Author: महेन्द्रनगर पोष्ट

बैतडी: सुदूरपश्चिम प्रदेशमा डेंगुबाट एक हजार छ सय बढीमा सङ्क्रमण भएको छ । सन् २०२२ र २०२३ मा गरेर एक हजार छ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ । प्रदेशमा सन् २०२३ को सुरुआतदेखि हालसम्म तीन सय २५ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी पहाडी जिल्ला दार्चुलामा एक सय ९१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । यस्तै, कञ्चनपुरमा ५७, अछाममा ३१, कैलालीमा २४, बझाङमा छ, बैतडीमा पाँच, डोटीमा पाँच, बाजुरामा चार र डडेल्धुरामा दुई जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमणका…

Read More

कैलाली: कैलालीमा ४ नाल भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय चौमालाको टोलिले ४ नाल भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

तनहुँ: तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ। अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना सजायको फैसला सुनाएको हो। जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए।  सुष्माले विसं २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित न्यू लिगलिग प्यालेस एण्ड लजमा बास बस्ने क्रममा छोरीलाई विष खुवाएर आफूले समेत विष सेवन गरेको अवस्थामा होटल सञ्चालकले भेटी तत्कालै उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगेका थिए। उक्त घटनामा छोरी कुसुम…

Read More

काठमाडौं: सरकार माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने तयारीमा लागेको छ । मंगलबारको मन्त्रीपरिषद् बैठकले संघीय संसदमा पठाउन स्वीकृत गरेको विधेयकमा एसईई परीक्षा खारेज गर्ने प्स्ताव गरेको छ । विद्यालय संरचनामा आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को व्यवस्था छ । संसदमा पठाउन लागिएको विधेयकको मस्यौदामा आधारभूत तहको अन्तिम परीक्षा (कक्षा ८) सञ्चालनको अधिकार स्थानीय तहलाई र माध्यमिक तहको अन्तिम परीक्षा (कक्षा १२) को सञ्चालनको अधिकार राष्ट्रिय परीक्षा बोर्डमा नै निहित हुने गरी एसइई खारेज गर्ने प्रस्ताव गरिएको बताइएको छ । कक्षा १० को परीक्षा भने सम्बन्धित विद्यालयले नै लिने गरी प्रस्ताव गरिएको छ। नेपालमा १९९० सालदेखि…

Read More

धनगढी: नेपाली सेनामा तीन हजार बढी नयाँ सैनिक भर्ती भएका छन्। विभिन्न ब्यारेकमा भर्ना भएका नयाँ सैनिकलाई सैन्य आधारको तालिम दिन थालिएको छ। जसमा सुदूरपश्चिमका पनि ४०० नयाँ सैनिक रहेका छन्। उनीहरुको तालिम थालिएको जनाइएको छ। सैनिक स्रोतका अनुसार श्री देवीदल गण, कैलालीमा २५०, श्री भैरवप्रसाद गण, डोटीमा एक सय, श्री गुरुगोरख गुल्म, दार्चुलामा ५० जनालाई भर्ना गरिएको छ। सेनाले उनीहरुको सैन्य तालिम थाल्ने तयारी गरेको छ। सैन्य तालिममा जाँदा व्यक्तिगत सामान अनिवार्य लैजानुपर्ने  नेपाली सेनाले सैन्य तालिममा जाँदा आफ्ना व्यक्तिगत सामानहरु अनिवार्य साथमा लिन सुसूचित गराएको छ। ठूलो कालो झोला, एक जोर सिभिल लुगा, साधारण नोख भएको एकजोर कालो…

Read More

धनगढी: चालू आर्थिक वर्षका लागि संघ सरकारले बजेट विनियोजन नगरेपछि धनगढीको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको सेवा ठप्प भएको छ । प्रयोगशालाले १५ साउनबाट  अतिआवश्यकबाहेक सबै प्रकारका सेवा बन्द गरेका छन् । पशुचौपायामा व्यापक मात्रामा रोग देखिएको अवस्थामा बाहेकका सेवा बन्द गरिएको प्रयोगशालाका प्रमुख डा. नरेशप्रसाद जोशीले बताए । यो प्रयोगशालाले सुदूरपश्चिमका नौवटै जिल्लाका पशुचौपायामा देखिएको रोग परीक्षण, निदान, खोप वितरणलगायत सेवा प्रदान गर्दै आएको छ । प्रयोगशाला बन्द भएपछि पशुपन्छीका खोप वितरण कार्य पनि रोकिएको छ। प्रयोगशालामा अहिले खोरेत, पिपिआर, रेबिजलगायत रोगका आठ लाख खोप मौजदात रहेको प्रयोगशाला प्रमुख जोशीले जानकारी दिए। ती खोप जिल्लाहरूलाई वितरण र व्यवस्थापन गर्न बजेट नरहेको उनले बताए। धनगढी…

Read More

कैलाली: प्रहरीले धनगढीमा भन्सार छलेर ल्याएका सामान बेवारिसे अवस्थामा फेला पारेको छ। प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–२ तिलके तालबाट ५१ हजार रुपैयाँ मूल्य बराबरको कुर्ती बेवारिसे अवस्थामा फेला परेको हो। बुधबार बिहान प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको सो सामान कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको बताइएको छ।

Read More

धनगढी: सुदूरपश्चिम पश्चिम प्रदेशको राजधानी भएको जिल्ला कैलालीबाट जितेका ६ जना मन्त्री बनेका छन्। हिजो सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएसँगै कैलालीबाट मन्त्री हुनेको संख्या ६ पुगेको हो। जिल्लाबाट १ जना मुख्यमन्त्री र १ जना संघीय सरकारमा मन्त्री छन्।  कैलाली निर्वाचन क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित रञ्जिता श्रेष्ठ चौधरी संघीय सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुन्। कैलाली निर्वाचन क्षेत्र नं १ (१) बाट निर्वाचित कैलाश चौधरी सुदूरपश्चिम सरकारको राज्यमन्त्री भएका छन्। यस्तै निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभातर्फको दुइटै निर्वाचन क्षेत्रले मन्त्री पाएको छ। यहाँका मुख्यमन्त्री कमलबहादुर शाह क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसबाट…

Read More

काठमाडौँ: ४० हजार राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव विद्यालय शिक्षासम्बन्धी विधेयकमा गरिएको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले विधेयक समितिबाट पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ।  सो विधेयक अझै सार्वजनिक भने भएको छैन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उच्च स्रोतले विधेयकमा राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव गरिएको जानकारी दिएको छ। साविकको उच्च माध्यमिक विद्यालय (कक्षा ११/१२) को चार हजार अनुदानलाई पनि दरबन्दीमा परिणत गर्ने प्रस्ताव विधेयकमा गरिएको छ। सो तहमा दुई हजार दरबन्दी र चार हजार अनुदानमा अस्थायी रूपमा शिक्षक व्यवस्थापन गरिएको छ।  “विधेयक पारित भएमा दुवै किसिमका गरी एकै…

Read More

काठमाडौँ: नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको डिप्रेसन नामक मौसमी प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही  कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र मधेस प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेस प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।…

Read More