Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको कैलारी गाउँपालिकाले आफ्ना ११ जना कर्मचारीलाई सेवाबाट हटाएको छ। गाउँपालिकामा २०७४ देखि कार्यरत कर्मचारीहरुलाई साउन १ गतेदेखि सेवाबाट हटाइएको हो। सेवाबाट हटाइएका कर्मचारीले भने बिना कारण आफूहरुलाई निष्कासन गरिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरुले आफ्नो पुनर्वहालीसहितको माग राख्दै गाउँपालिकालाई सोमबार ज्ञापनपत्र समेत बुझाएका छन्। गाउँपालिकाका कार्यवाहक अध्यक्ष धोजहरिपाल बोहरालाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘बिना कारण र बिना विकल्प सेवाबाट हटाउने गरी गरिएको निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। जसबाट हामी निकै दुःखी भएका छौँ।’ उनीहरुले आफूलाई हटाउने निर्णय फिर्ता लिन पनि माग गरेका छन्। आफूहरुलाई पुनर्बहाली गर्नुपर्ने, कार्य सम्पादन मूल्याङ्कन गर्नुपर्ने, समावेशी विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र आर्थिक भारको…

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरू चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा…

Read More

कैलाली: कैलालीको अत्तरिया क्षेत्रमा होटल खोलेर यौनधन्दा गराउने २ जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका-२ आदर्श गल्लीमा रहेको बोगटी अछाम होटलका सञ्चालक डोटीको घण्टेश्वरका प्रकाश थापा र कैलालीको घोडाघोडी बस्ने बिमला सुनार पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उक्त होटलबाट १ बट्टा कण्डम, ९ ट्याबलेट गर्भनिरोधक औषधि इकोन पिल्स र सरजोल क्रीम १ बट्टा बरामद भएको छ। वेश्यावृत्ति तथा अनैतिक क्रियाकलापमा संलग्नता रहेका उनीहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विदेशमा बस्नेतहरूमध्येबाट ६ जनालाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेका छन् । १३औँ महाधिवेशनपछि काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्षलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । नेपालको संविधानले गैरआवासीय नेपालीलाई राजनीतिक बाहेकका मात्र अधिकार दिने व्यवस्था गरेको छ । यो व्यवस्थाको पालनाका लागि नेपाली काँग्रेसले विदेशस्थित पार्टीका सङ्गठन जनसम्पर्क समितिमार्फत महाधिवेशन प्रतिनिधि पनि बनाउन नपाउने हो । तर, महामन्त्री शर्माले भने केन्द्रीय समिति बैठकमा सोमबार ६ जना केन्द्रीय सदस्य नै मनोनीत गर्न सभापतिसमक्ष प्रस्ताव गरेका हुन् । “कम्तीमा ६ वटा केन्द्रीय सदस्य जनसम्पर्क समितिबाट बनाउने…

Read More

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहमा रिक्त पदहरूको विवरण माग गरेको छ । निर्वाचन पश्चात् जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूको पद रिक्त भए निर्वाचन आयोग र संघीय मामिला मन्त्रालयलाई बुझाउन परिपत्र गरेको हो । मन्त्रालयको संघीय मामिला शाखाका अनुसार विवरण निर्वाचन आयोगमा बुझाएपछि आवश्यकताका आधारमा उपनिर्वाचन गर्ने आयोगको तयारी रहेको छ । पत्र :

Read More

काठमाडौं : गत आर्थिक वर्ष २०७९/८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार गत असार मसान्तसम्ममा नेपालले कुल रू १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख बराबरको व्यापार घाटा व्यहोरेको देखिएको हो । अघिल्लो वर्षको तुलनामा भने व्यापारघाटा १५ दशमलव ४५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले कुल रू १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको समग्र वैदेशिक व्यापारसमेत १६ दशमलव ५८ प्रतिशतले घटेको छ ।…

Read More

कैलाली : कैलालीमा लागुऔषध (खैरो हिरोईन) सहित एक महिला पक्राउ परेकी छन् । जिल्लाको लम्कीचुहा न.पा. वडा नं. ३ चिसापानी बजारमा लागु औषध (खैरो हेरोईन) को कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खटिएको महिला सहितको प्रहरी टोलिले सोही ठाउँ बस्ने दीपा बिष्ट (साउँद) लाई पक्राउ गरेको हो । विष्टलाई प्रहरीले संकास्पद तवरले हिडडुल गरीरहेको अवस्थामा फेला पारी खानतलासी गर्दा १५० मिलिग्राम लागु औषध (खैरो हेरोईन) सहित पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भई रहेको र कैलाली जिल्ला अदालतबाट थुनछेक आदेशानुसार पूर्पक्षको लागि कैलाली कारागार पठाएको प्रहरीले जनाएको छ ।

Read More

झापा : झापामा सशस्त्र प्रहरीमाथि ढुंगामुडा र हातपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गाउँपालिका-१ स्थित रसुनगन्ज निवासी जितेन यादव रहेका छन्। घटनामा संलग्न मुख्य योजनाकार चन्द्रमोहन यादवसहित तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ। डियुटीमा खटिएका सशस्त्र प्रहरी चढेको गाडीलाई लक्षित गरी यादवसहित चार जनाको समूहले करिब एक महिनाअघि ढुंगामुडा गर्दै हातहतियार खोस्ने प्रयास गरेका थिए। त्यसपछि सशस्त्रले उनीहरुविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा यादवलाई शनिबार पक्राउ गरेको र चन्द्रमोहन लगायत तीन जना फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। प्रहरीले यादवविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी…

Read More

धनगढीः कैलालीमा वन मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका–९ का २५ वर्षीय राजु चोधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। चौधरीलाई २०७२ मंसिर २८ गते १८ हजार ४४० रुपैँया जरीवान तोकेको थियो। उनलाई सोमवार उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो।

Read More

धनगढीः कैलालीमा भन्सार छलिका सामान बरामद गरिएको छ। जिल्लाको टीकापुर नगरपालिका–८ श्रीलंकाबाट भन्सार छलि १४ हजार ९२० मुल्यबराबरको सुर्ती, लुगा सिलाउने धागो, बिडी,प्लाष्टिक झिल्ली, गुट्खा लगायतका सामान सोमबार दिउसो प्रहरी गस्ति टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। कारबाहीकालागि सामान भन्सार कार्यालय सत्तिमा पठाइएको छ।

Read More