Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च दिने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले अधिवक्ता विष्णुकुमार गिरीले पेश गरेको रिट निवेदन दर्ता गर्न आदेश दिएको हो । अधिवक्ता गिरीले राष्ट्रपति पौडेलको उपचार खर्च बेहोर्ने सरकारको निर्णय बदरको माग गर्दै २४ असारमा सर्वोच्च अदालतमा रिट पेश गरेका थिए । तर १३ दिनपछि रजिष्ट्रार निर्मला पौडेलले राष्ट्रपति पौडेलको उपचार खर्च बेहोर्ने निर्णय सरकारको नितान्त नीतिगत विषय र कार्यपालिकाको क्षेत्राधिकारको विषय भएकाले कसलाई उपचार खर्च दिने नदिने भनी न्यायालयबाट निर्क्योल हुने विषय नभएको दाबी गर्दै निवेदन दरपिठ गरेकी थिइन् ।…

Read More

धनगढी : गेटामा बनिरहेका संरचनामा संघीय सरकारले विश्वविद्यालय घोषणा नगरे त्यसको स्वामित्व प्रदेश सरकारले लिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन्। संघ सरकारले गेटामा सय शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय गरेपछि त्यसको निरीक्षणका लागि पुगेका मुख्यमन्त्री शाहले संघले विश्वविद्यालय नबनाएपछि प्रदेश यसको स्वामित्व प्रदेश सरकारले लिने बताएका हुन्। ‘गेटामा मेडिकल विश्वविद्यालय बन्ने कुरामा कुनै द्विविधा रहेन। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि यस बारेमा चिन्तित देखिनुभयो, त्यसैले संघले विश्वविद्यालय नबनाएपछि प्रदेश यसको स्वामित्व दिन तयार छ’, मुख्यमन्त्री शाहले भने। अस्पतालमा भएको प्रगति अवलोकन गर्न तथा प्रदेश सरकारबाट कस्तो किसिमको सहयोग गर्न सकिन्छ भनेर मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक…

Read More

धनगढी: मुलुकको गुप्तचर निकायको रुपमा परिचित राष्ट्रिय अनुसन्धान विभागका सुदूरपश्चिम प्रदेशका प्रमुखले कार्यभार सम्हालेका छन्। आज (बिहीबार) प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीस्थित कार्यालयमा हाजिर भएर डिआईजी इन्द्र लामाले कार्यभार सम्हालेका हुन्। यसअघि विभागको ललितपुर जिल्लामा कार्यरत एसएसपी इन्द्र लामा हालै डिआईजीमा बढुवा भएर सुदूरपश्चिम आएका हुन्। हालै उनलाई बढुवालगत्तै सुदूरपश्चिम प्रदेश कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको थियो। यसअघि सुदूरपश्चिममा डिआइजी ओम खड्काले प्रदेशको कमाण्ड सम्हाल्दै आएका थिए।

Read More

कैलाली : कैलालीमा लागु औषधसहित दुईजना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई गोदावरी नगरपालिका ८ स्याउलेबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बजारमा चम्फा ट्याक्टरको पाट पुर्जाको पसल सञ्चालक धनगढी उप-महानगरपालिका-५ हसनपुर घर बताउने ३२ वर्षीय सरद चौधरी र जेएसके फेन्सी स्टोर पसल सञ्चालक ३२ वर्षीय मधुसुदन पन्त रहेको प्रहरी नायव उपरीक्षक गणेश बरालले जानकारी दिए । उनका अनुसार चौधरीको साथबाट शुद्ध तौल ६ ग्राम ७९० मिलिग्राम र पन्तको साथबाट २४० मिलिग्राम लागु औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको छ । दुवै जनालाई नियन्त्रणमा लिएर थप…

Read More

काठमाडौं : अवतरण हुँदै गरेको जहाजमा एक यात्रुले आकस्मिक द्वार खोलेपछि लफडा भएको छ । पोखराबाट काठमाडौँ आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भैरहेका बेला सोही जहाजका यात्रु संगीत भुसालले आकस्मिक डोर खोलेपछि लफडा भएको हो । बुद्धको बिएचए-६५४ उडानमा पोखराबाट आएको जहाज पौने चार बजे अवतरण गरेपछि जहाजका यात्रुहरु ओर्लंदै थिए । सोही क्रममा पर्वतको फौय्यु गाउँपालिका(७ स्थायी घर भएका शोभाकर भुषालका छोरा अन्दाजी १६ वर्षका संगीत भुषालले जहाजको पछाडिपट्टि यात्रु ओर्लने भर्याङ्ग छेउको आकस्मिक द्वार अन्जानबश खोलिदिए । लगत्तै उनलाई जहाजका कर्मचारीले समातेर प्रहरीलाई बुझाएका थिए । नेपाल प्रहरी, अध्यागमन र बुद्ध एयरका कर्मचारीहरुको छलफलमा संगीतका बाबु शोभाकरले…

