Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकले आर्थिक विधेयक, २०८० पारित गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेकामा बहुमतले उक्त प्रस्ताव पारित गरेको हो । आर्थिक विधेयक राष्ट्रियसभाबाट संशोधन बिना मूल रुपमै पारित भएको छ । राष्ट्रियसभाका सांसदहरुले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेस गरे पनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने पनि कार्यसूची रहेको छ । रासस

Read More

धनगढीः सुदूरपश्चिममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सजावटको लागि झण्डै एक करोड बजेट विनियोजन गरिएको छ। नयाँ फर्निचर खरिददेखि नयाँ एसीसम्मका लागि लाखौँ रुपैया बजेट विनियोजन गरिएको छ। नयाँ आर्थिक वर्षमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा फर्निचर, एसीदेखि कार्यालय सजावटका सबै सामग्री हुँदाहुँदै नयाँ मुख्यमन्त्रीका लागि नयाँ सामग्री खरिद गर्न एक करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ। भवन निर्माणमा लाग्ने लागतभन्दा बढी मुख्यमन्त्री कार्यालय सजावटमा राज्यकोषको रकम खर्च गर्ने तयारी छ। मुख्यमन्त्री निवासमा बैठक कक्ष निर्माणका लागि ३० लाख र त्यहाँ फर्निचर खरिद गर्न १० लाख बजेट विनियोजन गरिएको छ। मुख्यमन्त्री कार्यालयमा एसी जडानका लागि १२ लाख विनियोजन भएको छ। मुख्यमन्त्री तथा…

Read More

धनगढी: सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यालयमा टायल बिछ्याउने कार्यका लागि १० लाख बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेश सरकारले बिनियोजन गरेको बजेटमा १० लाख टायल विछ्याउनका लागि छुट्टयाईएको छ। यस्तै, मन्त्रालयको कार्यालय भवनमा रङ्गरोगन गर्न १० लाख बजेट र मन्त्रालय परिसरभित्र बगैचा बनाउने कार्यका लागि १० लाख बजेट विनियोजन गरेको पाइएको छ। मन्त्रालयको नगद तथा आन्तरिक स्रोतबापत सो बजेट विनियोजन गरिएको हो।

Read More

काठमाडौँ: बर्दी लगाएर टिकटक भिडिओ बनाउने २०८ जना प्रहरी कारबाहीमा परेका छन्। प्रहरी प्रधान कार्यालयले ‍बर्दी लगाएर भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने प्रहरीलाई कारबाही गरेको हो। २०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म २०८ जना प्रहरीलाई कारबाही गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले जानकारी दिए। २०७७ असोज २२ गते प्रहरी प्रधान कार्यालयले अनुमति नलिई भिडिओ, चलचित्र, टेलिचलचित्र, टिकटक भिडिओ बनाएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको थियो। तर, तीन वर्षसम्म पनि सामाजिक सञ्जालमा प्रहरी पोसाकको दुरूपयोग रोकिएको छैन।

Read More

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामानसहित २ जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१० का ३८ वर्षीय रमेश कार्कीसहित दुई जना पक्राउ परेका हुन् । जिल्लाका विभिन्न स्थान भीमदत्त–४, भीमदत्त–११, बेलौरी–१, बेलडाँडी–५ बाट भन्सार छलीका अन्दाजी १ लाख ७१ हजार २ सय ७५ मूल्य बराबरका चिनी, खानेतेल, डिउ, बिडी, सुर्ती, डाल्डा, मिश्री लगायतका सामानसहित पक्राउ परेका हुन् । त्यस्तै, धनगढी–३ मिलनचोकबाट भन्सार छलीका अन्दाजी ४२ हजार ५ सय मूल्य बराबरको चिनी, डेरी मिल्क, सुर्ती, प्लाष्टिक झिल्ली लगायतका सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौँ: दार्चुला र बझाङका नदी करिडोरमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण भएको चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट सुरु भई बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको गोदावरी नगरपालिस्थित अत्तरिया सबस्टेसनमा अन्त्य हुने एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा ल्याइएको हो । प्रसारण लाइनको लम्बाइ एक सय ३१ किलोमिटर छ । नेपाल विद्युत् प्राधिकरणले दार्चुलामा निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले बनाएको प्रसारण लाइनको पहिलो सर्किट २०७३ देखि सञ्चालनमा थियो । कोरियाली एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा डबल सर्किट हुने गरी प्रसारण लाइनका टावर…

Read More

चितवन: नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ । बसमा ४० यात्रु सवार थिए । घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । रासस

Read More

डडेल्धुराः डडेल्धुरामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको छ । जिल्लाको पर्शुराम नगरपालिका–५ मा सिद्धनाथ सामुदायिक वनभित्र एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको हो । वनभित्र जोगबुढा वन उपभोक्ता समिति र स्थानीयहरुले बोटबिरुवा वृक्षारोपरण गर्ने क्रममा बिहीवार साँझ एकनाले भरुवा बन्दुक बेवारिसे अबस्थामा फेला पारेका थिए । बन्दुक फेला पर्नासाथ स्थानीयहरुले प्रहरीलाइ जानकारी गराएका थिए । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरको वेदकोट नगरपालिका–५ का केशव पन्त रोपाइँ सकेर फुर्सदिलो छन् । रोपाइँका लागि आकाशको पानीको भर पर्नुपर्ने उनले यो वर्ष ढिलो रोपाइँ गरे । “यसपटक पानी ढिलो पर्यो, सिँचाइको सुविधा नहुँदा आकाशको पानीले रोपाइँ गर्नुपर्छ”, कृषक पन्तले भने, “गत वर्षभन्दा दुई साता ढिलो रोपाइँ सकिएको हो ।” ढिलो गरी वर्षा हुँदा असार अन्तिम साता पनि केही किसान अझै खेतखलियानमै व्यस्त छन् । कञ्चनपुरमा अझै रोपाइँ सकिएको छैन । भीमदत्त नगरपालिका–१३ का किसान प्रकाश भट्ट अझै रोपाइँका लागि खेतमै व्यस्त हुनुहुन्छ । “रोपाइँ सुरु गरेको एक साता भयो, अझै सकिएको छैन”, उनले भने । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले आफ्नो…

Read More

काठमाडौँ: सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले नयाँ भर्ना सम्बन्धी सूचना जारी गर्दै आवेदन माग गरेको हो । सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ । दरखास्त आजदेखि साउन २८ गतेसम्म दिन सकिनेछ ।

Read More