काठमाडौं : नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि नयाँ नोट वितरण गर्ने तयारी गरेको छ। घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ। राष्ट्र बैंकले दशैं–तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ। हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन भइरहेको छ। विवरण संकलन भइसकेपछि वितरणको काम सुरु हुने छ। नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका अनुसार घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी छ। अघिल्ला दुई वर्ष…
Author: महेन्द्रनगर पोष्ट
काठमाण्डौं : सुन चाँदीको भाउ घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा चार सय र चाँदी ३० रुपैयाँले घटेको छ। सुनको भाउ आज तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो तोलाको १ लाख १२ हजार २ सय रुपैयाँ थियो। यस्तै, चाँदी आज तोलाको १ हजार ४ सय रुपैयाँ छ। हिजो तोलामा १ हजार ४ सय ३० रुपैयाँ थियो।
धनगढी : काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रीबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९, शिवखोलामा दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जना सेनासमेत छन्। प्रहरीका अनुसार बिदामा घर जाँदै गरेका उनीहरू ५ जना सैनिक पनि दुर्घटनामा परेका हुन्। कर्णाली प्रदेश ०२–००१ ख ०३६२ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान ६ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए। बसमा बसमा चालकसहित ४० जना सवार थिए। १८ जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धारमा नेपाली सेना पनि खटिएको थियो। अचानक सडक किनारमा रहेको कलभर्टमा ठोक्किन पुग्दा बस सडकबाट करिब १० मिटर तल खसेर पल्टिएको…
धनगढी: कैलालीमा अवैध ढुङ्गा तथा बालुवा चोरी गर्ने ट्याक्टरहरुलाई नियन्त्रणमा लिइएको छ। आज (मंगलबार) जिल्लाको गोदावरी नगरपालिका-९ को सेहरी र मुरकट्टीस्थित खुटिया खोलाबाट प्रहरीले ट्याक्टर नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, डिएसपी गणेश बरालका अनुसार ती ट्याक्टरहरुले अवैध ढुंगा, बालुवा चोरी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। भे १ त ६०२२, सुप्रप्र ०१००२ त ५३१८, से १ त ७४९६, सुपप्र ०१००२ त ५७६७ नम्बरको ट्याक्टर ईन्जन र ट्रालीसहित र लु ५ त १३८७ नम्बरको ट्याक्टरको ट्राली नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव हुँदा नियमित गस्तीमा समस्या भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दरबन्दीअनुसार हात्ती नहुँदा नियमित गस्ती गर्न समस्या हुने गरेको सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए। “दरबन्दीअनुसार पूर्ण हात्ती आवश्यक पर्छ, बर्खामा हात्तीकै भरमा गस्ती हुन्छ”, उनले भने, “बर्खामा झाडी, तालतलैया तथा बाटो बिग्रिने भएकाले निकुञ्जको सबै ठाउँमा हिँडेर जान सकिँदैन, त्यसबेला हात्तीकै प्रयोग हुन्छ।” उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दशवटा हात्तीको दरबन्दी छ। अहिलेसम्म दरबन्दीअनुसार पूर्ण हात्ती निकुञ्जले पाउन सकेको छैन। भएकै हात्ती पनि अशक्त र छावा भएपछि निकुञ्जभित्रको नियमति गस्तीमा समस्या उत्पन्न हुने गरेको छ। हाल यहाँ दुई छावासहित चार भाले…
