Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: कांग्रेस महामन्त्री गगन थापाले निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना बुझाएका छन् । थापाले आफूले १५ हजार रुपैयाँ जरिवाना तिरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । उनले यसअघि आफूले सार्वजनिक गरेको खर्चको विवरण निर्वाचन आयोगलाई फेरि बुझाउनुपर्छ भन्ने जानकारी नहुँदा जरिवानामा परेको बताउँदै फेरि निर्वाचन खर्च सार्वजनिक गरेको पनि बताएका छन् । ‘मैले निर्वाचन आयोगमा मिति २०७९।०८।२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः…

Read More

एजेन्सी: भारतको सिक्किम सरकारले सुत्केरीलाई एक वर्ष लामो तलबी बिदा दिने भएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सरकारी कर्मचारीहरूलाई १२ महिनाको सुत्केरी बिदा दिने बताएका हुन् । यससँगै पितृत्व बिदा पनि एक महिना पुर्‍याइएको छ । श्रीमती सुत्केरी हुँदा श्रीमानले पनि एक महिना लामो बिदा पाउनेछन् । समाचार एजेन्सी पीटीआईका अनुसार मुख्यमन्त्रीले कर्मचारीलाई यो सुविधा दिन नियमहरू परिवर्तन गरिने बताएका छन् । यो परिवर्तनले सरकारी कर्मचारीलाई आफ्ना छोराछोरी र परिवारको राम्रो हेरचाह गर्न मद्दत गर्ने उनको भनाइ छ । अहिले सिक्किममा सुत्केरीलाई तलबसहित छ महिनाको बिदा दिने कानुन रहेको छ । भारतका राज्यहरूमध्ये सिक्किममा सबैभन्दा कम छ लाख ७१…

Read More

डडेल्धुरा: जिल्लाको आलितालमा एक युवती मृत फेला परेकी छन्। आलिताल गाँउपालिका-७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउद आज (बिहिवार) बिहान मृत फेला परेकी हुन्। दुर्गा मावि आलितालको कक्षा १२ मा अध्यनरत रहेकी साउद घर नजिकैको पहिरोमा झरेको अवस्थामा मृत फेला परेको स्थानीयले बताएका छन्। घर नजिकै ५ सय मिटर परको पहिरोमा नन्दाको शव खसेको अवस्थामा बिहान ६:३० बजे फेला परेको थियो। उनी हिजो राति १२स्३० बजे घरबाट हराएकी थिइन्। रातभरी खोज्दा बिहान मात्रै पहिरोमा खसेको अवस्थामा शव फेला परेको मृतकका बुवा दानबहादुर साउदले बताए। घटना संकास्पद भएकाले सत्य तथ्य छानविन हुनुपर्ने मृतक उनको माग छ। प्रहरीको टोली घटनास्थलमा पठाइसकेको जिल्ला प्रहरी…

Read More

काठमाडौँ: सुनको मूल्य आज पनि बढेको छ । हिजो तोलामा पाँच सय रुपैयाँले बढेको सुनको मूल्य आज फेरि ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको ४ गते सुनको मूल्य अहिलेसम्मकै उच्च भएको थियो । त्यतिबेला तोलामा सुन १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको थियो । सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ । यस्तै, चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँले बढेर एक हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौँ: राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ । साथै रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बीमाको भुक्तानी दिन पनि सञ्जालले माग गरेको छ । सञ्जालले आज पत्रकार सममेलन गरी उक्त माग पूरा नभए किसानले चक्काजामलगायतका विरोधका कार्यक्रम गर्ने जनाएको छ । सञ्जालका संयोजक एवं नेपाली कांग्रेस निकट नेपाल किसान महासङ्घका सभापति गणेशचन्द्र तिमिल्सिनाले लम्की स्किनका कारण देशभरका किसान मारमा परेको बताए । नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा। प्रेम दङ्गालले हालसम्म उक्त रोगका कारण ५० हजार पशु मरिसकेका र करिब रु ४० अर्बको क्षति…

Read More

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका-४ कनिना डङाका १४ वर्षीय रमेश भट्ट ५ दिनदेखि बेपत्ता छन् । उनी आइतवार दिउँसोदेखि सम्पर्कविहीन रहेका उनका आफन्तले बताएका छन् । सुस्त मनस्थिति भएका रमेशको खोजीका लागि उनको परिवारले प्रहरीमा निवेदन दिएको छ । रमेशलाई कसैले देखे नजिकको प्रहरी वा ९८६८७४४२६७ मा खबर गरिदिन आग्रह गरिएको छ ।