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। अवैध रुपमा भन्सार छलि लैजान लागेको ५८ ग्राम सुनसहित प्रहरीले भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । हिमालय एयरलाइन्सको उडानद्वारा दोहा कतारबाट काठमाडौं आएका सिराजलाई आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उक्त सुनसहित पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ। असार ३ गते भेटिएको एक क्विन्टल सुनको अनुसन्धान जारी रहँदा विमानस्थलमा पुनस् अवैध सुनसहित फेला परेको हो।

Read More

काठमाडौँ : प्रहरीले विभिन्न मिति र स्थानबाट कानून बमोजिम जफत गरेका ८ हजार हातहतियार नष्ट गरेको छ । विभिन्न समयमा प्राप्त भएका, प्राप्त हुन आएका, बरामद भएका वा वेवारिसे हातहतियार बुधबार नष्ट गरिएको हो । प्रहरीका अनुसार भरुवा बन्दुक ६,०७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १०७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८ सय ९६ थान हातहतियार कानून बमोजिम नष्ट गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कार्य…

Read More

धनगढी : धनगढीका निजी विद्यालय र अस्पतालहरुले जथाभावी शुल्क असुलिरहेको भन्दै अनेरास्ववियुले उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । बिहीबार नगर प्रमुख गोपाल हमाललाई ध्यानाकर्षण पत्र बुझाउदै अनेरास्ववियु कैलालीले शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी संघसंस्थाले लिइरहेको शुल्क रोकेर मापदण्ड बनाउन माग गरेको हो । कक्षा १ देखि १२ सम्म अध्यापन गराउने विद्यालय र १५ शैयासम्मका अस्पताल उपमहानगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने भएकाले शुल्क सम्बन्धी मापदण्ड बनाएर जथाभावी असुलीभइरहेको रोक्न माग गरिएको छ । अनेरास्ववियुका जिल्ला संयोजक रोहित बोगटीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा नगर शिक्षा ऐनमा विद्यालयले लिने शुल्कका विषयमा कुनै कुरा उल्लेख नगरिएको र मापदण्ड समेत नभएकाले निजी विद्यालयले अभिभावकको ढाड सेक्नेगरी शुल्क…

Read More

महेन्द्रनगर : नेकपा (एमाले) ले प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ । गण्डकीबाहेक सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार सम्बद्ध प्रदेश कमिटीको बैठकले आ–आफ्ना प्रदेशको अधिवेशन तोकेका हुन् । सोही क्रममा कोशी प्रदेशको आगामी असोज १२ र १३ गते विराटनगरमा, मधेस प्रदेशको असोज ५ र ६ गते जनकपुरमा, बागमतीको असोज ८ र ९ गते काठमाडौँमा अधिवेशन हुने गौतमले बताए । उनका अनुसार लुम्बिनीको भदौ १६ र १७ गते बुटवलमा, कर्णालीको भदौ २९ र ३० गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको भदौ २२ र २३ गते धनगढीमा अधिवेशन तोकिएको…

Read More

काठमाडौँ : सामाजिक सञ्जाल (फेसबुक)मा एउटा पँहेलो रंगको मोटरसाइकलको भिडियो भाइरल छ । त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब १ सय केजी सुनबारे अनुसन्धान भइरहँदा सो मोटरसाइकलबारे हजारौंले प्रतिक्रिया जनाएका छन् । सशस्त्र प्रहरी बलका सुरक्षा अधिकारीहरुले चेकजाँच गरिरहेको र ‘सुन’को जस्तै देखिने सो मोटरसाइकल भारतबाट नेपाल आएको थाहा भएको छ । भारतको आन्द्र प्रदेश–१३६९ नम्बरको सो बुलेट मोटरसाइकल भन्सार तिरेर काठमाडौँ तर्फ लागेको सशस्त्र प्रहरी बलका अधिकारीहरुले बताएका छन् । मोटरसाइकल चालकले दैनिक २ सयको दरले १ हजार नगद भन्सार कार्यालय वीरगञ्जमा बुझाएका हुन् । तर, सो मोटसाइकल सुनको जस्तै देखिए पनि सुनको होइन । सशस्त्र प्रहरीले चेकजाँच गर्दा मोटरसाइकलको बाहिरी…

Read More