Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्कबाट ०.३७ ग्राम लागुऔषधसहित सोहि पालकिाको–१८ नम्बरका ३५ वर्षीय लक्ष्मण भट्टलाई बुधवार दिउसो प्रहरीले पक्राउ गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बसपार्क कन्चनपुरबाट खटिईएको संयुक्त प्रहरी टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

Read More

काठमाडौं : राजश्व अनुसन्धान विभागले सोह्रखुट्टेबाट ‘ब्रेक शु’ लेखिएको ६६ वटा काटन बरामद गरेको छ। बुधबार अपरान्ह राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टे नजिकै रहेको एक घरमा छापा मार्दा उक्त परिणाममा ‘ब्रेक शु’ फेला पारेको हो।  भेटिएको सामान राजस्व अनुसन्धान विभागले लगेको छ। ती सामान पनि यसअघि विमानस्थलबाट जफत गरिएजस्तै शंकास्पद रहेको राजस्व विभागले जानकारी दिएको छ।

Read More

स्याङ्जा : कालीगण्डकी नदीमा बगेर एक बालिका बेपत्ता भएकी छन्। चापाकोट नगरपालिका-७ गाम्रेछाप बस्ने १६ वर्षीया सजनी परियार कालीगण्डकीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ। बुधबार बिहान ११ बजेतिर स्याङ्जा र पाल्पाको संगमस्थल रामघाट स्थित झोलुंगे पुलबाट हामफाल गरी बेपत्ता भएको खबर आएपछि प्रहरीको टोलीले खोजीकार्य जारी राखेको छ। बालिकाले लगाएको चप्पल पुल नजिकै फेला परे पनि अवस्था अज्ञात छ।

Read More

काठमाडौँ : व्यवसायी राकेश अडुकियाको कमलपोखरीस्थित घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा विभागले उनको घरमा छापा मारेको प्रहरी स्रोतले बताएको छ । उनले पछिल्लो वर्षहरूमा हङकङ, युएई र भारतमा शङ्कास्पद भ्रमण गरेको समेत पाइएको स्रोतको भनाई छ ।

Read More

काठमाडौं : परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कैलारी गाउँपालिकामा रुख चुनावबाट चुनाव लडेका राजसमझ चौधरीको कारबाही फुकुवा गर्न माग गरेका छन्। बुधबार केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै केन्द्रीय सदस्य साउदले कैलारी गाउँपालिकामा गठबन्धन हुँदा माओवादीले टिकट पाए पनि रुखबाट चुनाव लडेको र कारबाही भनिएकोमा उनको कारबाही फुकुवा गर्न माग गरेका हुन्। उनले भने, ‘गत चुनावमा स्वतन्त्र चुनाव लडेका र पार्टीबाट चुनाव लडेकालाई पार्टीमा समाहित गर्ने निर्णयको स्वागत गर्दछु। कैलारी गाउँपालिकाको रुखबाट चुनाव लडेको राजसमझ चौधरीको कारबाही फुकुवाको निर्णय गर्न आग्रह गर्दछु।’ कांग्रेसले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र चुनाव लडेका व्यक्तिहरु जंगलीलाल राय, मनोजकुमार शाह, प्रलाद कुमार क्षेत्री, तारादेवी…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले गत वर्ष ११ पुसमा सुदूरपश्चिम स्वयंसेवक परीचालन कार्यक्रमका लागि आवेदन मागेको थियो । वि.सं. २०८० असार मसान्तसम्म काम गर्न भनी मागिएको आवेदनको आर्थिक वर्ष सकिंदा पनि नतिजा आएको छैन । स्वयंसेवकको नतिजा प्रकाशनको विषयमा आफूलाई थाहा नभएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्की बताउँछन् । स्वयंसेवकको नतिजा प्रकाशनको विषयमा कुनै निर्णय नभएको उच्च शिक्षा शाखाका शाखा प्रमुख गोपालदत्त जोशीले बताए । सामाजिक विकास मन्त्रालयले प्रदेशका ९ वटै जिल्लामा तोकिएका निकायमा काम गर्नका लागि भनेर हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अनमी, सामाजिक विकास अभियन्ता, ना।प।स्वा।प्रा ९भेटनरी० र ना प्रा।स ९कृषि० तर्फका लागि आवेदन माग गरेको थियो…

Read More

काठमाडौँ : सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा रमेश पोखरेललाई थुनामा राख्नुपर्ने वा नपर्नेबारे वस्तुनिष्ठ विश्लेषण गर्न जिल्ला अदालत काठमाडौँलाई आदेश दिएको छ । समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख पोखरेललाई १८ असारमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले पक्राउ गरेको थियो । ललिता निवास प्रकरणमा सरकारी कागजात किर्ते मुद्दामा पोखरेललाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएपछि हाल उनी सीआईबीको हिरासतमा छन् । तर पोखरेलले स्वास्थ्यको कारण देखाउँदै आफूलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए । सो रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले बन्दी प्रत्यक्षीकरण रिट जारी गर्न अस्वीकार गर्‍यो…

Read More

काठमाडौं : प्रमुख प्रतिपक्षी एमालेको अवरोधले प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।  बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले सुन तस्करी प्रकरणका मुख्य नाइके पक्राउ गर्नुपर्ने, गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै रोष्ट्रम घेरेर विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । एमालेका सांसदले नाराबाजी गर्दै रोष्ट्रम घेरेपछि सभामुख देवराज घिमिरेले १५ साउन सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

Read More

बाजुराः बाजुराको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा जहाज कुर्दाकुर्दै एक बिरामीको मृत्यु भएको छ। उच्च रक्तचापको समस्याबाट पीडित ती बिरामीको जिल्लामा उपचार सम्भव नभएपछि बाहिर लैजान डाक्टरले सुझाव दिएका थिए। मुगुका विर्खलाल कार्कीको स्वास्थ्य केन्द्रमै मृत्यु भएको कार्यालय प्रमुख डाक्टर प्रतिक न्यौपानेले बताएका छन्। कार्कीको थप उपचारका लागि नेपालगञ्ज वा धनगढी मध्ये सिटीस्क्यान सहितको सुविधा भएको अस्पतालमा लैजान रिफर गरिएको थियो। ६० वर्षीय कार्कीलाई आफन्तले जहाज आउने प्रतिक्षा गरिरहेका थिए। मुगुको खत्याग गाउँपालिका–१ रातापानीका कार्कीलाई रातापानी प्राथमिक स्वास्थ्य केन्द्रले पनि कोल्टीलाई रिफर गरेको थियो। मार्तडी कोल्टी र कर्णाली करिडोरको सडक बाटो बर्षादका कारण बिग्रीएर अवरुद्ध भएपछि कार्कीका आफन्त जहाजको प्रतिक्षामा थिए।…

Read More

काठमाडौँ : कोशी प्रदेशको सरकार गठनसम्बन्धी विवादको रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा सकिएको छ । रिटउपर सर्वोच्च अदालतको पूर्ण इजलासमा मंगलबारदेखि बहस भइरहेको छ । हिजो हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखेर भोलिलाई फैसला सारिएको हो । सम्भवतः पूर्णइजलासले बिहीबार फैसला सुनाउने छ । यस मुद्दामा न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठ सम्मिलित पूर्ण इजलासमा बहस भइरहेको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई पूर्ण इजलासमा पठाएको थियो ।

Read More