Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। भारतसँग जाेडिएकाे गाैरीफन्टा नाकामा थप ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ। भारतबाट फर्किनेहरुको परीक्षण गरिएकोमा थप ५ जनामा संक्रमण पुष्टि भएको हाे। यसअघि अस्ति ३ जनामा कोरोना देखिएको थियो। भारतमा काेराेनाकाे नयाँ संक्रमण देखिएका बेला त्यहाँबाट फर्किनेहरूमा समेत संक्रमण देखिन थालेकाे हाे।

Read More

काठमाडौं: राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले देशभरका अधिकांश जिल्ला गुप्तचर प्रमुखहरूको सरुवा गरेका छन्। नेपालको जासुसी संस्था मानिने गुप्तचरका एसपीहरुको सरुवा गरिएको हो। मापदण्डअनुसार सन्तुलित किसिमले एसपी सरुवा गरिएको बताइएको छ। स्रोतका अनुसार सरुवामा राजनीतिक चलखेल गर्नेहरुले विभाग प्रमुखलाई विवादित बनाउन खोजेपनी नियमानुसर सरुवा गरिएको हो।सरुवा विवरण, को कहाँ पठाइए ?• झापा – उमेश पाण्डे • मोरङ – राजन शर्मा सापकोटा • सुनसरी – विमल घिमिरे • धनुषा – तिलक प्रसाई • सप्तरी – कुलचन्द्र नेपाल • मकवानपुर – हेमन्त कार्की • काभ्रे – दीपक खड्का • चितवन – सुरेश तिवारी • तनहुँ – मनोज ढकाल • कास्की –…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको नेतृत्व नयाँ डीआईजी डम्बर विश्वकर्माले सम्हालेसँगै घुमुवा (सादा पोसाकमा खटिने) टोलीका लागि दौडधुप व्यापक बनेको छ। अपराध अनुसन्धान समूहका नाममा गठन हुने पीआईटी टोलीका लागि प्रहरीका सई, वरिष्ठ सईहरुले दौडधुप बढाएका हुन्। केही नयाँ तथा पुराना टोलीकै अधिकृतहरु सो दौडमा रहेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार तत्कालीन पीआईटी इन्चार्ज बासुदेव अवस्थीको बढुवा भएर इन्स्पेक्टरमा बढुवा भएपछि टोली नेतृत्वविहीन छ। अहिले आएर डीआईजीले टोली गठन प्रक्रिया थाल्ने तयारी गरेपछि दौडधुप बढेको हो। सुदूरपश्चिमका पूर्वमन्त्री समेतले जसमा भूमिका खेलिरहेको पाइएको छ। त्यसका लागि सई तथा वरिष्ठ सईहरुले माहोल सिर्जना गरिरहेका छन्। उसो त आउँदा आउँदै…

Read More

काठमाडौं: काठमाडौं महानगरपालिकाको प्रहरी बलको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) विष्णुप्रसाद जोशीले सम्हालेका छन्। प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डे निलम्बित भएपछि जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो। धनगढी उपमहानगरपालिका -२ सन्तोषीटोल स्थायी घर भएका जोशी यसअघि कामपाको विपद् व्यवस्थापन विभागमा कार्यरत थिए। यस अगाडि काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख पाण्डेलाई ६ महिनाको लागि निलम्बन गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन्।

Read More

धनगढी: डडेल्धुराकाे राजनीतिका एउटा अद्वितीय र अनौठो पात्रको आज मृत्यु भएको छ। ‘मम्याल बाजे’ नामले परिचित कर्णसिंह रावलको ८४ वर्षको उमेरमा आज मृत्यु भएको हो। देउवाविरुद्ध चुनाव लड्ने अदम्य आँट बोकेका उनी अब कहिल्यै शेरबहादुर देउवाविरुद्ध उम्मेदवार बन्न सक्ने छैनन्। डडेल्धुराको अमरगढी नगरपालिका निवासी रावल विगत दुई दशकभन्दा बढी समयदेखि नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिँदै आएका थिए। नवदुर्गा गाउँपालिकास्थित मम्या गाउँका बासिन्दा भएकाले उनी ‘मम्याल बाजे’ भनेर चिनिन्थे। २०५६ सालदेखि लगातार पाँचपटक देउवाविरुद्ध चुनाव लडेका रावलले प्रचारप्रसार नगरीकनै उम्मेदवारी दिने परम्परा बनाएका थिए। “मलाई जिल्लाभरि चिन्छन्, त्यसैले प्रचार गर्दिनँ” भन्ने उनी प्रत्येक निर्वाचनमा सूर्यमुखी फूल…

