बैतडी: बैतडीमा एक वडा सदस्य पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार जिल्लाको पाटन नगरपालिकामा एक वडा सदस्य पद रिक्त भएको हो।
नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित रमेशराम कोली अन्य दलमा प्रवेश गरेको र उनलाई पार्टीले कारबाही गरेकाले उनको पद रिक्त भएको आयोगले सोमबार सूचना सार्वजनिक गरी जानकारी दिएको छ।
कांग्रेसले अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराएको थियो। सोही कागजातको आधारमा आयोगको यही पुस २३ गते बसेको बैठकले उनी निर्वाचित भएको दलित वा अल्पसंख्यक कोटाको सदस्य पद स्वतः रिक्त भएको निर्णय गरेको थियो।
Facebook Comments Box