Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिएपछि  महाकाली नदीको जनस्तर बढेको छ।  हिजोबाट दार्चुला र आसपासका क्षेत्रमा सामान्य वर्षा भएपनि दार्चुलाको दत्तुस्थित जलस्तर मापन केन्द्रले अहिले त्यहाँको जलस्तर ४.५६ देखाएको छ र। दत्तुको जलस्तर झण्डै डेढ सय किलोमिटर दक्षिण डडेल्धुराको परिगाउँमा भन्दा धेरै छ। परिगाउँमा अहिले महाकाली नदीको जलस्तर ४.१ रहेको त्यहाँ जडित जलस्तर मापन यन्त्रले देखाइरहेको छ। एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको जानकारी अनुसार सिल्ट सफाईको कार्यका लागि बाँधका ढोकाहरु खोल्न लागिएको जनाएको थियो। परियोजनाले जिल्ला प्रशासन कार्यालयलाई पठाएको जानकारी पत्रका अनुसार अहिले बिहान ५ बजेदेखि राति ८ बजेसम्म १५ घण्टाका…

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका –३ शंकरपुर का ३४ वर्षीय राम सेवक चौधरीलाई सोमबार पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले शंकरपुरस्थित सडक खण्डमा शंकास्पद रुपमा हिडीरहेको अवस्थामा फेलापारी चेकजाँच गर्दा दाँहिने हातको मुठ्ठीभित्र लुकाई छिपाई राखेको ७९० मिलीग्राम खैरो हेरोइन फेला पारी उनलाई पक्राउ गरेको हो। यस्तै कैलालीको भजनी नगरपालिका वडा नम्बर–५ को कौवाखेडामा विओपी पगियाप्रसारबाट खटिएको सशस्त्र प्रहरी नरेश चन्दको टोलीले २५ वर्षीय दिनेश साउदलाई सोमबार पक्राउ गरेको छ। यस्तै जिल्लाको टीकापुर नगरपालिका वडा–१ ब्लक नम्बर ६ स्थित सडक खण्डबाट सोहि नगरपालिका–१ का २६ वर्षीय शंकर खत्रीलाई पक्राउ गरेको हो।…

Read More

काठमाडौं: काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपाल नजिक अवस्थित रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति पनि सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश लगायत…

Read More

काठमाडौं : काठ तस्करी रोक्न प्रहरीलाई सहयोग गर्दा प्रहरीकै गोली लागेर घाइते भएका कैलालीका वीरेन्द्र जैसीको अनशन तोडिएको छ । उपचार र क्षेतिपूर्तिको माग राखी तीन हप्तादेखि माइतीघर मण्डलामा अनशन बसेका उनको माग सम्बोधन गर्न सरकार तयार भएपछि अनशन तोडिएको हो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज साँझ माइतीघर मण्डला पुगेर माग पूरा गर्ने बचन दिएसँगै जैसी अनशन तोड्न राजी भएका हुन् । हालसम्म उपचारको एक लाख ९१ हजार खर्च सरकारले बेहोरेको छ । माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ अवस्था थप जटिल भएपछि सहयोगीहरूले उनलाई वीर अस्पतालमा भर्ना गरेका थिए । आजबाट भने नेपाल प्रहरी अस्पतालमा उनको थप उपचार हुनेछ…

Read More

धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा नव निर्मित नेपाल प्रहरीको प्रदेश मुुख्यालय परिसरमा ८ वटा भवन निर्माण गरिएको छ । सुदूरपश्चिसम प्रदेश सरकारको २३ करोड ८६ लाख ९४ हजार ४ सय ४१ रुपैयाँ लागतमा निर्माण गरिएको भवनको सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । निर्माण गरिएको ८ ओटा भवन अन्तर्गत एउटा कार्यालय भवन, ४ वटा निवास भवन, २ वटा ब्यारेक र एक मेस भवन रहेका छन् । नव निर्मित कार्यालय भवनको भुई तलामा प्रहरी वरिष्ठ उपरीक्षक कक्ष, मानवस्रोत तथा व्यवस्थापन शाखा, कर्मचारी प्रशासन शाखा, तालिम शाखा, प्रवन्ध तथा भण्डार शाखा, प्रशासन शाखा, कल्याण तथा बजेट शाखा, कार्यदल…

