Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश तथा देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती भने  कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भाग  एक दुई स्थानहरूमा हल्का…

Read More

काठमाडौं: राजस्व अनुसन्धमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद गरेको छ । हङकङबाट आएको सुनसहित विभाग टोलीले एजेन्ट र भरियालाई पक्राउ गरेको हो ।  सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा विशेष सुत्रको सूचनाका आधारमा विभागले सुनसहित दुईजनालाई पक्राउ गरेको हो। अध्यागमन र प्रहरीबाटसमेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो। दुवैजनालाई विभागले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा यही साउनमा सार्वजनिक गर्ने भएको छ। गत वैशाख २६ गतेदेखि सुरू भई जेठ ५ गते सम्पन्न कक्षा १२ को नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिनाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको हो। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले साउन महिनाभित्रै कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए। देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिएका थिए। बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए।रासस

Read More

धनगढीः कैलालीमा नालामा डुबेर एक महिलाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–९ मसुरियाकी ७१ वर्षीया काली देवी डगौरा थारुको मृत्यु भएको हो। सोही ठाउँस्थित सडक छेउमा पानी जमेको नालामा डुबेर बुधबार बिहान मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: नेपालले एसिया कपमा पहिलो खेल घरेलु टोली पाकिस्तानसँग खेल्ने भएको छ। एसिया कपको उद्धघाटन नै नेपाल र पाकिस्तानबीचको खेलबाट हुने भएको छ। नेपाल र पाकिस्तानबीचको खेल भदौं १३ (अगष्ट ३०) मा मुल्तानमा हुनेछ। पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल श्रीलंका जानुपर्ने हुन्छ। नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौं १८ (सेप्टेम्बर ४ ) मा हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन्। समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन्। सुपर फोरमा ६ सेप्टेम्बर देखी १५ सम्म हुनेछन्। सुपर फोरको एक खेल मात्रै पाकिस्तानमा हुनेछ। अन्य सबै श्रीलंकामा हुनेछन्।

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका –३ स्थित राजपुरमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयलाई रङ्गीन अल्ट्रासाउण्ड प्रदान गरिएको छ। प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले आयुर्वेद चिकित्सालयलाई अल्ट्रासाउण्ड उपलब्ध गराएको हो।  केन्द्रका निमित्त निर्देशक डा. निरज अर्यालले चिकित्सालयका निमित्त निर्देशक डा. सूर्य उपाध्यायलाई आज अल्ट्रासाउण्ड हस्तान्तरण गरेका छन्। गत वर्षबाट सेवा दिन थालेको चिकित्सालयमा अल्ट्रासाउण्ड उपलब्ध थिएन। सङ्घीय सरकारको ३४ करोड रुपियाँ लगानीमा बनेको प्रादेशिक आयुर्वेद चिकित्सालयले गत असोज ११ गतेबाट सेवा दिन सुरु गरेको थियो। चिकित्सालयबाट ल्याब, ओपीडी, पञ्चकर्म र पूर्वकर्म सेवा प्रवाह हुँदैआएको छ। 

Read More

काठमाडौं: विभिन्न मुलुक तथा नियोगका लागि प्रस्तावित ६ जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। यसअघि सरकारले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा सिफारिस तेजबहादुर क्षेत्रीको नाम सिफारिस गरेको छ। यस्तै, कुवेतका लागि प्रस्तावित राजदूतमा घनश्याम लम्साल, थाइल्याण्डका लागि प्रस्तावित राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि प्रस्तावित राजदूतमा सुधीर भट्टाराई छन्। संसद सचिवालयका सहसचिव एकराम गिरीका अनुसार उजुरी दिने समय १० दिनको रहनेछ। बिहीबार गोरखापत्रमा…

Read More

डडेल्धुरा: हालै मलेसियामा सम्पन्न भएको अन्डर-१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीका सदस्य सचिन मल्ल डडेल्धुरामा सम्मानित भएका छन्। बुधबार उनलाई जिल्ला क्रिकेट संघ(डिसीए)ले सम्मानित गरेको हो। मल्ललाई नगद १० हजारसहित सम्मानपत्र प्रदान गरिएको छ। मल्ललाई डिसीएका अध्यक्ष हरि उप्रेतीसहितका पदाधिकारी र खेलाडीहरुले सम्मान गरेका थिए। डडेल्धुराको तर्फबाट क्रिकेट खेलेर अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने सचिन मल्ल डडेल्धुराका दोश्रो क्रिकेट खेलाडी हुन् भने अन्डर १६ मा प्रतिनिधित्व गर्ने उनी पहिलो खेलाडी हुन्। डडेल्धुराको आलिताल गाँउपालिका- २ गांखेत घर भएका उनी विभिन्न प्रतियोगितामा उत्कृष्ट खेलाडी बनिसकेका छन्।

Read More

धनगढी: कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। टिकापुर नगरपालिका वडा नं. १ समितिपुरका २२ वर्षीय नविन थापालाई प्रहरीले खैरो हिरोइनसहित नियन्त्रणमा लिएको हो। ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई दुई सय ५० मिलिग्राम खैरो हिरोइनसहित सोही ठाउँबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार शंकास्पद रुपमा हिडिंरहेका उनको शरीर खोजतलास गर्ने क्रममा लागूऔषध फेला परेको हो। यस सम्बन्धमा प्रहरीले थप जाँचबुझ गरिरहेको जानकारी दिएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा बहुविवाह मुद्धामा फरार रहेका एकजना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपापलिका–८ का कृष्ण रानालाई बुधबार पक्राउ गरेको हो। रानालाई जिल्ला अदालत कञ्चनपुरले २०७८ पुस ४ गते १० महिना कैद र १० हजार जरिवाना तोकेको थियो। रानालाई सजाय भुक्तानको लागि कारगार पठाइर्एको छ।

Read More