धनगढी: धनगढी स्थायी घर भएका शम्सेर कुँवर अछाममा मृत भेटिएका छन्। हिजो (आइतबार) २६ वर्षीय शम्सेर साँफे नगरपालिकाको वडा नम्बर ३ स्थित आफ्नै कोठामा मृत फेला परेका हुन्।
अछाम प्रहरी स्रोतका अनुसार उनी त्यहाँ आफ्ना काकासँग कोठा (भाडा) मा बस्दै आएका थिए। उनी कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यस्तै प्रारम्भिक प्रहरी अनुसन्धानबाट उनले प्रेमिकाका कारण देहत्याग गरेको देखिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको जनाउँदै देहत्याग गर्नुअघि उनले साथीलाई जानकारी दिएको समेत खुलेको छ।
पछि साथीले कोठामा जाने क्रममा मृत भेटिएका थिए।
Facebook Comments Box