काठमाडौँ : हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको साइत उत्तम रहेको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ ।
बैतडी : भीरबाट लडेर बैतडीमा आज एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा पाटन नगरपालिका ४ कुणीका ५० वर्षीय वीरसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक याेगेश खत्रीले जानकारी दिए। दशरथचन्द नगरपालिका २ स्थित निङलाशैनी मन्दिरमा लागेकाे जात्रा हेरेर फर्किएका विष्ट घरनजिकै रहेकाे लिसान्गड भीरबाट लडेका थिए। भीरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई उपचारकाे लागि धनगढी लैजाँदै गर्दा साेमबार बेलुका बाटोमै मृत्यु भएकाे प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
एजेन्सी: भारतको पश्चिमी राज्य गुजरातमा गरबा नृत्य कार्यक्रमका क्रममा हृदयघातका कारण १० जनाको ज्यान गएको छ। नवरात्रीको अष्टमीको राति गरबा नृत्य हुने गर्दछ। नृत्यकै क्रममा १० जनाको हृदयघातका कारण ज्यान गएको एनडीटीभी हिन्दीले जनाएको छ। मृतकहरू किशोर अवस्थादेखि मध्यम उमेरका व्यक्तिहरू छन्। सरकारले गरबा नृत्य कार्यक्रममा ‘अलर्ट’ जारी गरेको छ र आयोजकलाई मानिसहरू अस्वस्थ भएमा अस्पतालमा लैजान एम्बुलेन्स उपलब्धतको सुनिश्चित गर्न भनेको छ। गरबाको परम्परागत गुजराती नृत्य नवरात्रि उत्सवको प्रमुख विशेषताहरू मध्ये एक हो, यो नृत्य नौ रातसम्म मनाइन्छ।
कैलाली : इजरायलमा हमासको आक्रमणबाट मारिएका कैलालीका आशिष चौधरीको सोमबार अन्त्येष्टि गरिएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–५ मैनपोखरी गाउँका २६ वर्षीय आशिष चौधरीको सोमवार सोहि गाउँको घैला खोलामा अन्त्येष्टि गरिएको हो। लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इन्टर्नका लागि इजरायल पुगेका चौधरीको हमासको आक्रमणमा परेर मृत्यु भएको हो। मृत्यु भएकाध्ये चार जनाको शवसहित चौधरीको शवलाई पनि हिजो नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको थियो। हिजो शव पाएका परिवारले आज चौधरीको अन्त्येष्टि गरेका छन्।
धनगढी : कैलालीमा यात्रुहरुलाई ठगी गरेर मनलाग्दी भाडा असुल गर्ने बस धनीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।चाडपर्वको समयमा बढी भाडा असुल गर्ने यात्रुवाहक सवारी साधनलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीले सवारी धनीलाई कारबाही गरेको हो। धनगढीबाट पहाडी जिल्लाका लागि छुटेका पाँचवटा यात्रुवाहक बसले बढी भाडा लिएको पाइएपछि कारबाही गरेर यात्रुको भाडा फिर्ता गर्न लगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख दीपक मल्लकाअनुसार चाडपर्वको यो बिचमा धनगढीबाट बझाङका लागि छुट्ने ३०३१ नम्बरको बसले एक हजार एक सय ३९ भाडा लिनुपर्नेमा ३६ यात्रुबाट एक हजार पाँच सय लिएको पाइएपछि बढी असुल भएको रकम यात्रुलाई नै फिर्ता…
अछामः अछाममा एक बालिकाको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका–३ दर्बाकी १० वर्षीया झर्ना बि.क को सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। झर्नालाई बारीमा बाख्रा चराइरहेका बेला आइतवार अरिङ्गालले टोकेको थियो। उनको उपचारको क्रममा आज (सोमवार) सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
बैतडी: बैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा ४२ राँगा र १५ बोकाको बलि दिइएको छ । जिल्लाको पाटन नगरपालिका- ६ स्थित उदयदेव मन्दिरमा आज महानवमीमा लागेको जात्रामा ४२ राँगा र १५ बोकाको बलि दिइएको सिद्धनाथ उदयदेव धार्मिक विकास समितिका उपाध्यक्ष चमन कुमार भण्डारीले जानकारी दिए । महाअष्टमीदेखि सुरु भएको जात्रामा आज पशुबलि दिइएको उनले बताए । मन्दिरमा आज महानवमीका दिन बोका तथा रांगाको बलि दिने चलन रही आएको उनले बताए । उदयदेव मन्दिरमा महाष्टमीका दिन रांगा लग्ने र महानवमीका दिन काट्ने चलन रही आएको छ ।
काठमाडौं : काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमै भेटाएको हो । नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रन बनाए । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए। आजको खेलमा आशिफबाहेक पहिलो क्रमका ब्याट्सम्यान भने चलेनन् । यूएईका मोहम्मद जवादुल्लाहले २ र अकिफ राजाले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो । यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५…
काठमाडौं : चीनमा भएको बेला हृदयाघात भएपछि अस्पताल भर्ना भएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज डिस्चार्ज भएका छन् । मन्त्री श्रेष्ठ पाँच दिने उपचार पश्चात स्वास्थ्य लाभ गरी डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ । उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमका अनुसार उनी कात्तिक ८ गते बिहान स्वदेश फर्कने छन् ।