Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडी भित्र रहेका खानेपानीका मुहानहरूमा ‘कोलिफर्म’  किटाणु फेला परेको छ। खानेपानीका मुहानहरूमा  परीक्षण गर्दा दिशामा हुने  ‘कोलिफर्म’ कीटाणु फेला परेको हो। स्वास्थ्य कार्यालय बैतडीले नमूना संकलन तथा परीक्षण  गर्दा कतिपय खानेपानीका मुहानहरुमा कोलिफर्म कीटाणु फेला परेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपीन लेखकले जानकारी दिए। संकलन गरिएको नमूना मध्ये ५० प्रतिशत बढी मुहानहरुमा कोलिफर्म कीटाणु फेला परेको उनले बताए। दशरथचन्द नगरपालिका ११, पुर्चौडीमा १२, पाटनमा १३,मेलौलीका १७ खानेपानीका मुहानमा केलिफर्म  कीटाणु फेला परेको  छ। यस्तै पञ्चेश्वरका १४, शिवनाथका १२, सिगासका १०, सुर्नयाका १७, दोगडाकेदारको १८ र डिलाशैनि गाउँपालिकाका १२ ओटा पानीका मुहानमा कोलिफर्म कीटाणु भेटिएको हो। नियमित रुपमा प्रयोग…

Read More

डडेल्धुरा: भरुवा बन्दुकसहित डडेल्धुराको अजयमेरुमा एक जना पक्राउ परेका छन्। अजयमेरु गाउँपालिका–६ भण्डारी गाउँ बस्ने ४२ वर्षीय वीरसिंह भण्डारीलाई एकनाले एक थान भरुवा बन्दुकसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो। भण्डारीसँग ईजाजतपत्र नभएको उक्त बन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी देवलदिब्यपुरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको बताइएको छ।

Read More

बझाङ: बझाङको वित्थडचिर गाउँपालिका-१ आनन्दपुरका कलक बोहराले पुस्तौंदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाए। आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उनी तरकारी खेती रोजेका हुन्। बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोहरालाई यसपटक पर्याप्त आलु उत्पादन भएपछि घर छोड्न मन लागेको छैन। छोड्नुपर्ने अवस्था पनि छैन। पाँच कट्टामा बीउ रोपेका बोहरालाई आलु बेचेर जीविकोपार्जन हुने देखेपछि अब उनको रोजाइ तरकारी खेती नै भएको छ। ‘दुई सुप्पो मकै फल्ने बारीमा यसपटक चार बोरा आलु फल्यो। गत साता ३४ हजार रुपैयाँको आलु बेचे। अझै १० क्विन्टल जति आलु खन्न बाँकी छ’, बोहराले भने। उनी यस वर्ष मात्र…

Read More

धनगढीः  कैलालीमा लागुऔषधसहित दुई युवा एक युवती पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–२ तेघरीका १९ वर्षीय रियाज मगर, सोहि ठाउँका २० वर्षीय रोशन गुरुङ र कञ्चनपुरको बेलडांडी गाउंपालिका–४ कि २० वर्षीया कबिता बस्नेत लागुऔषधसहित पक्राउ परेका हुन्। उनीहरुलाई शनिबार गोदावरी नगरपालिका –४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ। कबिता र रियाजलाई चेक गर्दा कबिताको साथबाट ५० ग्राम लागुऔषध फेला परेका थियो। रियाजले रोशनबाट लिएको बताएपछि प्रहरी उनको घरमा पुगेको थियो। रोशनको घरमा चेक गर्दा गोठबाट दुई ग्राम ८१० मिलिग्राम लागुऔषध फेला पारेपछि तिनै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीमा सिँचाइ आयोजनाको नहरमा एक बालिका बेपत्ता भएकी छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–३ बलचौरका दिपक चौधरीकि ६ वर्षीया छोरी रीतिका चोधरी बेपत्ता भएकी हुन्। हिजो दिउँसो रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा दुई बालिका बगेकी थिइन्। सोही ठाउँकी ९ वर्षीया आकृति चौधरीको भने लगत्तै स्थानीयले उद्धार गरेका थिए। बेपत्ता बालिकाको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

