Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) कैलाली च्याप्टरको अध्यक्षमा युवा व्यवसायी कुबेर शाही निर्वाचित भएका छन्। शनिबार सम्पन्न अधिवेशनबाट शाहीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो। मञ्चको फस्ट भाइस प्रेसिडेन्टमा तर्कराज भट्ट र सेकेन्ड प्रेसिडेन्टमा अच्युत दाहाल चयन भएका हुन्।यस्तै कार्यसमिति सदस्यहरुमा भने शिवराज ओझा, आयुश हमाल, आयुश मोहपाल, आदित्य हमाल, आशिष शाह, राहुल गुप्ता र विनय चोखाल चयन भएका छन्। मञ्चको अध्यक्षमा निर्वाचित गराउने सम्पूर्णप्रति शाहीले आभार व्यक्त गरेका छन्। युवा उद्यमशीलताका क्षेत्रमा मञ्चले काम गर्दै आइरहेको छ।

Read More

धनगढीः कैलालीमा बिष्फोटक पदार्थ ग्रिनेटजस्तो डल्लो वस्तु फेला परेको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडमा नाली खन्नेबेला सो वस्तु फेला परेको हो। इलाका प्रहरी कार्यालय सुखडका डिएसपी बिरेन्द्र बिकले नेपाली सेनालाई खबर गरेपछि काली रक्षा गण बडैपुर कैलालीबाट खटिईएको नेपाली सेनाको बम डिसपोज गरेको जानकारी दिए। उनका अनुसार पुरानो वस्तु खन्नेबेला फेला परेको हो।

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष र वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस लिएको गरेको धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रविरुद्ध विगोश अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । वडाध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए बापत सेवाग्राहीसँग ७० हजार रुपैयाँ घुस–रिसवत लिएको अख्तियारको ठहर छ । यादव र मिश्रलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा सत्तरी हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को…

Read More

काठमाडौँ : गैँडा मारेर खाग बिक्री गरेको अभियोगमा १० वर्ष सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थमा खटिएको नेपाली सेना खड्ग दल गणको संयुक्त टोलीले २५ वर्षदेखि फरार चितवन कालिका नगरपालिका-२ का ५६ वर्षीय मिने साइला भन्ने भीमबहादुर थापा क्षेत्रीलाई पक्राउ गरेको हो । विभिन्न स्थानमा लुकीछिपी बस्दै आइरहेका थापालाई बिहीबार साँझ पक्राउ गरी आजै कारागार कार्यालय भरतपुरमा चलान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जको २०५७ माघ २५ गते फैसला अनुसार भीमबहादुरलाई १० वर्ष कैद र रु. एक लाख जरिवाना सजाय सुनाइएको थियो…

Read More

पोखरा : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित भएको छ। २२ दिनको छलफलपछि शुक्रबार प्रदेश सभामा बहुमतले बजेट पारित भएको हो। असार १ गते अर्थमन्त्री जीतप्रकाश आलेले संसदमा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। चालु आर्थिक वर्षको तुलनामा २ अर्ब ४८ करोड कमको बजेट ल्याइएको छ। चालु आर्थिक वर्षमा ३५ अर्ब ९० करोडको बजेट गण्डकीले ल्याएका थियो। आगामी वर्षको कुल बजेटको ३८.१ प्रतिशत चालुतर्फ विनियोजन भएको छ। १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार रुपैयाँ चालुतर्फ विनियोजन भएको हो। यस्तै पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार विनियोजन…

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । सरकारी सार्वजनिक सम्पत्ति हानिनोक्सानी र राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी २ मुद्दामा पुनरावेदन दिएको हो । कहरसिंह नेपाली प्रतिवादी रहेको नक्कली विल भर्पाई बनाई सरकारी रकम हिनामिना गरेको र गणेशदत्त ओझासमेतको राजश्व हिनामिना गरेको २ मुद्दामा सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

Read More

बैतडी: बैतडीमा किशोरीमाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको पुर्चौँडी नगरपालिका–५ कुवाकोटका २० वर्षीय राकेश कुँवर पुर्चौँडीकै १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । ती किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि कुँवरलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Read More

धनगढी: धनगढीका एक किशोरमा डेङ्गु पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीका अनुसार धनगढी उपमहानगरपालिका–९ गौरीकटानका १४ वर्षीय एक किशोरमा डेङ्गु पुष्टि भएको हो । अरू वर्ष भदौ र असोजमा देखा पर्ने डेङ्गु संक्रमण यो वर्ष असारमै देखा परेकाले सतर्क रहनुपर्ने उनले बताए । डेङ्गु लाग्न नदिन घर वरिपरी पानी जम्न नदिने र लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरिएको छ ।

Read More

कैलाली: कैलालीमा खैरो हिरोइनसहित ४ जना युवक पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका-१ तिल्केनीबाट लागुऔषध (खैरो हिरोइन)सहित आकाश चौधरी, प्रितम सोप, बिमल शाही र प्रोसेश सोप पक्राउ परेका हुन् । प्रहरीका अनुसार विमल शाहीले पाइन्टको खल्तीमा लुकाइ छिपाइ राखेका १६ थान पोका १ ग्राम ६०० मिलिग्राम (प्लाष्टिकसहितको तौल) लागुऔषध खैरो हिरोइन जस्तो धुलो पदार्थ फेला पारी बरामद गरिएको छ । पक्राउ गरिएका चारै जनालाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

Read More

काठमाडौँ: केन्द्रीय कारागारमा रहेको केन्द्रीय कारागार अस्पतालमा मानसिक रोगीको सङ्ख्या बढ्दै गइरहेको पाइएको छ । कारागारमा कैदीबन्दीहरू त्यत्तिकै बस्दा मानसिक रोग बढ्दै गएको अस्पतालले जनाएको छ । कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश बुढाथोकीका अनुसार हृष्टपुष्ट कैदीबन्दीलाई सरकारले प्रयोग गर्न नसकेपछि कारागारमा मानसिक रोगी बढिरहेको बताए । उनका अनुसार अस्पतालमा करिब १५ देखि २० प्रतिशत मानसिक रोगी कैदीबन्दी रहेका छन् । उनले अस्पतालमा सबभन्दा बढी मानसिक रोगी नै रहेको बताउछन् । त्यसपछि मधुमेह, कोलस्ट्रोल, उच्च रक्तचापका बिरामीको साथै महिलाको पाठेघर खस्ने, पाठेघरमा सङ्क्रमणजस्ता पनि बिरामी कागारारमा रहेका छन् । यस्तै क्यान्सरका पनि बढ्दै गएको उनको भनाइ छ । अस्पतालमा…

Read More