Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको जानकी गाँउपालिकाको खैरीफाँटास्थित अरुणोदय माध्यमिक बिद्यालयमा पुस्तकालय बिस्तार तथा आधुनिकिकरण परियोजनाका लागि रुपारेलिया फाउण्डेसनले पाँच हजार डलर(छ लाख ५० हजार रुपैया) सहयोग गर्ने भएको छ । युगान्डाका लागि नेपालका मानार्थ बाणिज्य दुत तथा अफ्रिकाका उद्योगपती डा। सुधीर रुपारेलिया अध्यक्ष रहेको फाउण्डेसनले पुस्तकालय स्थापनाका लागि पाँच हजार डलर सहयोग गर्ने प्रतिबद्धता गरेको हो । नाईजेरियामा रहेका गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष तथा डाँगोटे ग्रुपका ग्रुप जनरल म्यानेजर हिक्मत थापाको नेतृत्वमा अरुणोदय माविमा प्रबिधि मैत्री पुस्तकालय स्थापनाका लागि थालिएको अभियानमा रुपारेलिया फाउण्डेसनले सहयोग गरेको हो । कैलालीको कटाँसेका स्थायी बासिन्दा थापाले आफूले प्रारम्भिक शिक्षा आर्जन गरेको अरुणोदयमा नेपाल लाईब्रेरी…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशसभामा निमित्त वन निर्देशक कृष्णदत्त भट्टमाथि छानबिन गर्न प्रदेशसभाको सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको छ । निर्देशक भट्टमाथि छानबिन गर्न समितिका सदस्य मानबहादुर धामीको संयोजकत्वमा समिति गठन गरिएको हो । केही दिनअघि निमित्त वन निर्देशक भट्टले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीलाई गाली गरेको र आफूले मातहतका कार्यालयबाट पैसा लिएको बताएको भिडियो सार्वजनिक भएपछि छानबिनको गर्नुपर्ने आवाज उठेको थियो । सोमबार बसेको प्रदेशसभाको बैठकमा पूर्व वनमन्त्री समेत रहेका माओवादीका प्रदेशसभा सदस्य मानबहादुर धामी र एमाले संसदीय दलकी उपनेता सन्तोषकुमारी शर्मा थापाले निर्देशक भट्टमाथि छानबिन गरेर कारवाही गर्न सरकारसँग माग गरेका हुन् । ‘अहिले हामीले प्रदेश…

Read More

बाजुरा: जिल्लाको त्रिवेणी नगरपालिका–४ तोलीको ढोगदेना गाउँ पछाडि आज नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही नगरपालिका–४ तोलीका स्थानीयवासीले बेवारिसे अवस्थामा नवजात शिशु झाडीमा फालेको देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरी चौकी मौरेबाट खटिएको प्रहरी टोलीले झाडीमा जिउँदै नवजात शिशु बेवारिसे अवस्थामा फेला पारेको हो । नवजात शिशुको टाउकोमा चोट लागेकाले उपचारका लागि स्थानीय महिलाको जिम्मा लगाएर अछामको बयालपाटा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दानसिं भण्डारीले जानकारी दिए । झाडीमा नवजात शिशु जिउँदै रहेको प्रहरी निरीक्षक भण्डारीको भनाइ छ । नवजात शिशु बालक रहेको बताए । नवजात…

Read More

धनगढी : लामो समयपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावल एकै मञ्चमा देखिएका छन् । काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा अयोजित देउडा सांस्कृतिक उत्सवमा पार्टी अध्यक्ष ओली पूर्व उपाध्यक्ष रावल र केन्द्रीय सचिव लेखराज भट्ट समेत सोमबार एउटै मञ्चमा देखिएका हुन् । रावल एमालेमा लामो समय देखी भुमिका बिहिन थिए भने केही दिन अघि मात्रै उनको अध्यक्ष ओली सँग भेट भएको थियो । भट्ट नेकपाको बिभाजन पछि एमालेमा नै सकृय थिए । एमालेको महाधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए । भट्ट एमालेको कर्णाली प्रदेशका इन्चार्जको भूमिकामा पनि छन । कार्यक्रममा कला क्षेत्रमा योगदान पुर्याए बापत पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर…

