गरि सार्वजनिक जानकारी दिनुस् । सरकारी निकायमा काम गर्ने कार्यलय सहयोगि देखि मन्त्रीसम्म सबैले कुन काममा कति समय लाग्ने हो त्यो भन्नु…

Read More

काठमाडौँ : वैदेशिक रोजगार बोर्डले रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ। यसअघि बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएको अवस्थामा मृतकका परिवारलाई ७ लाख दिँदै आएको थियो। यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गर्दै आएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई हजार पाँच सय रुपैयाँ अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ।

Read More

काठमाडौं : बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका २० जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बताएको हो। ब्युरोले ललिता निवासको जग्गा अनियमितता आशंकमा हालसम्म २० जनालाई पक्राउ गरेर संगठित किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिई घरमा बसेर उपचार गर्न आग्रह गरे। उनले घरमा आँखाको स्याहार गरे सङ्क्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने बताए। हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखिएकाले देशभरिका आँखा अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको मन्त्रालयले जनाएको छ । सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने, विद्यालय, बजार र सङ्क्रमित व्यक्ति भिडभाडमा हुने ठाउँ/सार्वजनिक स्थानमा नजाने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना प्रयोग गर्न नहुने उनले बताए ।

Read More

काठमाडौँ : सरकारले अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका लागि आवश्यक पर्ने राजपत्राङ्कित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको हो ।

Read More

एजेन्सी: इटालीको लाम्पेडुसा टापुमा डुङ्गा पल्टिँदा कम्तीमा ४१ जना आप्रवासीको ज्यान गएको छ । दुर्घटनामा बाँचेका चार जनाले आफूहरू ट्युनिसियाबाट इटाली जानका लागि डुङ्गा चढेको बताएका बीबीसीले जनाएको छ । उद्धार गरेर बाँच्न सफल चार जना आप्रवासी आइभोरी कोस्ट र गिनीका बासिन्दा हुन् । एक कार्गो जहाजले उनीहरूलाई उद्धार गरी इटालीको तट रक्षकलाई बुझाएको थियो । ट्युनिसियाको स्फ्याक्स बन्दरगाहबाट ४५ जना डुङ्गामा चढेकोमा केही घण्टापछि डुबेको खबरमा उल्लेख छ । अवैध आप्रवासीका लागि प्रमुख ‘ट्रान्जिट’ मानिने ट्युनिसियाको स्फ्याक्स बन्दरगाह सहर इटालीको लाम्पेडुसा टापुबाट एक सय ३० किलोमिटर टाढा रहेको छ । यो वर्ष अहिलेसम्म उत्तर अफ्रिकाबाट युरोप जाने क्रममा एक…

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-८ का २६ वर्षीय रोहित राना र सोही ठाउँका १८ वर्षीय किशोर रहेका छन् । उनीहरुलाई धनगढी-२ त्रिनगरबाट ६५० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read More

पर्सा: १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका–४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको हो । कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले सोही ठाउँका २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारीलाई पक्राउ गरेको छ । वकिल महमद र अली महमद अन्सारीबीच शनिबार राति झै–झगडा तथा कुटपिट हुँदा अबतुल्लाह मिया अन्सारीले चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका जमुदिनको एलएस न्युरो अस्पताल बारामा बुधबार बिहान मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साले थप अनुसन्धान गरिरहेको छ ।

Read More