काठमाडौंः नेपाली क्रिकेट टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन्। सन्दीप मंगलबार बिहानै चीनतर्फ लागेका हुन्।
अरू खेलाडी एसियाडका लागि चीन गएपनि सन्दीप मुद्दाका कारण रोकिएका थिए। आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि पनि उनी चीन गएनन्।
आइतबार साँझ क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दसँग भएको भेटमा सन्दीपले आफू मानसिक रुपमा तयार नभएको बताएका थिए।
त्यही कारण सोमबारका लागि काटिएको टिकट समेत रद्द गरिएको थियो। सोमबार साँझ चन्दसँगै क्रिकेट संघका सचिव पारस खड्काले फेरि सन्दीपलाई भेटेका थिए।
Facebook Comments Box