Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर:महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। पानीको बहाव बढेपछि मंगलबार बिहान ११ बजेदेखि चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार साँझ पानीको बहाव १ लाख ४३ हजार ६९८ क्युसेक पुगेको छ। बिहान पानीको बहाव १ लाख ५७ हजार क्युसेक पुगेपछि चारपांग्रे सवारी साधन आवागमन बन्द गरिएको थियो। महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै जोखिम हुने भन्दै चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको छ।

Read More

काठमाडौँ : पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताए। उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन । सोही कारण सङ्क्रमण दैनिक बढिरहेको छ । पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर सङ्क्रमण दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिए। डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेङ्गु…

Read More

महेन्द्रनगरः महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत साढे छ सय हेक्टरमा सिँचाइ गर्न सकिने भएको छ। आयोजना सुरु भएको डेढ दशकपछि राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भएको छ। आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितका अनुसार – महाकाली नदीमा नेपालतर्फ सिँचाइका लागि पानी दिन बनेको मूल नहरको इन्टेक (गेट) परीक्षणदेखि निर्माण भएको मूल नहरमा पानी परीक्षणसमेत भइसकेको छ। नेपाल–भारत सीमानाकासम्म महाकाली सन्धिअनुसार भारतले एक हजार दुई सय मिटर मूल नहर बनाएपछि गत वर्ष असारमा पानी परीक्षण समेत गरेको थियो । पानी परीक्षणका क्रममा आयोजना कार्यालयले शुक्लाफाँटा नगरपालिकाको सुनबरा नदीमा पानी छाडेको…

Read More

काठमाडाैं : काठमाडौं जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले उक्त प्रकरणमा पक्राउ परी हाल हिरासतमा रहेका सुन चोरी र बिक्री वितरणमा संलग्न नायब सुब्बा रेवन्त खड्का, सेक्युरिटी गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए । उनका अनुसार उक्त प्रकरणमा संलग्न भनिएका अर्का प्रतिवादी अमृत कार्कीलाई भने साधारण तारेखमा छोड्न आदेश भएको छ । प्रहरीले भेपमा सुन तस्करी…

Read More

बैतडी : जिल्लाको पाटन नगरपालिका वडा नं ६ स्थित मानिकाखानमा रुख ढलेपछि अवरुद्ध बैतडीको दशरथचन्द राजमार्ग सुचारु भएको छ । मानिकाखानमा सल्लाको रुख बिच सडकमा ढलेपछि अवरुद्ध भएको राजमार्ग सुचारु भएको हो । मंगलबार अप्राहन्न ४ बजे देखि अवरुद्ध राजमार्ग ६ बजेदेखि सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । सडकमा ढलेको रुख हटाएपछि राजमार्ग खुलेको हो ।

Read More

धनगढीः कैलालीको लम्कीमा १७ वर्षिय युवकको मृत्यु भएको छ।जिल्लाको लम्की–चुहा नगरपालिका–६ मा रानीजमरा कुलरियाको पश्चिम नहरमा डुबेर एक जना युवकको मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा धर्मसिंह चलाउनेका छोरा योगेश चलाउने रहेका छन्।आज दिउसो रानी–जमरा–कुलरियामा नुहाउन गएका चलाउनको नहरमा डुब्न लागेको साथीलाई बचाउन जादा मृत्यु भएको प्रहरीले जनाएको छ

Read More

धनगढी:सुदूरपश्चिममा हरेक आर्थिक वर्ष जस्तै यसपाली पनि ११ अर्बको बजेट खर्च भएन। आर्थिक वर्ष २०७९/८० को पुँजीगत तर्फको ७ अर्ब र चालु तर्फको ४ अर्ब रकम खर्च नभएको हो। ३५ अर्बको कुल बजेटमा २४ अर्ब मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि कुल ३५ अर्ब ८ करोडको बजेट विनियोजन गरेको थियो। त्यसमध्ये चालु तर्फको ४ अर्ब र पुँजीगत अथवा विकास बजेटको ७ अर्ब रकम खर्च नभएको हो। २२ अर्ब ८४ करोड पुँजीगत बजेटमा १५ अर्ब र चालु तर्फको १२ अर्ब ३ करोडमा ८ अर्ब मात्रै खर्च भएको प्रदेश कोष लेखा…

Read More

धनगढीः कैलालीकी एक १६ वर्षीया किशोरी भारतमा बेपत्ता भएकी छिन्।जिल्लाको लम्कीचुहा नगरपालिकाको व्यवस्थित नगरकी मेनुका खनाल भारतको मुम्बईबाट बेपत्ता भएकी हुन्। उनी भारतको मुम्बईस्थित कान्दिवली पटेल नगरबाट असार ३० गते साँझदेखि बेपत्ता भएको परिवारले जनाएको छ।उनलाई फेला पार्नेले नजिकैको प्रहरी चौकी तथा मोबाइल नम्बर +९१९९३०३६०८७६ र +९१९१६७१७७८१३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Read More

काठमाडौँ : निर्वाचन आयोगले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र लेखापरीक्षण गराई एक महिनाभित्र सो प्रतिवेदन आयोगमा पेस नगर्ने राजनीतिक दललाई जरिवानाको जानकारी र सचेतसहित पत्राचारको तयारी गरेको छ । आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले आयोगको निर्णयबमोजिम ती दललाई सचेत र जरिवानाबारे बेग्लाबेग्लै पत्र पठाइ जानकारी दिने तयारी भएको बताए । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा १ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले गरी लेखापरीक्षण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । कानुनमा व्यवस्था भए बमोजिम कार्य नगर्ने दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ बमोजिम ती दललाई सचेत तथा जरिवाना गर्न आयोगले यही साउन १ गते…

Read More

कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले  दुई करोड ५४ लाख ८० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जिल्लाका विभिन्न ठाउँमा सञ्चालित सवारीसाधनलाई गरेको कारबाहीबाट आर्थिक वर्ष २०७९/८० मा  सो  राजश्व संकलन भएको हो । यो राजश्व आर्थिक वर्ष २०७८/७९ को भन्दा २१ लाखले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका जनाएको छ । अघिल्लो आर्थिक वर्षमा दुई करोड ३३ लाख ७८ हजार पाँच सय रुपैयाँ राजश्व उठेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार – एक वर्षको अवधिमा १९ हजार २४५ मोटरसाइकल , सात हजार ४५१ ट्रक, दुई हजार ५८७ बस, सात हजार ९५१ जिप, चार हजार…

Read More