Author: महेन्द्रनगर पोष्ट

नेपालगञ्ज: बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका १ कुसुम बजारबाट बुधबार सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ। नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा शंकास्पद रूपमा देखिएको उल्लेखित मूल्यको एनटिसी र एनसिएलको रिचार्ज कार्ड सुरक्षा बेस कुसुमले बरामद गरेको हो। बरामद रिचार्ज कार्ड राजश्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाइएको छ।

Read More

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–१ का दुई गाउँका स्थानीय पहिरोको त्रासले विद्यालय भवनमा रात कटाइरहेका छन्। आलिताल–१ को मालागाउँ र भोकागाउँका स्थानीय विद्यालयको भवनमा रात बिताइरहेका हुन्। मालागाउँ र भोकागाउँमा बसोबास गर्ने २२ परिवार नजिकैको जनज्योति आधारभूत विद्यालय सियलामा बसिरहेको वडा नम्बर १ का अध्यक्ष यज्ञबहादुर देउवाले जानकारी दिए। उनका अनुसार उक्त वस्तीमा वर्षाका कारण गाउँ माथिबाट पहिरो झरिरहेकाले ज्यान सुरक्षाका लागि स्थानीय प्रहरी चौकी र जनप्रतिनिधिको सहयोगमा नजिकै रहेको विद्यालयमा सारिएको हो। उनीहरू साउन ८ गते साँझदेखि सो विद्यालय बसिरहेका हुन्। २२ परिवारका १२८ जनालाई राहत स्वरूप चामल, दाल, तेल, तरकारी नुनलगायत खाद्य सामग्री वितरण गरिएको वडाध्यक्ष देउवाले बताए।आलिताल गाउँपालिका र…

Read More

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।  प्रहरी विभाग बूढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहले कुर्खे खोलाको ढल सरसफाइ तथा निकास व्यवस्थापन गर्दा निस्कने बालुवा व्यवस्थापन सहजीकरण गर्न सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले बूढानीलकण्ठ–२ वासिकबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

Read More

जनकपुरधाम: महोत्तरीको दिनदहाडै हतियार देखाएर फिल्मी शैलीमा एनएमबी बैंक लुट्ने गिरोहका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार रहेका छन् । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनलाई बुधबार महोत्तरीको मटिहानी नगरपालिका ८ बाट पक्राउ गर्न सफला भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । महोत्तरी गाउँपालिका-२ स्थित रहेको एनएमबी बैंकको शाखामा १६ जेठमा दिउँसै ४/५ को हतियारधारी समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख एक हजार ४९३ रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेका थिए । नम्बर नभएको दुईवटा मोटरसाइकलमा चढेर…

Read More

कैलाली: प्रहरीले कैलालीको जोशीपुरबाट ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। बुधबार दिउँसो आठ सय मिलीग्राम ब्राउन सुगरसहित जोशीपुर गाउँपालिका–४ झवहीबाट कैलालीकै भजनी नगरपालिका–६ नवलपुर का २८ वर्षीय राजेश चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय जोशीपुरको गस्ती टोलीले शङ्काको आधारमा चेकजाँच गर्दा चौधरीको साथबाट उक्त पदार्थ फेला परेको हो।

Read More

बझाङ: जिल्ला प्रशासन कार्यालय बझाङले जिल्लामा नुनको अभाव नभएको जनाएको छ। चालु आर्थिक २०८०/८१ का लागि नुन आपूर्ति कार्य सुरु भइसकेको र गत आर्थिक वर्षको नुन स्टक समेत पर्याप्त रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जनाएका छन्। प्रशासन कार्यालयले एक सूचना नै जारी गदै बझाङमा नुनको अभाव भन्ने खबर विभिन्न सञ्चार माध्यममा आए जस्तै जिल्लामा नुन अभाव नरहेको बताएको छ। प्रशासनले आगामी दिनमा प्रति व्यक्ति १० किलोका दरले दैनिक नुन वितरण गरीने जनाएको छ। पछिल्लो समय पशुचौपायाहरुलाइ पनि अनुदानको नुन खुवाउने, कोशेलीको रुपमा नुन निकासी गर्ने, अनुदानको नुन खरीद गरी मंहगोमा बिक्रि वितरण गरी नुनको दुरुपयोग भएको गुनासो आउने गरेकोले…

Read More

काठमाडौं: निम्न माध्यमिक तह शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलेको छ। शिक्षक सेवा आयोगको साउन १० गतेको निर्णयअनुसार बिहीबारबाट दरखास्त आह्वान भएको हो। आयोगको आधिकारिक पोर्टलबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ।

Read More

कैलाली: सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको पाँच जना उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बुधबार धनगढीमा आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषकहरूलाई नगद, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्। प्रदेश सरकारले हरेक वर्ष उत्कृष्ट किसानलाई छनोट गरेर पुरस्कृत गर्दै आएकोमा यस वर्ष कञ्चनपुरको बेलौरीका आशरेराम बडायकलाई एक लाख ५० हजार राशीको भीमदत्त प्रदेश सर्वोत्कृष्ट पुरस्कारबाट सम्मान गरिएको हो। त्यस्तै, जनही ७५ हजार राशीको उत्कृष्ट पुरस्कारबाट कैलालीका पहलमान देउवा, बैतडीका जयन्ती भाट, डडेल्धुराका प्रिन्सराज अवस्थी र डडेलधुराकै प्रसाददत्त अवस्थी सम्मानित भएका छन्।

Read More

बाजुरा: बाजुराका एक बिरामीले उपचार नै नपाएर ज्यान गुमानु परेको छ। उपचारका लागि जिल्ला बाहिर जाने साधन नहुँदा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उच्च रक्तचापका कारण भर्ना भएका उनको मृत्यु भएको हो। मुगु खत्याड गाउँपालिकाका–११ का ६० वर्षीय बीर्खबहादुर कार्कीको उच्च रक्तचापका कारण मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। मंगलबार स्वास्थ्य केन्द्रले कार्कीलाई नेपालगञ्जमा लैजान रिफर गरेको थियो। तर, ठाउँ–ठाउँमा पहिरोका कारण बाटो बन्द भएकाले आफन्तले जहाज कुर्दाकुर्दै मंगलबार राति १२ः३० बजे उनको ज्यान गएको छ । कार्कीलाई ६ दिन पहिले खत्याड गाउँपालिकाको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई मंगलबार नै कोल्टी प्राथमिक…

Read More

काठमाडौँ: हाल नेपालमा मनसुनी वायुको साथै बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही  मधेस, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति भने कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Read More