Read More

धनगडी : कैलालीको फल्टुडेमा कुखुराका चल्ला र दाना बोकेको गाडी (बोलेरो जीप) दुर्घटनामा परेको छ । धनगढीबाट दिपायल–सिलगढी नगरपालिकाको पिपल्ला जाँदै गरेको से १ प ६१५६७ नम्बरको जिप फल्टुडेमा दुर्घटना भएको हो । कालासैन सप्लायर्सको दाना र चल्ला बोकेको जीप दुर्घटनामा परेको सप्लायर्सका सञ्चालक वीरेन्द्र पार्कीले बताए । उनका अनुसार जीप दुर्घटना हुँदा दुई हजार चल्ला मरेका छन् भने दाना काम नलाग्ने भएको छ । चल्ला र दानासहित करिब तीन लाखसम्मको नोक्सान भएको उनले बताए । चालक शिरिष खड्का भने नालीमा खसेको जीप छोडेर बेपत्ता भएका छन् ।

Read More

धनगढी: धनगढी स्थायी घर भएका शम्सेर कुँवर अछाममा मृत भेटिएका छन्। हिजो (आइतबार) २६ वर्षीय शम्सेर साँफे नगरपालिकाको वडा नम्बर ३ स्थित आफ्नै कोठामा मृत फेला परेका हुन्। अछाम प्रहरी स्रोतका अनुसार उनी त्यहाँ आफ्ना काकासँग कोठा (भाडा) मा बस्दै आएका थिए। उनी कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस्तै प्रारम्भिक प्रहरी अनुसन्धानबाट उनले प्रेमिकाका कारण देहत्याग गरेको देखिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको जनाउँदै देहत्याग गर्नुअघि उनले साथीलाई जानकारी दिएको समेत खुलेको छ। पछि साथीले कोठामा जाने क्रममा मृत भेटिएका थिए।

Read More

काठमाडौं : परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले रुसी सेनामा नेपालीहरु भर्ती भएको वा नभएको भन्नेकुरा सरकारलाई जनकारी नरहेको बताएका छन्। सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आए पनि सरकारलाई हालसम्म यसबारेमा कुनै जानकारी नरहेको बताएका छन्। यो विषय संघिय संसदमा पनि उठेको थियो। मन्त्री साउँदले यसबारेमा जानकारी लिनका लागि सरकारले मस्कोस्थित दूतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिइसकेको बताएका छन्। ‘रसियन सेनामा नेपाली भर्ना सम्बन्धमा अहिले बाहिर मिडियामा आएको कुरालाई लिएर मस्कोस्थित दूतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिएका छौं। यसमा कुनै तथ्य, केही अन्तर्राष्ट्रिय मिडिया र केही सामाजिक सञ्जालमा यी कुरा आए…

Read More

काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी मुलुकहरू चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनु पर्ने बताएका छन्। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनु पर्ने बताएका हुन्। एउटासँगको सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्न नहुनेमा मन्त्री साउदको जोड थियो। ‘दुई छिमेकी मुलुकको उदयमान अर्थतन्त्रका रूपमा प्रभाव बढ्दो छ। नेपालसँग उनीहरूको परम्परागत सम्बन्ध छ,’ उनले भने, ‘जसलाई थप मजबुत र सुदृढ बनाउनु पर्छ। एउटा सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्नु हुँदैन।’ छिमेकी मुलुकसँगको सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्न नहुने भन्दै परराष्ट्रमन्त्री साउदले पारदर्शी रूपमा आफ्ना सरोकार राख्नुपर्ने बताए। ‘सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्नु हुन्न,’ उनले…

Read More

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई अदालतले दुई दिन थुनामा राख्न अनुमति दिएको छ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव राउतलाई जिल्ला अदालत काठमाडौँले सोमबार थुनामा राख्न अनुमति दिएको हो । राउतलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । ०६७ सालमा उनी शाखा अधिकृतका रूपमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा कार्यरत थिए । त्यति वेला बालुवाटारस्थित विशिष्ट व्यक्तिको निवास विस्तारको नाममा ललिता निवास परिसरको जग्गा हिनामिना भएको थियो । त्यससम्बन्धी विषयमा उनले नै टिप्पणी लेखेको आधारमा सिआइबीले पक्राउ गरेको हो । पक्राउ परेसँगै उनी निलम्बनमा परेका छन् ।

Read More