धनगढीः कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको अत्तरिया बसपार्कबाट डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बेडपानीका २९ वर्षीय निराजन विष्ट पक्राउ परेका हुन् । हाल गोदावरी नगरपालिका–२ तेघरी भाडामा बस्दै आएका उनी बुधवार दुई ग्राम ५८६ मिलिग्राम लागुऔषधसहित पक्राउ परेका इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Author: महेन्द्रनगर पोष्ट
बाजुरा: बडीमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढा रहेका छन् । बडीमालिकाको दर्शन गर्न गएका बुढा अक्सिजन अभावका कारण बाटोमै अचेत भएका थिए । अचेत अवस्थामा भेटिएका उनको दुर्गाभञ्जन गुल्म बाजुराद्वारा सञ्चालित स्वास्थ्य शिविरमा उपचारका क्रममा गए राति मृत्यु भएको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले जानकारी दिए । यस्तै, अक्सिजन अभावका कारण अचेत भएकी कैलालीको अत्तरियाकी ६३ वर्षीया ईश्वरी बोहोराको सेनाको स्वास्थ्य शिविरमा उपचार भइरहेको छ । मृत्यु भएका बुढा र सिकिस्त बिरामी बोहोरालाई थप उपचारका लागि अन्यत्र लैजान नेपाली सेनाको हेलिकोप्टरका लागि पहल…
बैतडी: बैतडीमा सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटाल रहेकी छिन् । उनलाई मंगलबार राति भान्सामा खाना बनाइरहेका बेला सर्पले टोकेको थियो । उनको राति १ बजे मृत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए । घटाललाई झारफुक गर्न वैद्य बोलाइएकोमा झारफुक गर्दागर्दै उनको मृत्यु भएको सार्कीले बताए । जिल्ला अस्पताल बैतडीमा सर्पदंशको उपचार हुने भएपनि अस्पताल नल्याउँदा अकालमै ज्यान जाने गरेको छ ।
धनगढीः धनगढीमा एक सय रुपैयाँमै शाकाहारी खाना खुवाउने गरी अपि सैपाल थकाली खाना घर एण्ड क्याफे सञ्चालनमा आएको छ । उक्त क्याफेको प्रदेश सभामुख भीमबहादुर भण्डारीले उद्घाटन गरेका छन् । धनगढी रङ्गशाला अगाडि बुधबारदेखि सञ्चालनमा आएको खाना घरमा स्पेसल थकाली खाना, कोदो र मकैको रोटी, कोदोको ढिडोसमेत खान पाइनेछ । बझाङको बुङ्गल नगरपालिका घर भएका सञ्चालक रामबहादुर बोहराले करिब ७० लाखको लगानीमा खाना घर र क्याफे सञ्चालनमा ल्याएको बताए । खाना घरमा शाकाहारी खाना एक सयमा, मटन र लोकल चिकेन खाना २५० मा, थकाली खाना ४२० रुपैयाँमा र खान कोदो र मकैको रोटी, चटनी, साग र मोहिको १७० रुपैयाँ मूल्य…
जाजरकोट: डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डित बेपत्ता भएको चार दिन बित्दा पनि सम्पर्क आएका छैनन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार आइतबार अपराह्न ३ः०० बजे बजार घुमेर आउँछु भनी भदालेस्थित गुल्म निस्केका सेनानी पण्डित साँझसम्म पनि नफर्किएपछि उनको खोजी गर्न थालिएको थियो । त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र रहेको त्रिपुराकोट र जुफाल बजारलगायतका स्थानमा आइतबार साँझदेखि नै खोजी गर्दा पनि सेनानी पण्डित कतै नभेटिएको उनले बताए । सेनानी पण्डितको मोबाइल पनि अफ रहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । उनको खोजी गर्न ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी…
कैलाली: कैलालीको टीकापुरमा केरामा देखिएको टिआर–४ (पानामा) रोगको प्रारम्भिक अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको केराको नमूना परीक्षणमा पानामा रोगको सङ्क्रमण देखापरेको थियो । पानामा रोगको अध्ययनका लागि राष्ट्रिय बिरुवा संरक्षण सङ्गठन नेपालले गठन गरेको जोखिम विश्लेषण कार्यदलले स्थलगत अध्ययन सुरु गरेको हो । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर खड्काको नेतृत्वमा बनेको सात सदस्यीय कार्यदलले टीकापुरमा पुगेर अध्ययन सुरु गरेको छ । कार्यदलले कृषि क्षेत्रमा काम गर्दै आएका सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका कार्यालय प्रमुखसहित किसानसँग छलफल चलाएको छ । प्रारम्भिक चरणमा रोग पत्ता लागेको बारीबाट अर्को बारीमा सर्न नदिनका लागि आचारसंहितासहित…
कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–४ शिवधाममा केही दिनयता साँझ पख अरु बेलाको भन्दा छुट्टै रौनक देख्न पाइन्छ । हरेक दिन यहाँ नब्बे वर्षीय वृद्धदेखि किशोरसम्म दिउँसोदेखि भेला हुन थाल्छन् । एउटै घरबाट बाजेदेखि नातिसम्म यहाँ आउने गरेका छन् । उनीहरु सबै एउटै गोलो घेरामा गोलवद्ध हुन्छन् । सबैले खुट्टाको चालमा चाल मिलाउँछन् । यसरी तीन पुस्ता एकसाथ देउडा खेल्दै रमाइलो गर्ने गरेका छन् । गोलो घेराको बीचमा देउडिया (गीतकार)ले गीत गाउँछन् । त्यही गीतलाई गोलो घेरामा रहेकाहरूले लय मिलाएर पालैपालो दोहोर्याउँछन् । शिवधाम अचेल देउडामय बनेको छ । देउडा खेलको दृश्य देख्दा पूर्वपश्चिम राजमार्ग भएर यात्रा गर्ने जो कोहीलाई पनि नाचुँ…
डडेल्धुरा: डडेल्धुरामा ८३ वर्षीया वृद्धा मृत फेला परेकी छन् । जिल्लाको आलिताल गाउँपालिका८ मौरीकी जस्मादेवी कुँवर घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । प्रहरीका अनुसार उनमा मानसिक समस्या पनि थियो । शवलाई पोष्टमार्टमका लागि जोगबुडा अस्पताल लगिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
कञ्चनपुर: कञ्चनपुरमा मेडिकलभित्रै जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित ७ जना पक्राउ परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका–३ स्थित बि.एन.पोलिक्लिनिक प्रा.लि.को माथिल्लो तलाबाट मंगलबार राति सञ्चालक डा.सागर केसीसहित सात जना पक्राउ परेका हुन् । जुवा खालबाट एक गड्डी तास सहित ८५ हजार ८ सय ३५ रुपैयाँ बरामद गरिएको प्रहरी ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक हेमराज भट्टले बताए । उनले सातै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताए ।
कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीलाई पितृशोक परेको छ । चौधरीका ७२ वर्षीय बुवा जनकलाल चौधरीको विद्युतीय करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार साँझ नुहाउने क्रममा पानीको मोटरबाट करेन्ट लागेका उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा गएराति नै मृत्यु भएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।