Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १८ अर्बभन्दा बढी बिगो कायम गरेको छ । संगठित रुपमा जग्गा घोटाला गर्नेहरुविरुद्ध १८ अर्बबढी बिगो कायम गरेर वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको सीआईबीका एकजना अधिकृतले बताए । मंगलबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ७७१ पेज लामो अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीले जग्गा घोटालामा संलग्न भएका तर, हाल मृत्यु भइसकेकाहरुको सम्पतीबाट पनि बिगो भराउनु मागदावी लिनुपर्ने राय सरकारी वकिललाई दिएको छ । जग्गा घोटालामा संलग्न २१ जनाको मृत्यु भएको छ । ललिता निवासमा आफूले खरिद गरेको जग्गा ‘फिर्ता गर्छु’ भनेर ४८ जनाले निवेदन…

Read More

काठमाडौं : जापानको परराष्ट्र मन्त्रालयले सन २०२३ को ‘Foreign Minister’s Commendation’ पुरस्कार (Award)नेपाल जाइका अलमनाई एसोसियसन (जान)लाई दिने निर्णय गरेको छ। नेपालस्थित जापानी राजदूतावासबाट जारी प्रेस विज्ञप्ति अनुसार नेपाल र जापानको मैत्रीपूर्ण सम्बन्धलाई मजवूत बनाउन र जापानका प्रविधिहरु नेपालमा भित्र्याउन लामो समयदेखि निरन्तर रुपमा उल्लेखनीय योगदानगर्दै आएकोले जानलाई यो पुरस्कार दिने निर्णय भएको हो । विज्ञप्तिमा जानमा नेपाल सरकारका मुख्य सचिव, सचिवहरु, सहसचिवहरु लगायतविभिन्न सरकारी एवं गैर सरकारी क्षेत्रमा महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गरीरहेका सदस्यहरुको वाहुल्यता रहेकोले नेपालको विकासमा जानका सदस्यहरुको उल्लेखनीय योगदान रहेको उल्लेख गरिएको छ । जानका सदस्यहरुको वलियो सञ्जाल (Strong Network) रहेकोले जापानमा अध्ययन तथा तालिममा सिकेका…

Read More

काठमाडौँः जापानमा हुने स्मार्ट शहरहरूसम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा नेपालका तीन नगर प्रमुख सहभगाी हुने भएका छन्। कार्यक्रमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र परशुराम नगरपालिका प्रमुख भरत जोशीलाई सहभागिताका लागि आमन्त्रण गरिएको हो। उनीहरु सहभागी कार्यशालमा थिम्पु, नोम फेह, सिएम रीप, बट्टाम्बाङ, चण्डीगढ, नुसानतारा, मकासर, लुआङ प्राबाङ, कोटा किनाबालु, कुचिङ सिटी साउथ, पेनाङ, काठमाडौं, धनगढी, परशुराम, सेबु, दाभाओलगायत १८ सहरका प्रमुखलाई पनि सहभागी हुने छन्। संयुक्त राष्ट्र क्षेत्रीय अनुसन्धान केन्द्रद्वारा आयोजित उक्त जापानको नागोयामा २९ अगस्ट र १ सेप्टेम्बरमा हुने छ। प्रशिक्षण कार्यशालामा समावेशी, लचिलो, दिगो शहर र समुदाय निर्माणका लागि स्मार्ट शहरहरूसम्बन्धी छलफल हुनेछ।

Read More

काठमाडौँ : नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा अधिवक्ता खम्मबहादुर खाती मनोनीत भएका छन् । त्यस्तै, केन्द्रीय अनुशासन समितिमा चार सदस्यहरू मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टी विधानको धारा ३४ (७) बमोजिम समितिको सदस्यमा ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई अनुशासन समितिको सदस्यमा मनोनीत गरेका हुन् । अनुशासन समितिको संयोजकमा यसअघि नै केन्द्रीय सदस्य आनन्द ढुङ्गाना मनोनीत भइसकेका थिए । अनुशासन समितिमा मनोनीत चारै जना नेताहरू पार्टीको केन्द्रीय कार्यसमितिका सदस्य हुन् । निर्वाचन समितिको संयोजकमा मनोनीत भएका खाती पूर्वमहान्यायधिवक्ता हुन् ।