काठमाडौंः नेपाली क्रिकेट टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन्। सन्दीप मंगलबार बिहानै चीनतर्फ लागेका हुन्। अरू खेलाडी एसियाडका लागि चीन गएपनि सन्दीप मुद्दाका कारण रोकिएका थिए। आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि पनि उनी चीन गएनन्। आइतबार साँझ क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दसँग भएको भेटमा सन्दीपले आफू मानसिक रुपमा तयार नभएको बताएका थिए। त्यही कारण सोमबारका लागि काटिएको टिकट समेत रद्द गरिएको थियो। सोमबार साँझ चन्दसँगै क्रिकेट संघका सचिव पारस खड्काले फेरि सन्दीपलाई भेटेका थिए।
काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका अभियन्ता ईःलाई भेटेकी छन्। फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको भन्दै अभियन्ता ईः उभिएर विरोध जनाइरहेका छन्। ‘फुटपाथबाट विस्थापित भएकाहरुलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन प्रतिवद्ध छ। आफ्नो ठाउँबाट पहल गर्छु,’ ईःसँग उनले भनिन्। अभियन्ता ईः महानगरपालिकाको मेयर उपमेयरको कार्यालयसमेत रहेको राष्ट्रिय सभागृहको गेटमा १८८ घन्टादेखि उभिइरहेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अभियन्ता ईःसँग आफूले वार्ता गर्न खोजेको र तर नमानेको बताएका थिए।
डडेल्धुराः नेपाली उपभोक्ता संरक्षण महासंघ डडेल्धुराले प्रथम जिल्ला कार्य समिति गठन गरेको छ। एक कार्यक्रमकाबीच संस्थाका केन्द्रीय सदस्य सुरेश बोहराको अध्यक्षतामा जिल्ला कार्य समिति गठन गरिएको हो। समितिको अध्यक्षमा अरुणप्रसाद जोशी, उपाध्यक्ष इन्द्र बोहरा, महासचिवमा प्रेमराज पन्त, सचिवमा सुरेश ताम्राकार, सह–सचिवमा दुर्गा देउवा र कोषाध्यक्षमा सितादेवी बोहरा चयन भएका छन। यस्तै सदस्यमा मिना भट्ट, जुनु रोक्का मगर, भागरथी ऐर, गणेशसिंह साँकी, देवराज भट्ट र रमेशप्रसाद पन्त चयन भएका छन्। नेपाली उपभोक्ता संरक्षण महासंघले कालो बजारी, गुणस्तरहीन बस्तु तथा सेवाको पूर्ण निस्कृयता, उपभोक्ता हकहितको लागि जनस्तरको खबरदारीमा प्रतिवद्धता’ भन्ने नारा दिई काम गर्दै आएको छ।
धनगढी: बाजुरामा बलात्कार काण्ड घटाएर भागेका एक युवक नेपालगञ्जमा समातिएका छन्। बाजुरास्थित जगन्नाथ गाउँपालिका-४ का २० वर्षीय दिलबहादुर बुढा बलात्कार आरोपमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बाजुरा स्रोतले बुढा नेपालगञ्जमा हिजो पक्राउ परेको र अहिले जिल्ला ल्याउन लागिएको जानकारी दिएको छ। स्रोतका अनुसार नेपालगञ्ज प्रहरीको सहयोगमा बुढालाई समातिएको हो। प्रहरीका अनुसार उनी एक एकल महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा समातिएका हुन्। उनलाई नातामा हजुरआमा पर्ने महिलालाई गत भदौ २२ गते राति सुतिरहेका बेला बलात्कार गरेको आरोप लागेको हो। उनी जाँड खाएर एकल महिलाको घरमा पसेको प्रहरीको दाबी छ। त्यसपछि उनकै घरका सदस्यसमेत आएर आफूमाथि कुटपिट पनि गरेको महिलाको भनाई…
बैतडी: भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मंगलबार पनि आवागमन बन्द गरिएको छ। महाकाली नदीमाथिको रहेका झोलुंगे पूल मर्मतका लागि आवागमन बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। पूलको भारतीय सीमानातर्फ बेस (काठ) लक भाच्चिएपछि भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले मंगलबार पनि सीमा नाकामा आवागमन बन्द गरिएको हो। यसअघि मर्मतकै लागि भनेर सोमबार पनि आवागमन बन्द गरिएको थियो। तर मर्मतको काम नसकिएको भन्दै मंगलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि आवागमन स्थगन गरिएको प्रजिअ पन्थीले बताए। अर्को सूचना जारी नहुँदा सम्मको लागि दैनिक बिहान ८ः४५ देखि दिउसो १ः१५ बजेसम्म र दिउसो २ः१५ बजे देखि पुनः ४ः१५ बजेसम्म पुलमा…