Read More

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रलाई अलग राखेर प्रदेशको समृद्धि ल्याउन नसकिने बताएका छन् । हिजो (बुधवार) धनगढीमा आयोजित भीमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले कृषि क्षेत्रमार्फत प्रदेशको विकास गर्नका लागि गर्नुपर्ने काममा सरकार पछि नपर्ने बताए । उनले भने, “कृषिउपजको आयात रोकेर स्वदेशमै उत्पादित कृषिउपजको निर्यात बढाउनेतर्फ अब ध्यान दिन जरुरी भइसकेको छ ।” भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.मदनसिंह धामीले कृषिको उत्पादन र उत्पादकत्व बढाउन मन्त्रालयले कृषि गतिविधिमा सहयोग गरिरहेको बताए । कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले सहिद भीमदत्त पन्तको नामबाट उत्कृष्ट किसानलाई पुरस्कार प्रदान गर्ने सरकारको नीतिले कृषकको हौसला…

Read More

धनगढी: प्रदेश सरकारले खडा गरेको ‘भीमदत्त उत्कृष्ट पुरस्कार २०७९’ अन्तर्गतको भीमदत्त सर्वोत्कृष्ट पुरस्कारबाट कञ्चनपुर बेलौरी नगरपालिकाका असारेराम बडायक पुरस्कृत भएका छन् । उनले पुरस्कार स्वरुप एक लाख ५० हजार रुपैयाँ र प्रशंसापत्र पाएका छन् । कृषिमा नयाँनयाँ प्रविधि अपनाएर खेती गरिरहेका उनी अन्य किसानका लागि नमूना कृषकको रुपमा स्थापित भएका छन् । बजारमा पाउने कृषि उपकरणलाई आफैँले किसान तथा जग्गामैत्री बनाउँदै उनले लागत खर्च कम गरी उत्पादत्व वृद्धि गरिरहेका छन् । बडायकले आफ्नो उखु खेतीभित्र आलु र तोरी खेती गरिरहेका छन् । ७५ हजार रुपैयाँ र प्रशंसापत्रसहितको भीमदत्त उत्कृष्ट पुरस्कारबाट कैलाली घोडाघोडी नगरपालिकाका पहलमान देउवा पुरस्कृत भएका छन् । उनले…

Read More

–भूमिराज पिठातोली, बझाङ: बुधबार बिहानै खप्तडछान्ना गाउँपालिकाका राजेश कार्की हातमा एक पाकेट नुन बोकेर हिँड्दै गरेको भेटिए । उनको हातमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियतमा वितरण गरेको भानु नुन थियो । बजारमा कार्कीलाई चिनजानका सर्वसाधारणले बिहानै नुन कता पाइयो भनेर प्रश्नसमेत गरिरहेका थिए । कार्कीको जवाफ थियो, “पसल खुला हुनुपर्छ, जता पनि पाइन्छ ।” कार्की सदरमुकाम चैनपुर बस्न थालेको पाँच वर्ष भइसक्यो । एअरपोर्टमा बस्दाबाहेक बीच बजारमा सरेपछि उनले हरेक पटक नुन विभिन्न पसलहरूबाट किन्दै आएका छन् । पसलबाट किनिएको नुन भने कताबाट आएको हो भन्ने उनलाई जानकारी छैन । “नुन सकिएपछि जुन पसल खुला हुन्छ, त्यो पसलमा जान्छु ।…

Read More

टीकापुर: यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन् । “रोपाइँ सकिँदासम्म पनि मल पाएका छैनौँ”, टीकापुर–८ का श्यामलाल चौधरीले भने, “सरकारले उपलब्ध गराउने मल सहकारीबाट पाएनौँ । बाध्य भएर भारतबाट ल्याएर प्रयोग गरेका छौँ ।” भारतबाट ल्याएको मल प्रयोग गरे पनि खेती कस्तो पो हुन्छ भन्ने चिन्तामा छन् । चौधरीले भने, “सहकारीमा आएको मल लिन बिहान ३ बजेदेखि लाइनमा बस्दा पनि पाइएन ।” सरकारले उपलब्ध गराउने मल नपाएपछि यस वर्ष किसान…

Read More