Read More

काठमाडौँ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भोलिदेखि नै उच्च र जिल्ला न्यायाधीश नियुक्तिको प्रक्रिया थाल्ने बताएका छन् । मंगलबार राष्ट्रपतिबाट शपथ ग्रहण गरेलगत्तै पदबहाली गरेका श्रेष्ठले यस्तो बताएका हुन् । उनले अब आफ्नो ध्यान छिटोछरितो न्याय प्रवाह गर्नतर्फ जाने पनि बताए । तर त्यसका लागि उनले न्यायपालिका बाहेकका अन्य निकाय र सरोकारवालाहरुले पनि त्यतिकै सहयोग र समन्वय हुन जरुरी रहेको उनको भनाइ छ । उनले आफ्नो कार्यकालमा सबैको साथ र सहयोग रहनेमा विश्वास व्यक्त गर्दै न्यायपालिकामा न्यूनतम भन्दा न्यूनतम बजेट नपाउँदा कर्मचारीहरुलाई उत्प्रेरणा दिन र भरथेग गर्न नसकिएको बताए । श्रेष्ठले पारिवारिक अदालतका लागि आफ्नो विशेष पहल हुने बताए । कानुन…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बलले सशस्त्रका ५६ प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरिक्षक (एसपी) का लागि बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको डीएसपीका पदका लागि ५६ जनाको सिफारिस गरेको हो । सशस्त्रका अनुसार सिफारिस भएका ५६ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । यी डिएसपीहरू सोमबारकै मितिमा बढुवा भएका हुन् ।

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलले सशस्त्रका ८४ प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरिक्षक (डिएसपी) का लागि बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको डीएसपीका पदका लागि ८४ जनाको सिफारिस गरेको हो । सशस्त्रका अनुसार सिफारिस भएका ८४ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा हुँदै गइरहेको छ ।

Read More

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोधका कारण राष्ट्रिय सभा स्थगित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सुन तस्करी प्रकरण र यसको छानबिनका लागि उच्चस्तरीय समितिको विषयलाई लिएर एमालेले अवरोध गरेको हो । एमालेको अवरोधपछि भदौ १० गते आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बैठक स्थगित गरिएको हो । गत १० साउनयता एमाालेले सदन अवरुद्ध गर्दै आएको छ ।

Read More

महेन्द्रनगर : जनता समाजवादी पार्टी (जसपा) नेपालले सुदूरपश्चिम इन्चार्जमा गोविन्द चौधरीलाई तोकेको छ । सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चौधरीलाई इन्चार्ज तोकेको हो । चौधरी सो पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य हुन् । त्यस्तै, बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशिला श्रेष्ठलाई बागमती प्रदेश इन्चार्ज, राजकिशोर यादवलाई लुम्बिनी प्रदेश इन्चार्ज र प्रकाश अधिकारीलाई प्रदेश इन्चार्ज तोकेको छ ।

Read More

धनगढी: धनगढीमा पहिलोपटक एएमसी कप हुने भएको छ। ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले पहिलोपटक प्रदेशस्तरीय अन्तर क्याम्पस भलिबल प्रतियोगितासहित उक्त कप आयोजना गर्न लागेको हो। स्ववियुका अध्यक्ष कुबेर खड्काका अनुसार सुदूरपश्चिम प्रदेशका सबै जिल्लालाई समेटेर उक्त प्रतियोगिता हुने छ। उक्त प्रतियोगिताको विजेतालाई नगद ८१ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ। यस्तै दोस्रो र तेस्रो एवं अन्यलाई पनि पुरुस्कृत गरिने बताइएको छ। विद्यार्थीहरुको खेल क्षमतालाई प्रवर्द्धन र विकास गर्न सो कप आयोजना गरिन लागेको हो।

Read More