Author: महेन्द्रनगर पोष्ट

बैतडी: नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस) का केन्द्रीय सचिव विष्णु चन्दले खेलकुद क्षेत्रको विकासमा आफूहरु लागिपरेको बताएका छन्। बैतडीमा नेकोसको विस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्दै चन्दले यस्तो बताएका हुन्। यस्तै चन्दले खेल र खेलाडीको हितका लागि सदैव आफूहरु क्रियाशील रहेको बताउँदै बैतडी जिल्ला खेल इतिहास बोकेको एवं राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने क्षेत्र भएको बताए। त्यस्तै बैतडीमा नेकोसले आफ्ना गतिविधिहरु संचालन गर्ने निर्णयसमेत गरेको छ। “खेलकुद नागरिकको अधिकार, सम्बृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार” भन्ने मूल नाराका साथ नेकपा एमालेको जनवर्गिय संगठन नेपाल खेलकुद महासंघले सोमबार पार्टी कार्यालय गढीमा एक भेला आयोजना गरेको थियो। सो भेलाले जिल्ला कमिटीलाई पुनर्गठन…

Read More

धनगढी: नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले धनगढीमा वृक्षरोपण गरेका छन्। प्राधिकरणको ३८ औं वार्षिकोत्सवका अवसरमा उनीहरूले वृक्षरोपण गरिएको बताइएको छ। प्राधिकरणको सुदूरपश्चिमस्थित कार्यालय र मातहतका कर्मचारी तथा कार्यालयले सो अवसरमा वृक्षरोपण गरेका हुन्। उनीहरू धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ स्थित शिवपुरी धामको सामुदायिक वनमा वृक्षराेपण गरेका थिए। सामुदायिक वन परिसरमा करिब ३०० बोटहरु राेपिएको बताइन्छ। ‘रुख काट्ने मात्र नभई रुख बोटबिरुवाको संरक्षण पनि गरिन्छ’ भन्ने सन्देश दिन प्राधिकरणले प्रत्येक वर्ष साउन १५ गते मुलुकभरका कार्यालयमार्फत् वृक्षरोपण गर्दै आएको छ। हरियो वन नेपालको धन भन्ने नारालाई समर्थन गर्दै प्राधिकरणले बेलाबेलामा रुखहरुका हांगा काट्ने तथा बोटहरु काट्नुपर्ने भएका कारण प्राधिकरणले काट्ने मात्र नभई…

Read More

काठमाडौँ : साढे २४ करोडको प्रिन्टिङ मेसिन थन्क्याएर ठेकेदारबाट छपाई गर्दै आएको निर्वाचन आयोगका पदाधिकारीहरूबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । निर्वाचन सामाग्री खरिदको नाममा २४ करोड ५३ लाखमा खरिद गरिएको प्रिन्टिङ छपाई मेसिनबारे परेको उजुरीबारे छानबिन थालेको आयोगले तत्कालीन प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीहरूमाथि छानबिन थालेको हो । छोटो समयमै छपाई गर्नु पर्ने भन्दै खरिद गरिएको मेसिनबाट सामाग्री छपाई नै नगरी ठेकेदार मार्फत छपाई गरिनुले पनि कमिसनकै लागि खरिद गरिएको स्पष्ट रहेको आयोगको एक उच्च अधिकारीले बताए । महालेखालेसमेत यसबारे प्रश्न उठाएको थियो । महालेखाको ५८औँ प्रतिवेदनमा २०७५ चैत्र १५ मा हुने उप निर्वाचनमा मतपत्रलगायत अन्य छपाई…

Read More

काठमाडौँ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझ विश्वसनीय र सेवामुखी बनाउन आग्रह गरेका छन्। नेपाली सेनाले सञ्चालन गरेको सैनिक हवाई सेवा अन्तर्गतको मध्य एयरबेसको निरीक्षण गर्दै उनले सेनाले सञ्चालन गरिरहेको हवाई सेवा अरूभन्दा भिन्न रहेको बताए। उनले यसको सेवालाई अझै बढी विश्वसनीय बनाई जनसेवामा समर्पित गर्ने दिशामा बढी ध्यान दिन पनि आग्रह गरेका छन्। अन्य संस्थाको तुलनामा कम सेवा सुविधामा पनि नेपाली सेनाले हरेक अप्ठ्यारो परिस्थितिमा हवाई सेवा दिइरहेको भन्दै उनले सरकारले यसको सधैँ उच्च मूल्याङ्कन गरिरहेको स्पष्ट पारे। उपप्रधानमन्त्री खड्काले सेनाको हवाई क्षेत्रमा काम गर्ने पाइलटदेखि अन्य सबै कर्मचारीले देशलाई परेको हरेक…

