Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर–४ दोदा नदीमा रहेको झुलङ्गे पुल जोखिममा परेको छ। ४ सय ६० मिटर रहेको उक्त झुलङ्गे पुल अविरल वर्षा र नदी कटानका कारण जोखिममा परेको हो। गत वर्ष पुल जोगाउन एमरेड परियोजनाद्वारा निर्माण गरिएको जैविक तटबन्ध एक चोटीको बाढीले नै भत्काएको छ। नदीले कटान गर्दै आइरहेकोले यसको विकल्प स्थानीय सरकारले नसोचे यो पुल भत्किने स्थानीयहरुको गुनासो छ। स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारकाले यसको तुरुन्त अनुगमन गर्नुपर्ने र पुललाई सुरक्षित राख्न पहल गरिनुपर्ने माग छ।

Read More

धनगढी: कैलालीको टीकापुरमा एकै व्यक्तिमाथि दोस्रोपटक खुकुरी प्रहार भएको छ। नेकपा एमालेको कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य समेत रहेका प्रकाश खड्कामाथि एकै महिनामा २ पटक खुकुरी प्रहार भएको हो। इलाका प्रहरी कार्यालय टीकापुरले खुकुरी प्रहार भएको पुष्टि गर्दै घटनाबारे बुझिरहेको बताएको छ। अहिले प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनएको छ।  गत असार २६ गते पनि खड्का र युवा संघ कैलालीका सदस्य बम ओलीलाई खुकुरी प्रहार भएको थियो।

Read More

कैलाली: सोमबारदेखि सुरु भएको लगातारको वर्षाले कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिकामा नागरिकलाई समस्या भएको छ । बाढीका कारण जोखिममा रहेका पालिकाका नागरिक घरबाट विस्थापित भएका छन् । बाढीले कैलालीको भजनीमा सबैभन्दा बढी परिवार विस्थापित भएका छन् । भजनीमा बाढीका कारण दुई हजार तीन सय परिवार विस्थापित भएका नौ सय बढी परिवार सडकमा बसिरहेका पालिकाले जनाएको छ ।टीकापुर नगरपालिकामा तीन सय १६ घर डुबानमा परेका छन् । वडा नम्बर ६ मा दुई सय २६ र ७ का ९० गरी तीन सय १६ घर डुबानमा पर्दा दुई सय ३० परिवार विस्थापित भएका छन् । उनीहरुलाई उच्च घर, उच्च सडक तथा आफन्तकामा…

Read More

काठमाडौँ: हाल नेपालको मौसममा विहारको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणाली को प्रभाव रहेको छ। जसको प्रधावले लुम्बिनी तथा सदूर पश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का…

Read More

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई र युएस डिपार्टमेन्ट अफ स्टेट अन ग्लोबल एन्टी कसप्सन संयोजक रिचार्ड नफ्यु बिच भेटवार्ता भएको छ । बिहीबार टंगाल स्थित आयोगको कार्यालय भेटवार्ता भएको हो । भेटमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन अभियानमा अमेरिका र नेपालबिच हुनसक्ने सहकार्यको बारेमा छलफल भएको छ ।

Read More

धनगढीः कैलालीको अत्तरियामा अत्तरिया उद्योग वाणिज्य संघले एक दिने दाँत तथा मुख सम्बन्धि स्वास्थ्य शिविर आयोजना सम्पन्न गरेको छ। शिखर डेन्टल क्लिनिक प्रालि अत्तरियाको सहयोगमा संघले अत्तरियाको गोदावरी कम्पलेक्सको प्राङ्गणमा बिहीवार शिविर आयोजना गरेको हो। शिविरमा १९५ जनाले सेवा लिएको अत्तरिया उद्योग बाणिज्य संघले जनाएको छ। सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत शिविरको आयोजना गरिएको संघका अध्यक्ष कल्याण सिह बोहराले बताएका छन्। शिविरमा ५१ जनाको दाँत निकालिएको शिखर डेन्टल सञ्चालक मिन बहादुर देउवाले बताएका छन्। शिविरमा ब्रस गर्ने तरिका, दाँत तथा मुख स्वास्थ्य सचेतना समेत दिइएको उनले बताए। शिविरमा डेन्टल सर्जन डा। ज्योती खरेलले दाँतको चेकजाँच गरेकी थिइन्। अत्तरिया उद्योग बाणिज्य संघले…

Read More

काठमाडौँ : नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सांसद सुनिलकुमार शर्मासहित पाँचजना पक्राउ परेको जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा डा. रामबाबु यादव र डा. एलिना साह रहेका छन् । उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ । अहिले पनि सीआईबीको अपरेशन जारी रहेको जनाइएको छ । यसअघि डा. रञ्जित यादव र टिचिङ अस्पतालका डाक्टर अमृत चौधरीलाई पक्राउ गरेको थियो भने आज नै दिउँसो सिआइबीको टोलीले काठमाडौँको गोल्फुटारबाट सांसद सुनिलकुमार शर्मालाई पक्राउ गरेको थियो । शर्मा पक्राउ परेको…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका ४ सय ४ जनामा डेंगीको संक्रमण देखिएको छ । डेंगीबाट सबैभन्दा बढी प्रदेशको दार्चुलामा १९२ वटा केशहरु पाइएका छन्। नेपालमा हालसम्म डेंगी संक्रमितको संख्या ११ हजार कटेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले हालसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ११ हजार १५७ पुगेको जनाएको छ। ७४ जिल्लामा फैलिएको डेंगीबाट हालसम्म ८ जनाले ज्यान गुमाइसकेका छन्।

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको एक क्लिनिकले जथाभावी औषधी खुवाउँदा एक महिलाले ज्यान गुमाएकी छिन्। अस्पताल लाइनमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी धनगढी-१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो। कैलाली प्रहरीका अनुसार आज(बिहिवार) बिहान गर्भपतन(क्यूरेट) गर्न गएकी उनलाई क्लिनिकले औषधी दिएको थियो। औषधी सेवनपछि उच्च रक्तस्राव हुनगई महिलालाई सेती अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ। घटनापछि क्लिनिक सञ्चालक गोदावरी नगरपालिका-२ बस्ने २५ वर्षीय विनोद जोशी र उनकी पत्नी २२ वर्षीया आशिका ओझा फरार छन्। उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य सांसद सुनील शर्मा पक्राउबारे संसद् सचिवालयलाई जानकारी गराएको छ । ‘नेपालको संविधान २०७२ को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाका सदस्य सुनिलकुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुखसमक्ष सूचना एवम् जानकारी गराइएको ब्यहोरा सादर अनुरोध गरिएको छ’, सीआईबीका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा हस्ताक्षरित सभामुखलाई सम्बोधन गरिएको पत्रमा उल्लेख छ । सीआईबीका अनुसार कतिपय डाक्टरहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले कानुनबमोजिम गरी पाउँ भन्नेसमेत ब्यहोराको नेपाल मेडिकल…

Read More