Read More

डडेल्धुरा: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेल्धुरा अस्पतालका ३० वेड निःशुल्क गरेको छ। मन्त्रालयले डडेल्धुरासहित देशभरका सरकारी अस्पतालमा ३ हजार ५ सय २३ बेड निःशुल्क गरेको हो। सुदूरपश्चिममा संघीय सरकार मातहत रहेको एकमात्र विशिष्ट विशेषज्ञ अस्पतालको रूपमा संचालित डडेल्धुरा अस्पताल प्रदेशका पहाडी ७ जिल्लाको केन्द्रमा रहेर सेवा प्रवाह गरिरहेको छ। मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असाहयहरूको उपचारमा सहजताका लागि निःशुल्क वेड व्यवस्था गरेको बताइएको छ। काठमाडौं उपत्यकाभित्र वीर अस्पतालमा ७००, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ९०, मानसिक अस्पताल, ललितपुरमा ४०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६०,परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीमा ४ सय ५० र राष्ट्रिय ट्रमा सेन्टरमा १ सय ५०…

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ। साथै मधेस प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने मधेस र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा  हल्का देखि…

Read More

धनगढी: सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिष्कारका बीच प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ। शनिबार राति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटसँग सम्बन्धित विधेयकहरु बहुमतले पारित गरेको हो। प्रदेशसभा बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र व्ययको अनुमान र आर्थिक ऐन २०८० बहुमतले पारित गरेको हो। सत्तारुढ दलहरुले यथास्थितिमा बजेट पारित गर्न नमानेकाले ती विधेयकहरु संशोधनपछि पारित गरिएका हुन्। नेकपा एमालेले भने तोकिएको समयमा बैठक सुरु नगरेको र कार्यसूचीमा नै नभएको बजेट पारित गर्ने…

Read More

धनगढी: राप्रपाकी सुदूरपश्चिम प्रदेश सभामा एक्ली प्रदेश सभा सदस्यको रुपमा रहेकी खेमा विष्ट आलोचित बनेकी छन्। प्रदेश सभामा प्रतिपक्षी दलको प्रतिनिधिको रुपमा रहेकी उनले सुदूरपश्चिम सरकारको बजेट पास गराउन बार्गेनिङ गरेको भन्दै आलोचना भैरहेको हो। शनिबार सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राप्रपा र स्वतन्त्र प्रदेश सभा सदस्यले बजेट पास गर्नका लागि बोलाइएको प्रदेश सभा बैठक बहिस्कार गरेका थिए। एमालेले पत्रकारहरु माझ बैठक बहिष्कारको घोषणा गरेको थियो। उसले सो प्रतिबद्धता अनुसार बहिष्कार पनि गर्यो। तर त्यहीँ बाचा गरेर बोली र प्रतिबद्धता फेरेकी प्रदेश सभा सदस्य विष्टलाई विभिन्न आरोप समेत लागेका छन्। नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले राप्रपाकी विष्टले…

Read More

बैतडी : भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ । नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको झुलाघाट नाका खोल्नेबारे उक्त सहमति भएको हो । यसअघि झुलाघाट नाका बिहान ७ बजे मात्रै खुल्ने गरेको थियो । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले नेपाल–भारत सीमामा रहेको झुलाघाट पुल एक घन्टाअघि खोल्ने सहमति भएको जानकारी दिए । उनले भने, ‘झुलाघाट पुल अब बिहान ६ बजे खुल्ने र साँझ ७ बजे बन्द हुनेछ । यसले दुवै देशका नागरिकलाई सहज हुनेछ ।’ यसअघि बिहान ७ बजे नाका खुला…

Read More