Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : गैँडा मारेर खाग बिक्री गरेको अभियोगमा १० वर्ष सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थमा खटिएको नेपाली सेना खड्ग दल गणको संयुक्त टोलीले २५ वर्षदेखि फरार चितवन कालिका नगरपालिका-२ का ५६ वर्षीय मिने साइला भन्ने भीमबहादुर थापा क्षेत्रीलाई पक्राउ गरेको हो । विभिन्न स्थानमा लुकीछिपी बस्दै आइरहेका थापालाई बिहीबार साँझ पक्राउ गरी आजै कारागार कार्यालय भरतपुरमा चलान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जको २०५७ माघ २५ गते फैसला अनुसार भीमबहादुरलाई १० वर्ष कैद र रु. एक लाख जरिवाना सजाय सुनाइएको थियो…

Read More

पोखरा : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित भएको छ। २२ दिनको छलफलपछि शुक्रबार प्रदेश सभामा बहुमतले बजेट पारित भएको हो। असार १ गते अर्थमन्त्री जीतप्रकाश आलेले संसदमा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। चालु आर्थिक वर्षको तुलनामा २ अर्ब ४८ करोड कमको बजेट ल्याइएको छ। चालु आर्थिक वर्षमा ३५ अर्ब ९० करोडको बजेट गण्डकीले ल्याएका थियो। आगामी वर्षको कुल बजेटको ३८.१ प्रतिशत चालुतर्फ विनियोजन भएको छ। १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार रुपैयाँ चालुतर्फ विनियोजन भएको हो। यस्तै पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार विनियोजन…

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । सरकारी सार्वजनिक सम्पत्ति हानिनोक्सानी र राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी २ मुद्दामा पुनरावेदन दिएको हो । कहरसिंह नेपाली प्रतिवादी रहेको नक्कली विल भर्पाई बनाई सरकारी रकम हिनामिना गरेको र गणेशदत्त ओझासमेतको राजश्व हिनामिना गरेको २ मुद्दामा सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

Read More

बैतडी: बैतडीमा किशोरीमाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको पुर्चौँडी नगरपालिका–५ कुवाकोटका २० वर्षीय राकेश कुँवर पुर्चौँडीकै १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । ती किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि कुँवरलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Read More

धनगढी: धनगढीका एक किशोरमा डेङ्गु पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीका अनुसार धनगढी उपमहानगरपालिका–९ गौरीकटानका १४ वर्षीय एक किशोरमा डेङ्गु पुष्टि भएको हो । अरू वर्ष भदौ र असोजमा देखा पर्ने डेङ्गु संक्रमण यो वर्ष असारमै देखा परेकाले सतर्क रहनुपर्ने उनले बताए । डेङ्गु लाग्न नदिन घर वरिपरी पानी जम्न नदिने र लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरिएको छ ।

Read More

कैलाली: कैलालीमा खैरो हिरोइनसहित ४ जना युवक पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका-१ तिल्केनीबाट लागुऔषध (खैरो हिरोइन)सहित आकाश चौधरी, प्रितम सोप, बिमल शाही र प्रोसेश सोप पक्राउ परेका हुन् । प्रहरीका अनुसार विमल शाहीले पाइन्टको खल्तीमा लुकाइ छिपाइ राखेका १६ थान पोका १ ग्राम ६०० मिलिग्राम (प्लाष्टिकसहितको तौल) लागुऔषध खैरो हिरोइन जस्तो धुलो पदार्थ फेला पारी बरामद गरिएको छ । पक्राउ गरिएका चारै जनालाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

Read More

काठमाडौँ: केन्द्रीय कारागारमा रहेको केन्द्रीय कारागार अस्पतालमा मानसिक रोगीको सङ्ख्या बढ्दै गइरहेको पाइएको छ । कारागारमा कैदीबन्दीहरू त्यत्तिकै बस्दा मानसिक रोग बढ्दै गएको अस्पतालले जनाएको छ । कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश बुढाथोकीका अनुसार हृष्टपुष्ट कैदीबन्दीलाई सरकारले प्रयोग गर्न नसकेपछि कारागारमा मानसिक रोगी बढिरहेको बताए । उनका अनुसार अस्पतालमा करिब १५ देखि २० प्रतिशत मानसिक रोगी कैदीबन्दी रहेका छन् । उनले अस्पतालमा सबभन्दा बढी मानसिक रोगी नै रहेको बताउछन् । त्यसपछि मधुमेह, कोलस्ट्रोल, उच्च रक्तचापका बिरामीको साथै महिलाको पाठेघर खस्ने, पाठेघरमा सङ्क्रमणजस्ता पनि बिरामी कागारारमा रहेका छन् । यस्तै क्यान्सरका पनि बढ्दै गएको उनको भनाइ छ । अस्पतालमा…

Read More

ढोरपाटन: गाउँमा गोठ रित्तै छन् । उत्पादन हुने खेतीयोग्य जमिन घट्दै गएका छन् । युवा शक्ति शिक्षा तथा रोजगारीका लागि विदेश पलायन भएका छन् भने वृद्धवृद्धाले भारी काम गर्न सक्दैनन् । पहिलेपहिले गाउँमा गोठभरि गाईभैँसी, गोरु र बाख्रा हुन्थे । बस्तुभाउको गोबर र स्याउला मिलाएर मल बनाइन्थ्यो र त्यहीँ मल खेतीका लागि प्रयोग गरिन्थ्यो । छरछिमेकी भएर अर्मपर्म गरी खेतबारीमा मल पुर्‍याइन्थ्यो र खेतीपाती गरिन्थ्यो । भित्र्याउने बेला पनि छिमेकी मिलेर काम गर्थे । कसैलाई पनि पारिश्रमिक दिएर काम गराउनु पर्दैनथ्यो । काम गर्न जति पनि जनशक्ति पाइन्थ्यो । अहिले गाउँमा न काम गर्ने जनशक्ति पाइन्छन्, न अर्मपर्म गर्न छरछिमेकी…

Read More

काठमाडौँ: यही असार १ र २ गते पूर्वमा आएको बाढी पहिरोका कारण जलविद्युत् क्षेत्रमा रु आठ अर्ब ८४ करोडको क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) नेपालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र भोजपुरमा असार १ र २ गते आएको बाढीबाट जलविद्युत् गृह बगाउँदा रु आठ अर्ब ८४ करोडको क्षति पुगेको बताएको हो । इपानका अध्यक्ष गणेश कार्कीले पूर्वमा आएको बाढिपहिराबाट सञ्चालनमा रहेका १३ र निर्माणाधीन १७ गरी ३० जलविद्युत् आयोजनामा क्षति पुग्दा लगानीकर्ता ठूलो मारमा पर्नाका साथै अर्बौं लगानी जोखिममा परेको बताए । त्यसका कारण एक सय ३३ मेगावाट उत्पादन ठप्प हुन पुगेको…

Read More

काठमाडौँ: जिम्बावेमा भएको आईसीसी एकदिवसीय विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली टोली आज शुक्रवार स्वदेश फर्किएको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)का कोषाध्यक्ष रोशनबहादुर सिंहलगायतका पदाधिकारीले स्वागत गरेका थिए । छनोटको आठौँ स्थानमा रहेको नेपालले समूह चरणमा अमेरिकालाई हराउँदा जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग पराजित भएको थियो । यस्तै नेपालले प्लेअफमा यूएईलाई हराउँदा आयरल्यान्डसँग पराजित भएको थियो ।

Read More