Author: महेन्द्रनगर पोष्ट

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टिका नेता स्वर्णिम वाग्लेले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसँग भेटघाट गरेका छन्। पार्टीको प्रादेशिक प्रशिक्षणमा सुदूरपश्चिम पुगेका वाग्लेले मेयर हमालसँग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। वाग्लेले मेयर हमालले गरेका सुशासन, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ,नागरिक सुरक्षा, सहरी सौन्दर्य जस्ता काम प्रेरणादायी रहेको बताएका छन्। उनले स्वतन्त्र नेता भ्रष्ट दलतन्त्रको दलदलबाट कसरी सफल बन्छ भन्ने बारे हमालको अनुभव रोचक रहेको भन्दै प्रशंशा समेत गरेका छन्।

Read More

चितवन : नारायणगढ मुग्लिन सडकको जलवीरेमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । आज दिउँसो करिब साढे २ बजेबाट इच्छाकामना गाउँपालिका-६, मा पर्ने जलबीरेमा सुख्खा पहिरो खसेपछि सडक बन्द भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार सुख्खा पहिरोको कारण दुबैतर्फ बाटो अवरुद्ध छ । उनले अहिले प्रहरी र सडक कर्मचारीको टोलीले पहिरो हटाउने काम गरिरहेको जानकारी दिए ।

Read More

काठमाडौँ: अस्ति बिहीवार राति उत्तराखण्डको रूद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परि बेपत्ता भएकामध्ये तीन जना नेपालीको परिचय खुलेको छ। पहिरोमा बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । भारतको राजधानी नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालीकोट घर भइ गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरुका आफन्तबाट पहिचान खुलेको हो । ‘घटनास्थलमै रहेका आफन्तबाट तीन जनाको पहिचान खुलेको हो’ उनले भने । घटनास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रुपमा, स–साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका चर्तुवेदीले बताए । बेपत्ताको खोजीका लागि भारतीय पक्षसित…

Read More

काठमाडौँ: सरकारले उत्तराखण्डमा गएको पहिरोमा बेपत्ता भएका नेपालीको खोजी र उद्धार गरिदिन भारत सरकारसँग आग्रह गरेको छ । परराष्ट्रमन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आग्रह गरेका हुन् । रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परि १९ जना बेपत्ता भएकामा धेरै नेपाली नागरिक रहेका अनुमान छ ।मुख्यमन्त्री धामीले परराष्ट्रमन्त्री साउदसँग आज बिहानैदेखि बेपत्ताहरुको खोजीका लागि सुरक्षाकर्मी र अन्य निकायहरु खटाइएको बताएका छन् । बेपत्ता नेपालीको खोजी भइरहेको नयाँदिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ । केदारनाथधामको पैदलमार्ग शुरु हुने ठाउँमा खसेको पहिरोमा परेका नेपाली र भारतीयमध्ये तीनजनाको शव फेला परेको…

Read More

एजेन्सी: पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको छ । इस्लामाबादमा रहेको एउटा अदालतले राज्यका उपहारहरू बिक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा खानलाई दोषी प्रमाणित गरेको बीबीसी हिन्दीले जनाएको छ । अदालतले खानलाई एक लाख रुपैयाँ जरिबाना पनि तोकेको छ । खानले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् । आज दिउँसो १२ बजेपछि तोसाखाना मामिलाको सुनुवाइ तेस्रो पटक शुरु भएको हो । त्यसमा इमरान खानका वकिल अनुपस्थित रहेका थिए । अदालतले खानका वकिललाई १२ बजेसम्म उपस्थित हुन समय दिएको थियो । त्यसपछि अदालतले आफ्नो निर्णय सुनाएको बीबीसी हिन्दीले जनाएको छ…

Read More

धनगढी:श्रीमानले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दिन सक्ने प्रावधान लागु भएपछि कैलालीमा अदालत धाउने पुरुषको संख्या बढ्दै गएको छ । जिल्ला अदालतकाअनुसार सोही कानुनी व्यवस्थाका कारण कैलालीमा सम्बन्ध विच्छेदका लागि अदालत पुग्ने महिलाको भन्दा पुरुषको संख्या झण्डै दोब्बर पुग्न थालेको छ । गत आर्थिक वर्षमा जिल्ला अदालतमा ६ सय ९३ वटा सम्बन्ध विच्छेद सम्बन्धीका मुद्दा दर्ता भएकोमा चार सय मुद्दा पुरुषले मात्र दिएका छन् । ती मध्ये ४ सय ७९ मुद्दाको अन्तिम सुनवाई भएको छ भने २१४ मुद्दा फछ्यौट गर्न बाँकी छन् ।

Read More

डडेल्धुराः डडेल्धुराकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन् । जिल्लाको परशुराम नगरपालिका–८ अ‍ैडुङ्ग्राकी विमला नेगीले बाटोमै बच्चा जन्माएकी हुन् । स्ट्रेचरमा बोकेर अस्पताल लैजाँदै गर्दा उनको बाटोमै शिशु जन्मिएको स्थानीय कविता धमलाले बताइन् ।

Read More

धनगढीः कैलाली अदालतको एक तथ्यांकले सरकारी अड्डाको अभिलेखिकरण र त्यसको महत्त्व एक संवेदनशीलता कति हुन्छ ? भन्ने देखाएको छ।जसम जिल्ला अदालत कैलालीका ३९० मिसिलमा किरा लागेको पाइएको छ। अदालतका २४ हजार ९ सय ४० मिसिलमध्ये ३९० मिसिल किरा लागेर काम नलाग्ने भएका छन्। पछिल्लो समयको प्रविधि अनुरुप मिसिलको अभिलेखिकरण हुनेपर्ने भएपनी कैलाली अदालतले त्यो गर्न सकेको छैन।अहिलेसम्ममा २४ हजार ५५० मिसिल नयाँ प्रविधि अनुसार सफ्टवेयरमा राखिएको भए पनि बाँकी ३९० मिसिल राख्न नसकिने अवस्थामा रहेको जिल्ला अदालतका श्रेस्तेदार मानबहादुर विष्टले बताए। तर, जिल्ला अदालत कैलालीले हाल भने सर्वोच्च अदालतले समेत हेर्न मिल्ने गरेर मिसिलहरु इन्टरनेटमा सुरक्षित राख्दै आएको जनाएको छ।…

Read More

दोधारा चाँदनी: कञ्चनपुरको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जभित्र रहेका वन्यजन्तुको आहारा पहिचान गर्न लागेको छ । निकुञ्जमा रहेको घाँसे मैदानमा वन्यजन्तुको आहारा पहिचानका लागि अध्ययन भइरहेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले घाँसे मैदानमा ‘प्लट’ छुट्याएर अध्ययन भइरहेको जानकारी दिए । “निकुञ्जको घाँसे मैदानमा खेतका गराजस्तै साना प्लट बनाएका छौं, कुनै प्लटमा घाँस छ, कुनै प्लटमा घाँस काटिएको छ, कतै काटिएको घाँसमा आगो लगाएको छ”, सहायक संरक्षण अधिकृत ऐरले भने, “निकुञ्जको विशाल घाँसे मैदानमा साना प्लट बनाएर विभिन्न प्रविधिबाट घाँसे मैदानको परीक्षण भइरहेको छ ।” वन्यजन्तुको आहारा र वासस्थान व्यवस्थापनका लागि उपयुक्त विधि पहिचान…

Read More

धनगढीः अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका-१ जैधनकी २५ वर्षीया निर्मला साउँदको मृत्यु भएको हो । साउँदको शनिवार बिहान भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उनका ३ वर्षका छोरा छन् ।

Read More