Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा नेपालगञ्जका ६ जनाको मृत्यु भएको छ। नेपालगञ्जको त्रिभुवनचोकका एसकुमार वाचका सञ्चालक सन्तोषकुमार गुप्ताका छोरा र छोरी, दिनेश गुप्ताको छोरा, बुहारी र दुई बच्चाको मृत्यु भएको हाे। कार चालकको उपचार भइरहेको छ। शनिबार राति छाडा पशुलाई बचाउने क्रममा कार अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । कारमा सन्तोषकुमार गुप्ताको श्रीमती सीता पनि गएकी थिइन्। उनी बलरामपुरमा झरेको आफन्तीले बताएका छन्। घटना थाहा पाएलगत्तै नेपालगञ्जबाट आफन्तीहरू श्रावस्ती गएका छन्।

Read More

नयाँ दिल्ली: भारतको उत्तराखण्डस्थित रुद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका १७ जनाको खोजीका लागि बिहान ५ः३० बजेदेखि उद्धार सुरु भएको छ। एनडीआरएफ,एसडीआरएफ र अन्य संगठनका जवानहरू खोजीमा लागेका छन्। जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले बिहानैदेखि उक्त क्षेत्रमा हल्का वर्षा भइरहेको बताए। जसकाकारण उद्दार र खोजी कार्यमा समस्या भइरहेको छ। रुद्रप्रयागमा खराब मौसमका कारण मुख्यमन्त्री पुष्कर सिंह धामीको गौरीकुण्ड भ्रमण रद्द भएको छ। रुद्रप्रयाग देशका १० सबैभन्दा पहिरो जाने जिल्लाहरूमध्ये पहिलो स्थानमा छ।

Read More

धनगढीः कैलालीमा एक वृद्ध मृत फेला परेका छन। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मैयाका ६० वर्षीय बजारु डगौरा थारु मृत फेला परेका हुन्।  प्रहरीका अनुसार शनिवार थारु बेहडाबाबा गएका थिए। उनी बेहडाबाबाबाट घर फर्किदा घर नजिकैको धान खेतमा मृत फेला परेका हुन्। शनिवार राति थारुको शव फेला परेको र थप अनुसन्धन जारी रहेको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ।

Read More

काठमाडौँ : नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही हाल बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेस प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी,…

Read More

काठमाडौं : जनकपुरधाम- नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरूको संयुक्त बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । भारतको विहार राज्यको मधुबन्नी जिल्लाको शौराठमा शनिबार बसेको जिल्ला स्तरीय सीमा समन्वय बैठकमा सीमा क्षेत्रबाट हुने गरेको लागूऔषधको ओसार पसार नियन्त्रणमा थप कडाइ गर्ने र सीमा क्षेत्रबाट हुने गरेका अन्य आपराधिक गतिविधि नियन्त्रण गर्ने लगायतका निर्णय भएको छ । सिमानामा दुवै देशका सुरक्षा गस्ती बढाउने, सीमा क्षेत्रमा हराएका सीमा स्तम्भको पुर्न निर्माणका लागि संयुक्त सर्भेका लागि केन्द्रमा लेखि पठाउने, भत्केका सीमा स्तम्भहरूको पुनः निर्माण गर्ने, नेपाल तर्फ हुने गरेको नक्कली नोटको कारोबार एवं ओसारपसारमा कडाइ गर्ने, एक ठाउँमा अपराध गरेर सीमावर्ती क्षेत्रमा भागेर लुकी…

Read More

काठमाडौँ : आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । दुबै देशका प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा नेपाल–भारतबीच आपसी हितका विविध विषयमा समीक्षा गरिएको थियो । प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा भएको छलफल र सहमति कार्यान्वयनका विषयमा फलोअपका रुपमा कुराकानी भएको हो । छलफलमा दुबै देशका प्रधानमन्त्रीले नेपाल भारतको आपसी सहयोगका विभिन्न पक्षहरूको समीक्षा गर्नुका साथै द्विपक्षीय साझेदारीलाई अगाडि बढाउन र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सहमत भएको थियो । यसक्रममा प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न भारत भ्रमणको क्रममा भएका छलफललाई र सहमतिको स्मरण गर्दै त्यसको कार्यान्वयनका पक्षमा जोड दिइएको थियो । भारतीय प्रधानमन्त्रीसँगको…

Read More

बाजुराः बाजुरामा भालुको आक्रमणबाट २५ बाख्रा मरेका छन्। जिल्लाको हिमाली गाउँपालिका–१ टिनका वीरबहादुर बोहराका ३० बाख्रा भालुको आक्रमणमा परेका हुन्। भालुको आक्रमणबाट पाँच बाख्रा भेन घाँइते भएका छन्। बिहीबार दिउँसो गैरी पाटनको जंगलमा चरिरहेको बेला जंगली भालुले आक्रमण गरी बाख्रा मारेको प्रहरीले जनाएको छ। दुई बाख्राका आँखा झिकेर खाएको र २८ बाख्रालाई भालुले मारिफालेको स्थानीय दलवीर बोहराले बताए। भालु पीडित बोहराले आयस्रोतको प्रमुख माध्यम बाख्रा रहेको र वर्षौँ लगाएर पालेका बाख्राको बथानलाई एक दिनमै भालुले मारिदिएपछि निकै ठुलो क्षती भएको भएको बताए।

Read More

काठमाडौं : सर्वोच्च अदालतका एक जना न्यायाधीशको निजी सुरक्षामा खटिएका प्रहरीको पिस्तोल चोरी भएको छ। प्रहरी स्रोतका अनुसार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको निजी सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) प्रभाकर खड्काको टाइप फिफ्टी फोर चाइनिज पिस्तोल चोरी भएको हो। प्रहरी स्रोतका अनुसार उक्त पिस्तोल गत असार ३० गते चोरी भएको थियो। चोरी भएको पिस्तोल फेला र चोरीमा संलग्न व्यक्ति पक्राउ परेपछि मात्र घटना सार्वजनिक भएको हो। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१, गागलफेदीस्थित सुवेदीगाउँ घर भएका सई खड्काको दरबन्दी प्रहरी प्रधान कार्यालय, सुरक्षा सेवा निर्देशनालय हो। उनी न्यायाधीश सुवेदीको निजी सरक्षा गार्ड हुन्। असार ३० गते उक्त पिस्तोल, १ थान म्याग्जिन, ७…

Read More

धनगढी: कैलालीको धनगढीमा गाईलाई करणी गर्ने एक युवक समातिएका छन्। धनगढी उपमहानगरपालिका-१८ फूलवारीका ३५ वर्षीय ओमप्रकाश जैगडीलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतका अनुसार गाइलाई करणी गरेको र मदिरा सेवन गरेर होहल्ला गरेपछि स्थानीयले जैगडीलाई प्रहरीकहाँ पुगाएका थिए। त्यसपछि स्थानीय एक महिलाले उजुरीका दिएपछि उनलाई प्रहरीले हिरासतमा लिएको हो। अहिले जैगडीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए।

Read More

कञ्चनपुरः कञ्चनपुरको एक गोठमा आगलागी भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–११ स्थित राम जानकी टोलका अमर चौधरीको घर नजिकै रहेको गोठमा आगलागी भएको हो। काठ र टायलले छाएको गोठमा शनिवार बिहान अचानक आगलागी भएको चौधरीले बताएका छन्। आगलागी हुँदा गोठमा रहेको पराल, भुषा र काठ जलेर नष्ट भएको उनले बताए। आगलागीबाट करिब एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको बताइएको छ।

Read More