Read More

धनगढी: जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको कमाण्ड प्रहरी निरीक्षक दिपक मल्लले सम्हालेका छन्। इन्स्पेक्टर मल्लले सोमबारदेखि कैलाली ट्राफिकको जिम्मेवारी सम्हालेका हुन्। कार्यालयमा काजमा कार्यरत प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको सरुवा भएपछि उनको स्थानमा इन्स्पेक्टर मल्ल आएका हुन्। मल्ल यसअघि जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत थिए। यस्तै कैलालीमा बस्दा विवादमा तानिएका जोहारीको पनि विदाइ गरिएको छ। जोहारीको ईलाका प्रहरी कार्यालय कमलबजार अछाम सरुवा भएको थियो। उनी केही समयअघि कैलालीका सीमानाका लगायतका क्षेत्रमा मातहतका प्रहरीले रकम असुली गर्ने गरेको विषय लगायतमा विवादित बनेका थिए।

Read More

धनगढी: हिन्दुहरुको महान पर्व दशैँलाई लक्षित गर्दै कैलालीको धनगढीमा दशैँ मेला २०८० हुने भएको छ। आइ लाइभको आयोजनामा असोज २७ देखि कार्तिक ४ गतेसम्म मेला सञ्चालन गरिने सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । साँगेतिक क्षेत्रको प्रवद्र्धन गर्नका लागि मेला आयोजना गरिन लागेको आइ लाइभका सदस्य धिरविक्रम सिंहले जानकारी दिए । पर्यटन तथा संस्कृतिक प्रवद्र्धन, स्थानिय व्यापार प्रवद्र्धन, छिटो छरितो किनमेल केन्द्र, मनोरञ्जन केन्द्र, विभिन्न पुस्ता, भेसभुसा र समुदायको मिलन तथा संस्कृति आदान प्रदान, आर्थिक क्षेत्रमा तरंग, स्थानिय व्यापार, फर्म, कृषि, उद्यमी, साना हस्तकला तथा महिला उद्यमीलाई स्टलमा छुट तथा मनोरञ्जन प्रदान गर्ने लगायतको मेलाका विशेषता रहेका छन्…

Read More

अछाम: अछाममा चितुवाले आठ बाख्रा मारेको छ। गएराति चितुवाले अछामको बान्नीगढी जयगढ गाउँपालिकामा एकै कृषकका आठ बाख्रा मारेको हो । बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्राका तिलक खड्काले पालेका आठ बाख्रा चितुवाले मारेको स्थानीय लक्ष्मी खड्काले जानकारी दिए । घरबाट करिब १५ मिनेट टाढा रहेको गोठमा भैँसी, गोरुसँगै रहेका बाख्रा मारेको उनले बताए । पछिल्लो समय एक महिना यता त्यस क्षेत्रमा १५ बाख्रा मारिसकेको स्थानीयको भनाइ छ । बाख्रासँगै चितुवाले केटाकेटी वा अन्य मान्छेलाई आक्रमण गर्ने होकि भनेर गाउँलेहरू चिन्तित बनेका छन् ।

Read More

काठमाडौं : गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका २ डिआइजी र १० जना एसएसपीको सरुवा गरेको छ । मन्त्रालयले सशस्त्रका नायब महानिरीक्षक (डिआईजी) कमल गिरीलाई प्रधान कार्यालयको कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरेको छ । प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डिआईजी अभिकुमार खत्रीलाई भने बिन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही पठाएको छ । सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी बिनोदराज श्रेष्ठलाई पशुपतिनाथ बाहिनी मुख्यालयबाट राजस्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय कैलालीमा सरुवा गरिएको छ । त्यस्तै, एसएसपीहरू प्रवीण कँडेललाई प्रधान कार्यालय मानव स्रोत विभागबाट जवान तालिम शिक्षालय बाँके, दिगविजय सुवेदीलाई प्रधान कार्यालय कार्य विभागबाट दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, विश्वकुमार भट्टराईलाई बराह बाहिनी मुख्यालय…

Read More

धनगढी : कैलालीमा सोमवार नालामा डुबेर एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–१ की ६० वर्षीया वेलासी डगौराको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। सोही वडामै रहेको सुगुवा नालामा माछा मार्ने क्रममा पानीमा डुबेर डगौराको मृत्यु भएको हो। साथै उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

किमाथाङ्का (सङ्खुवासभा): सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको हो । कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको थियो । कैदी मृत्यु प्रकरणमा प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । अनुसन्धान टोलीको प्रतिवेदन आएपछि थप कारबाहीको प्रक्रिया अघि बढ्ने प्रनाउ गोदारले बताए । घटना लगत्तै गृह मन्त्रालयले कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको…

Read More