Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीको गोदावरी धाम क्षेत्रमा बाढीले वितण्डा मच्चाएको छ । गोदावरी नदीमा आएको बाढीले गोदावरी नगरपालिकास्थित धार्मिक पर्यटकीय स्थल गोदावरी धाममा क्षति पुर्याएको हो । अविरल वर्षासँगै आएको बाढीले भौतिक संरचनामा क्षति पुगेको छ । शिव मन्दिर, विष्णु मन्दिर, संस्कृत पढाइ हुने विद्यालयका साथै पर्यटकको गन्तव्य बनेको गोदावरी काठे पुलमा क्षति पुगेको बताइएको छ ।

Read More

धनगढीः कैलालीको नेपाल–भारत सीमा स्तम्भ बाढीले बगाएको छ । अविरल वर्षासँगै मोहना नदीमा आएको बाढीले धनगढी उपमहानगरपालिका-९ भैंसीघाटस्थित नेपाल तर्फको ७४८/३ नम्बरको सीमा स्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

Read More

धनगढी: कैलालीमा बाढीपहिरोमा परेकाहरुको उद्धारमा नेपाली सेनाको विपद् उद्धार टोली खटिएको छ । गएरातिको अविरल वर्षाले जिल्लाको धनगढी उपमहानगरपालिकासँगै कैलारी गाउँपालिका, भजनी नगरपालिका डुबानमा परेका छन् । साथै भीमदत्त राजमार्ग अन्तर्गत गोदावरी नगरपालिकाको सेल्फि डाँडामा सडक भासिँदा अलपत्र परेका यात्रुहरुको उद्धारमा तेघरीस्थित श्री देवीदल गणको उद्धार टोली खटिएको हो । धनगढी-१५ र कैलारी-७ बसन्ताका बाढीपीडितको उद्धारका लागि नेपाली सेनाको विपद् उद्धार टोली खटिएको बताइएको छ ।

Read More

धनगढी: कैलालीका अविरल वर्षासँगै आएको बाढीले करीब ५ सय घर डुबानमा परेका छन्। अहिले सुरक्षा संयन्त्रले प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्ने तथा उद्धारको काम गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी, गोदावरी, भजनी, जोशीपुर र कैलारी क्षेत्रका स्थानीय बाढीबाट प्रभावित भएका हुन्। अहिलेसम्म कैलारी गाउँपालिका-७ बसन्ता, भइयाफाँटा क्षेत्रका १५० घरधुरी डुबानमा परेका छन्। त्यस्तै, जोशीपुर-३ का ५६ घर, भजनी-२ का १५, वडा नम्बर ३ का ५, ८ को १, ५ का ६५ र ७ का १५० घरधुरी प्रभावित भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

धनगढी: भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र पुनर्निर्माण थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन्। सोमबारदेखि परेको अविरल वर्षाले देशभर ठुलो भौतिक क्षति बनाएको छ भने केही ठाउँमा मानवीय क्षति पनि पुर्‍याएको छ। अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ भने केही स्थानमा पहिरो गएको छ। सडक भासिएपछि आवत–जावत पूर्णरुपमा बन्द भएको छ। बन्द भीमदत्त सडकको तत्काल पुनर्निर्माणमा जुट्न र यातायात छिटो सञ्चालन गर्न सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई निर्देशन दिएका हुन्। भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको खानीडाडास्थित सेल्फीडाँडामा पहिरो गएको हो।पहिरोले सडक पुरै…

Read More

कैलाली: कैलालीमा लागुऔषधसहित प्रहरीले धनगढीबाट एक युवकलाई पक्राउ गरेको छ। सोमबार साँझ शङ्काको आधारमा चेकजाँच गर्दा धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट कैलालीकै टीकापुर नगरपालिका–१ का २० वर्षीय रोमन चौधरी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले रोमनको साथबाट ३ ट्याब्लेट नाईट्राभेट र २४ ट्याब्लेट स्पास बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका रोमनमाथि अनुसन्धान भइरहेको बताइएको छ।

Read More

बैतडी: बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा आइतबार दिँउसो फेला परेको बेवारिसे सुन राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके पठाइएको छ। सुनबार कुनै वैधानिक प्रमाण नभेटिएपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।  आइतबार दिउँसो काठमाण्डौबाट दार्चुलाका लागि आइरहेको सुपप्र ०२००१ ख १३०३ नम्बरको बसबाट छाडिएको सामानको पोकामा ८३ ग्राम ५२० मिलिग्राम सुन फेला परेको थियो म। बिना बिलको सुन फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनको टोलीले सुन नियन्त्रणमा लिएको थियो म।  बिना बिल संकास्पद अवस्थामा बसबाट प्रहरी चौकीको पोष्टमा छोडिएको सुनको कुनै वैधानिक प्रमाण नभेटिएको प्रहरीले स्पष्ट पारेको छ।

Read More

पदम जोरा, डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका- ३ का दुर्गम बस्तीमा विद्युतीकरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। जिल्लालाई पूर्ण विद्युतीकरण बनाउने अभियान अन्तरगत दुरदराजका बस्तीमा विद्युतीकरण भइरहेको वितरण केन्द्र प्रमुख रमेश अवस्थीले जनाए।विगतदेखि नै पोल गाड्ने र तार खिच्ने जिम्मा पाएका ठेकेदार बेपत्ता हुँदा विद्युत बिस्तारमा समस्या सृजना भएको उनको भनाई छ। २०७८ मा नै काम सक्नुपर्ने भए पनि आर्थिक मन्दीको बहानामा ठेकेदार र निर्माण कम्पनीले ढिलो गरेको उनले स्वीकारे। परशुरामका धेरै दुर्गम बस्तीमा अझै बिजुली नपुग्दा अन्धकारमय छन्। परशुराम १, २, ३, ८ र ११ का पहाडी क्षेत्रहरुमा ढुवानी समस्याका कारण विद्युत बिस्तार हुन सकिरहेको छैन। गाउँमा विद्युत बिस्तार…

Read More

काठमाडौं: नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनीत गरिएको छ। सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य मनोनयन गरेका हुन्। कार्यसमितिमा ७१० जना मनोनीत भएका छन्।

Read More