Read More

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २१ दिन भित्र आफ्नो पार्टी कार्यालय खाली गर्ने बताएको छ। सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक सूचना जारी गर्दै २१ दिन भित्र घर खाली गर्ने बताएका हो। काठमाडौँ महानगरपालिकाले धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यालय रहेको घर हाइटेन्सनमुनि निर्माण भएको भन्दै भत्काउन निर्देशन दिएको थियो। महानगरले तीन दिनको समय दिएर शुक्रबारै माइकिङ गरिएको भएपनि राप्रपाले भवन खाली गराएको थिएन। राप्रपाको कार्यालय खाली गराउन आज महानगरको टोली डोजरसहित हाँडी गाउँ पुगेका थिए। यता राप्रपा कार्यकर्ताले कार्यालय जाने बाटोमा कार तेर्स्याइएर बाटो बन्द गरेका थिए।

Read More

बैतडी : भारतसँग सीमा जोडिएको बैतडी जिल्लाबाट पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ । गएको तीन वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष हराउने महिला तथा बालबालिकाकोे सङ्ख्या बढ्दै गएको हो । पछिल्लो तीन वर्षमा यहाँबाट दुई सयभन्दा बढी महिला तथा बालबालिका हराएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०७९/८० सम्म यहाँ दुईसय ४३ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुुसार आर्थिक वर्ष २०७७/७८ मा ६०, आव २०७८/७९ मा ७८ र गत आव २०७९/८० मा एकसय पाँचजना हराएका छन् ।…

Read More

काठमाडौं : यती एयरलाइन्सको एउटा विमान पोखरामा ग्राउण्डेड भएको छ । काठमाडौं उड्न ठिक्क परेको जहाजमा मुसा देखिएपछि उडान रोकिएको हो । आज बिहान पौने १२ बजे यात्रुहरु बोर्डिङ गरिसकेपछि विमान रोकिएको हो । बिहानदेखि खोज्न थालिएको मुसो अपरान्ह साढे ४ बजेसम्म फेला परेको छैन । मुसो खोज्न र थप प्राविधिक परीक्षणका लागि काठमाडौंबाट इञ्जिनियरहरुको टोली पोखरा पुगेको छ ।

Read More

धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट अबैध रुपमा भन्सार छली ल्याएका अन्दाजी १५ हजार मुल्य बराबरको सुर्ती, बिडी लगायतका सामानहरु सोमबार दिउँसो प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। सामान नियन्त्रणमा लिइ कारबाहीको लागी भन्सार कार्यालय त्रिनगर पठाइएको प्रहरीले जनाएको छ।

Read More

धनगढी : कञ्चनपुुरमा गाई र गोरुको छालासहित दुई जना पक्राउ परेका छन् । पुनर्वास नगरपालिका–११ को डोकेबजारमा आईबीआरडीबाट काठमाडौँ जादै गरेको सुपप्र ०२–००१ ख ११०८ नम्बरको बसमा चेकचाँच गर्दा गाईगोरुको छालासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–३ बस्ने ५२ वर्षीय ङेने तामाङ्ग र सिन्धुपाञ्चोकको सुनकोशी गाउँपालिका–४ बस्ने ४० वर्षीय सन्तोष कुमार खड्का रहेको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० प्रकाश डाँगीले जानकारी दिए । उनकाअनुसार बसमा लगिरहेको अवस्थामा १५ वटा बोरामा प्रति बोरा १० का हिसाबले एक सय ५० गाईगोरुको छाला बरामद गरिएको छ । दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ : नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मन्त्रीहरू तानिने डरले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान सरकार डराएको दाबी गरेका छन् । सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक गिरीले यस्तो दाबी गरेका हुन् । उच्चस्तरका नेता र कर्मचारी तानिने डरले सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न हिचकिचाइरहेको जिकिर गरेका छन् । उनले नेपाललाई सुन तस्करको अखडा बनाउने कुरा सह्य हुन नसक्ने बताए । उनले भने, ‘सरकार सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउन किन चाहन्न भने त्यहाँ मन्त्रीहरू तानिन सक्छन्, हाई प्रोफाइलका कर्मचारी, नेताहरू तानिन सक्छन् । त्यसैले सरकार उच्चस्तरीय छानबिन बनाउन तयार छैन,…

Read More