Read More

काठमाडौं: सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा नेपाली सेनाका सहायक रथी रोशन खड्कामाथि थप कारबाही गर्न कोर्टमार्सल (सैनिक अदालत) गठन भएको छ। कोर्ट अफ इन्क्वेरी (प्रारम्भिक अनुसन्धान) का क्रममा सहायक रथी खड्काले कल्याणकारी कोषमा रहँदा अनियमिततामा संलग्न भएकाे पुष्टि भएपछि उनलाई सजाय गर्न कोर्टमार्सल सुरु भएको हो। यो सैनिक अदालतको इजलास हो। प्रधान सेनापतिले गठन गर्ने यस्तो इजलासले नै बहालवाला सैनिकको हकमा फैसला गर्छ। सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखेर फैसलाको प्रक्रिया सुरु भएको हो।  यही हिनामिनामा संलग्न रहेका तर अवकाश भइसकेका अन्य २ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौँमा मुद्दा…

Read More

काठमाडौं: कोशी नदीमा हिजो बगेका सशस्त्र प्रहरी बलका दुई जनामध्ये एक जना जवानको शव फेला परेको छ। सप्तरीतर्फको किनारमा स्थानीय माछा मारिरहेका व्यक्तिले शव देखेपछि सशस्त्रलाई खबर गरेका हुन्। हिजो बगेकामध्ये सशस्त्र प्रहरी जवान हरदे राजवंशीको शव भेटिएको हो। मनसुनजन्य विपद्को पूर्वतयारीका लागि तालिमरत दुई सशस्त्र प्रहरी जवान हिजो कोशी नदीमा बेपत्ता भएका हुन्। सशस्त्रको नम्बर १ गण इलाममा दरबन्दी भई सप्तरीस्थित दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा कार्यरत जवान हरिदेव राजवंशी र नम्बर १३ गण पर्सामा दरबन्दी भई नम्बर २ गण छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सुरज साउद बेपत्ता भएका थिए। मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानुन मन्त्रालयले भोलिदेखि ‘मनसुनजन्य विपद्को…

Read More

काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) बिनोद घिमिरे तोकिएका छन्। घिमिरे प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्। उनी हालै मात्र डिआइजीमा बढुवा भएका थिए। यस अगाडि एसएसपी रमेश थापाले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए।

Read More

काठमाडौं: यहीँ जेठ २५ गतेदेखि २८ सम्म काठमाडौंको किर्तिपुरमा हुन लागेको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन्। धामीले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका हुन्। डोटीबाट विद्यार्थी राजनीतिमा उदाएका धामी अहिलेसम्म सुदूरपश्चिम भूगोलका एकमात्र अध्यक्षका उम्मेदवार देखिएका छन्। सोही कारण उनको दाबीलाई सशक्त रुपमा लिइएको छ। उनी हाल अनेरास्ववियुको केन्द्रिय सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीमा छन्। अनेरास्ववियुमा ३२ वर्ष उमेर हद लागेपछि उनले अध्यक्षमा उम्मेदवारी दिने भएका हुन्। उनीसहित अन्य प्रकाश पौडेल, अन्जना शिवाकोटी, आरती भट्टराई र सुजन कडरिया पनि अध्यक्ष बन्ने लाइनमा छन्। को हुन् धामी ?अध्यक्षका आकांक्षी धामी…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा नेपाल प्रहरीका ३ जना एसएसपीको पद रिक्त बनेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा २ एसएसपी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरमा एक एसएसपी पद रिक्त बनेको हो। महेन्द्रनगरका तत्कालीन एसएसपी दिलीप देउवाको बढुवा भएर डीआईजी बनेपछि रिक्त बनेकोमा अहिलेसम्म त्यहाँ कसैलाई पठाइएको छैन। अहिले त्यहाँ इन्स्पेक्टरले कमाण्ड सम्हालिरहेका छन्। यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा २ एसएसपीको दरबन्दी रहेकोमा एक पहिल्यैदेखि रिक्त थियो भने एकजनाको हालै दिल्ली सरुवा भएको छ। एसएसपी प्रकाश मल्लको दिल्लीस्थित नेपाली राजदुतावासमा काउन्सिलरको रुपमा सरुवा भएको हो। यहाँ पनि अहिलेसम्म कसैलाई पठाइएको छैन।

Read More