काठमाडौँ: डेंगु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेंगु सङ्क्रमण देखिएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेंगु सङ्क्रमण बढिरहेको बताए । उनले यसैगरी डेंगु सङ्क्रमण बढ्दै जाने हो भने भदौ र असोजमा उच्च हुने बताए । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो । सङ्क्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा भेटिएको छ । महाशाखाका अनुसार सुनसरीमा…
Author: महेन्द्रनगर पोष्ट
कैलाली: वर्षासँगै कैलालीका विभिन्न नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले जिल्लाका दक्षिणपूर्वी क्षेत्रका झण्डै तीन हजार चार सय घरधुरी प्रभावित भएका छन् । डुबानका कारण धेरै परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । प्रभावितलाई नेपाल प्रहरी सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको छ । जिल्लाको भजनी, जोशीपुर, कैलारी, जानकीनगर क्षेत्र डुबानबाट बढी प्रभावित भएको छ । डुबानले घरभित्र पानी पस्दा खाद्याह्न र अन्य धनमाल भिजेर क्षति पुगेको छ । डुबानको जोखिमा रहेका व्यक्तिलाई ‘मोटर बोड’को प्रयोग गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरी सुरक्षित…
कैलाली: प्रतिबन्धित लागुऔषध स्पासको १६ ट्याबलेटसहित धनगढीमा अत्तरियाका १ युवक पक्राउ परेका छन्। बुधबार दिउँसो शङ्काको आधारमा चेकजाँच गर्दा धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट कैलालीकै गोदावरी नगरपालिका–२ का १९ वर्षीय गणेश पार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिको टोलीले पक्राउ गरेका पार्कीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।
कैलाली: कैलालीको गोदावरीका रत्नप्रसाद भट्टराई मृत फेला परेका छन्। गोदावरी-९ धनचौरी बस्ने ४० वर्षका उनी आज पानी जमेको खल्लामा मृत फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। आफन्तका अनुसार भट्टराई हिजो(बुधबार) दाउरा निकाल्न भनेर खुटिया खोलातर्फ गएका थिए। प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ।
कञ्चनपुरः कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको बेलौरी नगरपालिका–२ घुसराका ४४ वर्षीय चिन्डु चौधरी आफ्नै घरको पछाडी धारा नजिकै बुधवार मृत अबस्थामा फेला परेका हुन्। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलौरीबाट थप अनुसन्धान भइरहेको छ।
बझाङ: बझाङको बुङ्गल नगरपालिकाका कार्यालय सहयोगीको शव डोटीस्थित दिपायलको सेती नदीमा भेटिएको छ। नगरपालिकाका कार्यालय सहयोगी धनबहादुर बोहरा बिहीबार साँझदेखि बेपत्ता थिए। बुङ्गल-३ विर्पैयाँका करिब ४० वर्षीय बोहराले लगाएको चप्पल कालङ्गा नदीको किनारमा बिजगडा पुलको नजिक भेटिएको थियो। चप्पल नदी किनारमा भेटिएकाले उनी नदीमा खसेको हुनसक्ने आशंका गरिएको थियो। उनको शव ६ दिनपछि डोटीमा फेला परेको प्रहरीले जनाएको छ।
बैतडी: बैतडीको एक विद्यालयमा हावाहुरीले उडाएको छानो मर्मत नहुँदा पठनपाठनमा समस्या भएको छ। जिल्लाको सिगास गाउँपालिका-७ स्थित शिवलिंग आधारभूत विद्यालय भवनको छानो मर्मत नहुँदा र भवन अभावले पठनपाठनमा समस्या भएको हो। विद्यालय भवनको छानो उडाएको ३ वर्ष भइसक्दा समेत मर्मत हुन सकेको छैन। कक्षा ८ सम्मको पढाई हुने विद्यालयमा अहिले ४ कोठाको एकमात्रै भवन रहेको स्थानीय सूर्यबहादुर बोहराले बताए। ‘जीर्ण भवनबाट विद्यालयले सेवा दिइरहेको छ तर विद्यार्थीको ज्यान जोखिममा छ’ उनले भने। ४ कोठाको भवनमध्ये एकमा विद्यालयको कार्यालय, एक कोठामा स्टोर र दुईकोठामा मात्रै विद्यार्थीहरुले बस्न पाएका छन्। विद्यालय भवन मर्मत नहुँदा २ सय बालबालिकालाई पठनपाठनका लागि निकै समस्या भएको…
धनगढीः धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१४ फूलवारीको खुटिया घाटबाट प्रहरीले चरेससहित दुई जनालाई बुधवार पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको टोलीले भारततर्फ लैजादै गरेको ४ किलो ३० ग्राम चरेससहित प्युठानको लुङ गाउँपालिका–७ का ४२ वर्षीया मिना बुढाथोकी र रुकुम पश्चिम बासिकोट गाउँपालिका–७ का ३९ वर्षीय भिमसेन खत्रीलाइ चरेससहित नियन्त्रणमा लिइएको हो। थप अनुसन्धानको लागि दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याईएको प्रवक्ता कुलदिप चन्दले जानकारी दिए।
काठमाडौं: भारतको पञ्जाबबाट १६ वर्षीया एक किशोरीको उद्धार गरिएको छ। कञ्चनपुर घर भएकी ती किशोरीलाई मङ्गलबार उद्धार गरी नेपाल ल्याइएको छ। भारतमा रहेको अखिल भारत नेपाली एकता मञ्चकी मोनिका बरालको सहयोगमा भारत पञ्जाबको लुधियानामा अलपत्र परेको अवस्थामा उनलाई उद्धार गरिएको शान्ति पुनःस्थापना गृह कपिलवस्तुले जनाएको छ। किशोरीलाई घर परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ। गृहका केन्द्रीय समितिका संयोजक भट्टराईका अनुसार ती किशोरी २०७९ मङ्सिरमा घरबाट हराएकी थिइन्। गत जेठ ३१ गते घर परिवारको सम्पर्कमा आएको शान्ति पुनःस्थापना गृहका केन्द्रीय समितिका संयोजक भूमिराज भट्टराईले जानकारी दिइन्। उद्धार गरिएकी किशोरीलाई शान्ति पुनःस्थापना गृहमा सुरक्षित रूपमा राखिएको कृष्णनगरकी संयोजक वसन्ती जिसीले बताइन्। रोजगारीको…
काठमाडौं: केन्द्रीय सदस्यहरूको मनोनयनमा असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी संघको असन्तुष्ट समूहले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास घेराउ गर्ने जनाएकाे छ। नेविसंघको हालै मनोनीत केन्द्रीय सदस्यहरूमा सक्रिय कार्यकर्ता नपरेको भन्दै असन्तुष्ट समूहले पार्टी सभापतिको निवास घेर्न लागेको हो। यो समूहले हिजो सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी गरेको थियो।